Sahakari Akhabar

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले निर्देशन अटेर गरेकोमा विभागको आपत्ति

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले निर्देशन अटेर गरेकोमा विभागको आपत्ति :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई सञ्चालक समितिको निणर्यको प्रमाणित प्रतिलिपि पठाउन निर्देशन जारी गरेको छ । पुस २९ गते तय भएको निर्वाचनसहितको नवौं वार्षिक साधारणसभा स्थगित गरिएको प्रमाणित प्रतिलिपि पठाउन उपरजिष्ट्रार खिमानन्द आचार्यद्धारा जारी गरिएको पत्राचारमा भनिएको छ ।

अध्यक्ष सुरेन्द्र भण्डारीले आइतबार एक दैनिक पत्रिकामा साधारणसभा स्थगितबारे सूचना जारी गरेका थिए । विभागले साधारणसभा रोक्नुको कारण खुल्नेगरी सञ्चालक समितिको निर्णय २४ घण्टाभित्र जानकारी पठाउन निर्देशन जारी गरेको थियो ।

त्यस्तै सोही दिन विभागले संघलाई अर्को पत्र पनि जारी गरेको छ । विभागको निर्देशनको बर्खीलाप हुनेगरी सूचना जारी गरेको भन्दै खुलाइ पठाउन निर्देशन दिएको हो । विभागले पुस २३ गते संघलाई निर्वाचन गर्न निर्देशन दिएको थियो । तर अध्यक्ष भण्डारीले निर्देशन आएलगत्तै निर्वाचन स्थगित गरिएको सूचना पत्रिकामा प्रकाशन गरेका थिए । विभागले राष्ट्रिय सहकारी महासंघलाई आवश्यक समन्वय गर्न बोधार्थ पठाएको छ । 



Leave a comment