सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डः उपराष्ट्रपति

सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डः उपराष्ट्रपति :: Sahakari Akhabar

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताए ।

सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक भएको उनले बताए । सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रुपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने उनले बताए ।

संमृद्ध राष्ट्र निर्माणका लागि सहकारी मुख्य माध्यम हुने उनले उनको भनाई थियो । ‘सहकारीप्रति विश्वास बढ्दै छ’ उनले भने,‘सहकारीले सदस्यको जीवन बदल्न सक्नुपर्छ ।’

सहकारीमा विकृति, विसंगति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्ने उपराष्ट्रपनि पुनको भनाइ छ । ‘सहकारीलाई जिम्मेवारी बनाउन संघहरुको भूमिका प्रभावकारी हुनुपर्छ’ उनले भने ।

सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनमा जोड दिनुपर्ने उनले बताए । सहकारी व्यवस्थापनमा ध्यान दिन सके यसैका माध्यमबाट दुर्तगतिमा आर्थिक विकास सम्भव हुने उनले बताए । सहकारीले आर्थिक असमानता अन्त्य गर्ने उनले बताए । 




Leave a comment