‘सहकारीमा भाइरस पस्यो’ धर्मदत्त देवकोटा

‘सहकारीमा भाइरस पस्यो’ धर्मदत्त देवकोटा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटाले सहकारी क्षेत्रमा निजी स्वार्थ हावी भएको बताएका छन् । बागमती प्रदेश सहकारी संघको प्रथम साधारण सभामा बोल्दै महासंघका लेखा संयोजक देवकोटाले सहकारीमा भाइरस पसेको बताए ।

‘कोरोना भाइरस जस्तै सहकारीमा भाइरस पसेकाले सहकारी जोगिदैँन’ उनले भने । बहुउद्देश्यीय केन्द्रीय संघमा सर्वसत्तावाद हावी भएको भन्दै त्यसो गरे सहकारी क्षेत्र जोगाउनै समस्या हुने उनले बताए । ‘सर्वसत्तावाद लाद्नुहुँदैन’ बहुमतको निर्णय मान्नुपर्छ’ देवकोटाले भने ।

दुई कार्यकाल काम गरिसकेका व्यक्ति संघको सल्लाहकार भएर नेतृत्व परिवर्तन गर्ने सहमति भइसक्दा पनि नछोड्ने प्रवृति गलत भएको उनले बताए । ‘कोरोनाजस्तै फैलन दिने कि रोक्ने ?’ उनले भने । नयाँ नेतृत्वको लागि छलफल गरेको, बहुमतको निर्णय नमान्नु गलत भएको उनले बताए ।

राजनीतिक दलका सहकारी प्रमुखबीच छलफल हुँदा पनि अध्यक्ष भण्डारीले मनोमानी ढंगले अघि बढेकोमा देवकोटाले खेद प्रकट गरे । देवाकोटा नेकपा मादोवादीका सहकारी विभाग प्रमुख हुन् ।

उनले नेपाली कांग्रेसका आनन्द ढुंगानासँग छलफल गरी नेतृत्व परिवर्तन गर्ने सहमति गरेपनि भण्डारीले नमानेको जीकिर गरे । ‘अदालतले कोरोना भाइरसका कारण साधारणसभा नगर्न दिएको निर्देशन मान्नै पर्छ तर खराब प्रवृति मान्न सकिदैँन’ उनले भने ।




Leave a comment