सिभिलका सञ्चालकलाई एक साताभित्र अदालत लाने तयारी

सिभिलका सञ्चालकलाई एक साताभित्र अदालत लाने तयारी :: Sahakari Akhabar

ब्यूरोका अनुसार सिभिलविरुद्ध १ अहजार ४ सय ८८ जनाले ५ अर्ब ६३ करोड ४६ लाख ९४ हजार बिगो दावी गरेका छन् । नेपालको इतिहासमा पहिलो ठूलो मुद्धा भएको महतो बताउँछन् ।

काठमाडौं । सिभिल सहकारीका सञ्चालकलाई प्रहरीले थुनामा राखेको ५३ दिन पुगेको छ । अब एक एकसाताभित्र उनीहरुलाई जिल्ला अदालत लगिने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनलाई अदालत ६० दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाइने भएकाले एक हप्तभित्रै अदालत लैजान लागिएको बताए ।

अदालतले जेलमै राखेर प्रक्रिया अघि बढाउन सक्ने छ । साधारण तारेखमा राखेर दुई पक्ष छलफलसमेत गराउन सक्ने छ । महतोका अनुसार साधारण तारेख राख्ने अथवा भित्रै जेलमा राखेर अनुसन्धान गर्ने भन्ने अदालतको तजबिजमा भर पर्ने बताए ।

सहकारीका पूर्व अध्यक्ष तामाङले २ कार्यकाल सकेर आफ्ना भान्जी ज्वाईलाई अध्यक्ष सुम्पेका थिए । त्यतिमात्र नभई उनले आफूलाई पूर्ण कार्यकारी अधिकारसहितको सल्लाहार बनेका थिए ।

प्रहरीले सिभिल सहकारीका सञ्चालकको सम्पत्ति रोक्का राखेको छ । अनुसन्धान सकिएकाले अदालत जाने प्रक्रियामा रहेको ब्यूरोले जनाएको छ ।

सिभिलले ९० प्रतिशत बढी ब्यक्तीगत कम्पनीमा लगानी गरेको छ । बिनाधितो तथा कमसल धितोमा ७ अर्ब ५७ करोड ऋण प्रवाह भएको छ । सहकारीबाट मनलाग्दी ऋण लगिए पछि एक पैसा पनि साँवाब्याज फिर्ता गरिएको छैन ।

प्रदेश सहकारी कार्यालयले कारवाहीका लागि लेखीपठाएको भोलिपल्टै प्रहरीले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । असोज १७ गते चिठी आएको र १८ गते नै तामाङलाई पक्राउ गरिएको महतोले बताए ।

सहकारीको नियमन फितलो भएकाले सहकारी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् । सिभिल २०५७ सालदेखि सुरु भएको थियो । त्यतिबेलादेखि नै ठगीको नियत देखिएको प्रहरीले जनाएको छ ।

सिभिल सहकारीका पीडित ३ वर्षदेखि आन्दोलनरत छन् ।  त्यसयता एक रुपैयाँ पनि निक्षेप फिर्ता पाउन सकेका छैनन् । तीन वर्षसम्म सुनुवाई नभइसकेपछि १ वर्षदेखि पीडितहरु सिआइबी लगायत सरोकारवाला निकायसम्म पुगेका थिए ।

सहकारी ऐन २०७४ ले प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएको छैन । सिफारिस भई आएमा मात्र उसले सहकारीको अनुसन्धान गर्न पाउँछ ।

सकारीका नियमक निकायले समयमै सम्बोधन गर्न नसक्दा धेरैको विचल्ली भए पनि सर्वसाधारणले प्रहरीले नै काम नगरेको बताउने गरेको महतोले बताए ।

सिभिल सहकारी ३० करोडको पुँजी भएको संस्था हो । सहकारी ऐन अनुसार १५ गुणासम्म कारोबार गर्न पाउँछ । ऐन अनुरुप साढे ४ अर्बसम्म गर्न पाउने भएपनि यसले दोब्बर कारोबार गरेको छ । प्रहरीको अनुसन्धानले सिभिल सहकारीमा ४ खालका व्यक्ति देखेको छ।

सिभिलका पीडित ८ जनाको निधन भइसकेको छ । सिभिलका सञ्चालकले रोगी, वृद्धालाई पनि झुक्काएर निक्षेप फिर्ता नगरेको महतोले बताए ।

सिभिलले ९० प्रतिशत बढी ब्यक्तीगत कम्पनीमा लगानी गरेको छ । बिनाधितो तथा कमसल धितोमा ७ अर्ब ५७ करोड ऋण प्रवाह भएको छ । सहकारीबाट मनलाग्दी ऋण लगिए पछि एक पैसा पनि साँवाब्याज फिर्ता गरिएको छैन ।

प्रहरीले कम्पनीबाट कमाएको पैसा कहाँ लग्यो भनेर खोजी गरिरहेको छ । प्रहरीले सम्पत्ति सुद्धिकरण, कर छलीलगायतका विषयमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ ।

सिभिल सहकारी ३० करोडको पुँजी भएको संस्था हो । सहकारी ऐन अनुसार १५ गुणासम्म कारोबार गर्न पाउँछ । ऐन अनुरुप साढे ४ अर्बसम्म गर्न पाउने भएपनि यसले दोब्बर कारोबार गरेको छ । प्रहरीको अनुसन्धानले सिभिल सहकारीमा ४ खालका व्यक्ति देखेको छ।

ऐनमा ४९ प्रतिशत भन्दा बढी संचालकले एकैचोटी ऋण लिन नपाइने व्यवस्था भएपनि सिभिलको ९० प्रतिशत भन्दा बढी सञ्चालकको कम्पनीका नाममा ऋण लिइएको देखिएको छ ।

निर्णय प्रक्रियामा संलग्न भई आफै लगेर दुरुपयोग गरेको, कागजात नदेखिए पनि पैसा लगेको, निर्णय प्रक्रियामा संलग्न  भएको तर पैसा नलगेको तथा निर्णयमा पनि संलग्न नभएको, पैसा पनि नलगेको तर उजुरी आएको व्यक्तिविरुद्ध पनि उजुरी आएको प्रहरीले जनायो ।

ब्यूरोका अनुसार सिभिलविरुद्ध १ अहजार ४ सय ८८ जनाले ५ अर्ब ६३ करोड ४६ लाख ९४ हजार बिगो दावी गरेका छन् । नेपालको इतिहासमा पहिलो ठूलो मुद्धा भएको महतो बताउँछन् ।

सिभिलले सदस्यलाई आकर्षक ब्याज, उपहार प्रलोभनमा निक्षेप तानेको र सुरुदेखि नै ठग्ने मनसायका साथ काम गरेको प्रहरीले बताएको छ । सदस्यले कागजमा पैसा बढेको देखाउँदै कहिल्यै निक्षेप फिर्ता नदिएको प्रहरीले जनाएको छ ।

ऐनमा ४९ प्रतिशत भन्दा बढी संचालकले एकैचोटी ऋण लिन नपाइने व्यवस्था भएपनि सिभिलको ९० प्रतिशत भन्दा बढी सञ्चालकको कम्पनीका नाममा ऋण लिइएको देखिएको छ ।
 




Leave a comment