सन्दर्भ ब्याजदर समयसापेक्ष हुन्छ

सन्दर्भ ब्याजदर समयसापेक्ष हुन्छ :: Sahakari Akhabar

यो अल्पकालीन सङ्कट हो । छिट्टै समाधान हुन्छ । बैङ्कमा नागरिकको विश्वास बढ्न सकेन । अनौपचारिक क्षेत्र बढ्यो । जतिसुकै कुरा गरे पनि हाम्रो अर्थतन्त्र अनौपचारिक अर्थतन्त्रमा आधारित  छ । अहिले नागरिकले बैङ्किङ प्रणालीमा विश्वास नगरेकाले समस्या आएको हो । तर आत्तिनुपर्ने अवस्था छैन । विश्वास आर्जन गर्ने हो । 

सहकारी विभागले विगत ३ वर्षदेखि सन्दर्भ ब्याजदर निर्धारण गर्दै आएको छ । त्यसयता वर्षको एकचोटी सन्दर्भ ब्याजदर निर्धारण हुने गरेको छ । सन्दर्भ ब्याजदरमा मेरो फरक मान्यता छ । मैले अर्थ मन्त्रालयसँग पनि छलफल गरेको छु । सहकारीमा ३÷३ महिनामा ब्याजदर निर्धारण गरौँ । अब ब्याजदर निर्धारण गर्दा किन बजार अनुसार नगर्ने ? वर्षको एक पटक मात्र किन गर्ने ?

सबैको भावना समेटेर सन्दर्भ ब्याजदर निर्धारण हुन्छ ।  सन्दर्भ ब्याजदर बजारको अपेक्षा अनुसार नै हुन्छ । समयसापेक्ष नबनाई हुँदैन । छलफल गरेर सन्दर्भ ब्याजदर निर्धारण हुन्छ । देशको आर्थिक परिदृश्य हेरेर विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेर ब्याजदर निर्धारण हुन्छ ।

सन्दर्भ ब्याजदरमा खुला गर्न तयार छौँ । सन्दर्भ ब्याजदर मागको आधारमा हुने हो । विभागले सन्दर्भ ब्याजदर सहकारी सुशासन कायम गर्न घोषणा गरेको हो, नियन्त्रण गरेको होइन । हाम्रो उद्देश्य सहकारी प्रवर्द्धन गर्ने हो । 

समयसापेक्ष बनाउनुपर्छ सन्दर्भ ब्याजदर । छिट्टै पूर्णता दिने योजनामा छौँ । सहकारी विभाग अघि बढेको छ । सहकारीको मर्म, मूल्य भन्दा फरक नहुने गरी सन्दर्भ ब्याजदर तय हुन्छ । सहकारीको नियमन बलियो बनाउनुपर्छ । नियमन कसरी बलियो बनाउने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । डेमोसेसनमा कसरी लैजान सकिन्छ भन्ने प्रश्न छन् । 

सहकारी अभियान र सहकारी विभागले छलफल गरेर सहकारी सुधारका लागि निर्दिष्ट योजना ल्याउनै पर्छ । सहकारी आन्दोलनको पहिचान स्पष्ट हुनुपर्छ । सुशासनमा ल्याउन हस्तक्षेप गर्नुपर्ने हुन्छ । सहकारीको आन्दोलन गर्ने नेतृत्व र विभागबिच छलफल नभए समस्या समाधान हुँदैन ।

सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएका छन् । ‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, भनेको छु, ‘तर तपाईँहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’

पोलिसी डाइलग गरौँ । फरक ढङ्गले व्याख्या गरौँ । उत्तम विकल्प छानौँ । कसरी अघि जाने निर्दिष्ट गरौँ । सहकारी अभियान सुधारका लागि छलफल गर्न राष्ट्रिय सहकारी महासङ्घ, नेफ्स्कून आओस्, छलफल गरौँ, सहकार्य गरौँ ।

सहकारीका इसुहरू सुधार गर्न तयार छु । विभाग तयार छ । एउटा सहकारीले अर्को सहकारीमा कदापि लगानी गर्न सक्दैन । सहकारी मर्म विपरीत कुनै काम गर्न हुँदैन । सबैमा ऋषि मन हुन आवश्यक छ । हामी कार्यक्षेत्रको मापदण्ड तयार गर्दै छौँ ।

तरलता अभाव कसरी समाधान गर्ने, सहकारीमा डिजिटाइजेसन कसरी गर्ने भन्ने विषय छन् । कर्जा सूचना केन्द्र अघि बढाउन विभाग तयार छ । सहकारीका सञ्चालकहरूले आफ्नो सीमा ख्याल गर्नु पर्छ । सहकारीहरू बैंकका रूपमा सञ्चालन हुन थालेकोले आफ्नै सिद्धान्त तथा मूल्य मान्यता ख्याल राख्नु पर्छ ।

सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएका छन् । ‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, भनेको छु, ‘तर तपाईँहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’

एकका लागि सबै र सबैका लागि भन्ने सिद्धान्त सहकारी जन्मियो । हाम्रा आआफ्ना सीमा छन् । कसैले पनि नाघ्न हुन्न । प्रश्न र उत्तर हामीसँग छ । तरलता अवस्था भयानक छ । निक्षेप र कर्जामा असन्तुलन छ । सामान्यतया अहिले देखिएको बजारको गहिरो सङ्कट हो ।

तर यो अल्पकालीन सङ्कट हो । छिट्टै समाधान हुन्छ । बैङ्कमा नागरिकको विश्वास बढ्न सकेन । अनौपचारिक क्षेत्र बढ्यो । जतिसुकै कुरा गरे पनि हाम्रो अर्थतन्त्र अनौपचारिक अर्थतन्त्रमा आधारित  छ । अहिले नागरिकले बैङ्किङ प्रणालीमा विश्वास नगरेकाले समस्या आएको हो । तर आत्तिनुपर्ने अवस्था छैन । विश्वास आर्जन गर्ने हो । 

सहकारीकर्मीेले अधिकारका कुरा गर्दा दायित्व भुल्नु हुन्न ।  दायित्व कति पूरा गर्‍यौ भनेर आत्म समीक्षा गर्नुपर्छ । मेरो आग्रह छ, अधिकार खोज्दा दायित्व नभुलौँ । राष्ट्रिय अर्थतन्त्रमा हामी कहाँ छौँ भन्ने प्रश्न छ । (गएको मंगलबार ललितपुरमा आयोजना गरिएको “तरलता ब्यवस्थापनमा अभियानको भूमिका”कार्यक्रममा अधिकारीले राखेको बिचारबाट  )




Leave a comment