चौथो ललितपुर साकोस समिट भोलिदेखिः मनोरञ्जनका साथै एकदर्जन कार्यपत्र प्रस्तुत हुने 

चौथो ललितपुर साकोस समिट भोलिदेखिः मनोरञ्जनका साथै एकदर्जन कार्यपत्र प्रस्तुत हुने  :: Sahakari Akhabar

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भोलिबाट चौंथो ललितपुर साकोस समिट–२०७८ हुने भएको छ । मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा हुने ३ दिने समिटमा विभिन्न क्षेत्रका ब्यक्तीहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

समिटमा बद्री गुरागाईले कोष विभाजन र सुरक्षित पूँजी फिर्ता कोष वितरण र सदस्यता केन्द्रीयता अवधारणा, कानुनी व्यवस्था र कार्यान्वयन, रामहरी बजगाइले संघको परिचय, गोपिनाथ मैनालीले साकोस व्यवस्थापनमा सुशासन र सहकारी एकीकरणका अवसर र चुनौतिहरु, महेश दाहालले सकारात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास, हरिकुमार नेपालले सहकारीमा सम्पत्ति शुद्धिकरण र गो एमएलको प्रयोग तथा रिपोर्टिङ, गणेश अर्यालले सरकार र सहकारी विचको अन्तरसम्बन्ध स्थानीय, प्रदेश र केन्द्र विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

त्यसैगरी श्यामकुमार महतोले सहकारीमा समुदाय प्रतिको चासो : नेपाल प्रहरीको भूमिका, झलकराम अधिकारी ले साकोसमा संस्थागत सुशासन, अवधारणा÷मापदण्ड विकास÷प्रयोग, केबी लामाले (सफल सहकारी संस्थाको सफलताको कथा, ऋषीराज घिमिरेले क्रेडिट युनियनमा नेतृत्वलाई बढावा विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । त्यसैगरी योगी विकासनन्द, सुनिता दुलाल तथा मनोज गजुरेलको प्रस्तुती रहेको छ भने सञ्जयराज तिमिल्सिनाको समुह छलफल र घोषणा पत्र तयारी रहेको छ ।

समिटको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिए । उपराष्ट्रपति नन्दकुमार पुन पासाङले उद्घाटन गर्ने उक्त कार्यक्रममा सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश र स्थानीय तहका ऐन, नियमावली, विभिन्न मापदण्ड, निर्देशन, सम्पत्ति शुद्धिकरणका विषयमा  सहभागिहरुलाई प्रशिक्षित गराउने उनले बताए ।

विशेषतः आफ्ना संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति यसले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौं । बचत तथा ऋण सहकारीले नै आर्थिक सम्वृद्धिको मुद्दालाई सम्बोधन गर्छ भने हाम्रो विश्वास हो ।

जिल्लाभर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि संघले विगतदेखि यस्ता समिट आयोजना गर्दै आएको र यो चौंथो समिट भएको उनले बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले सहजिकरण गर्ने भएका छन् ।

सहकारी अभियानमा देखिएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै सुशासनयुक्त संस्थामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थालाई जोड्न यसले मद्दत पुग्ने अध्यक्ष बजगाईंको भनाई छ ।

जिल्ला भित्र ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थाको अभिभावक संघको रुपमा बचत संघ सधैं क्रियाशील रहेको छ । अहिले सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयन र सहकारीका विद्यमान समस्या तथा चुनौतीहरुको विषयमा गहन छलफल गरी एउटा निचोड निकाल्नुपर्ने छ । यसैको सेरोफेरोमा समिट गर्न लागिएको अध्यक्ष  बजगाईंले बताए ।

जिल्लाको सहकारी अभियानलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आफ्ना सदस्य संस्थासँग गहन छलफल र बहस गरी निचोडमा पुग्ने उद्देश्य समिटको छ । साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

यस अघिका ३ वटा समिट अन्य जिल्लामा आयोजना गरिएको र चौंथो समिट भने ललितपुर जिल्लामा नै गर्ने तयारी भए बमोजिम होटल भ्यु भृकुटीमा गरिन लागेको हो । उनले थपे ‘ललितपुर साकोस समिट भन्ने र अन्य जिल्लामा गएर समिट गर्ने परिपाटी अन्त्य गरी ललितपुरमा नै यो समिट गर्न खोजेका हौं ।’

संघले यस अघि २०७६ मा नै चौंथो समिटको सम्पूर्ण तयारी गरेको भएतापनि कोभिड १९ को कारण अन्तिम समयमा आएर स्थगन भएको थियो । यहाँको सहकारी अभियान राम्रो छ । प्रारम्भिक संस्था, संघ र स्थानीय सरकार बीचको सम्बन्धलाई पनि हामीले प्रगाढ रुपमा अगाडि बढाएका छौं,’ उनले भने ।

विशेषतः आफ्ना संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति यसले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौं । बचत तथा ऋण सहकारीले नै आर्थिक सम्वृद्धिको मुद्दालाई सम्बोधन गर्छ भने हाम्रो विश्वास हो ।

ललितपुरमा ६ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहका एउटा सहकारीले बेरोजगार, न्यून आय भएका र विपन्न वर्गलाई माथि उठाउन काम गर्नको निम्ति हामीले अपील गरेका छौं । सहकारीहरु नीति, विधि र प्रविधिमा आधारित भएर अगाडि बढ्नको निम्ति प्राविधिक संस्कारको पनि विकास गर्नुपर्नेछ,’ उनले भने ‘नीतिमा संस्थाहरु चल्नुपर्छ ।

विधि बनाएर संस्थाहरुलाई अगाडि बढाउनु छ । यसका लागि पनि हामीले काम गरिरहेका छौं,’ उनले थपे,  शिक्षा, तालिमलाई अगाडि बढाएका छौं । संस्थाहरुलाई निःशुल्क तालिम दिँदै आएका छौं । संस्थाहरुले प्रशिक्षक माग्नासाथ निःशुल्क उपलब्ध गराएका छौं ।’




Leave a comment