दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्छ : मिनराज

दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्छ : मिनराज :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्ने बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै अध्यक्ष कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएको बताए । दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तीमा आउनुपर्ने उनले बताए ।

केही सहकारीमा समस्या आएको भन्दै अध्यक्ष कँडेलले सहकारी र राज्य मिलेर समस्या निराकरण गर्नुपर्ने बताए । महासंघले १० वर्षे रणनीति बनाएर सहकारीको विकासका लागि लागिपरेको बताए ।

मर्यादित व्यवसाय र प्रविधिमैत्री सहकारी बनाउन महासंघले गृहकार्य गरिरहेको उनको भनाइ छ । ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको बताए । ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिनेगरी सहकारीले लगानी गर्नुपर्ने उनको भनाइ छ । 
 




Leave a comment