सहकारीले वित्तिय बिवरण सार्वजनिक गर्नु पर्छ

सहकारीले वित्तिय बिवरण सार्वजनिक गर्नु पर्छ :: Sahakari Akhabar

ललितपुर । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सवै सहकारीले संस्थाको वित्तिय बिवरण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै अध्यक्ष बजगाइले प्रत्येक सहकारीले कम्तीमा ६÷६ महिनामा वित्तिय प्रतिवेदन सार्वजनिक गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष बजगाईले संघले हरेक ३/३ महिनामा वित्तीय विवरण प्रकाशित गर्ने अभ्यास सुरु गरेको जनाए । उनले प्रारम्भिक सहकारीले पनि कम्तीमा ६/६ महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उनको भनाई थियो । ‘वित्तीय विवरण प्रकाशित गर्न सके सहकारी पारदर्शी र व्यवस्थित हुन सघाउ पुग्छ’ उनले भने । 




Leave a comment