जागरुक साकोसद्धारा जेष्ठ नागरिकलाई सम्मान

जागरुक साकोसद्धारा जेष्ठ नागरिकलाई सम्मान :: Sahakari Akhabar


चीना थापा, विराटनगर । जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सहकारीकी अध्यक्ष सुनाङ्ग सुब्बाको अध्यक्षता तथा विराटनगर महानगरपालिका १५ का वडा अध्यक्ष अस्लम आलमको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका सचिव उमेश गुरुङले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दामोदर निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सचिव गुरुङद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार २८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीको शेयर सदस्य अहिले ६५७ जना शेयर सदस्य पुगिसकेका छन् ।

सहकारीले समूहगत रुपमा पनि बचत परिचालन गरेको छ । सहकारीले प्रविधिलाई  पनि जोड दिएको छ । सहकारीलाई प्रविधिमैत्री बनाई प्रविधिको क्षेत्रमा उत्कृष्ट संस्था बनाउन सहकारी लागि परेको बार्षिक प्रतिवेदनमा उल्लेख छ।

सहकारीले ६्याबबात बचत संकलन गर्ने गरेको छ भने मोबाईल एप्स पनि सञ्चालनमा ल्याएको छ । सहकारीले रेमिट्यान्स  पनि सञ्चालन गरिरहेको छ । सहकारीले युवा स्वरोजगार ऋण कार्यक्रम पनि सञ्चालन गरेको छ । 

आर्थिक प्रतिवेदन अनुसार सहकारीको बचत रकम २ करोड ५० लाख ७१ हजार ५८१ रुपैया ९०  पैसा रहेको छ । सहकारीले १८ प्रकारका बचत स्किम सञ्चालनमा ल्याएकोछ भने बचतमा ६.२५ प्रतिशत व्याज दिने गरेको छ । 

सहकारीको चुक्ता शेयर रकम २८ लाख ७० हजार २ सय रुपैया रहेको छ भने महिलाको मात्र शेयरक रकम १७ लाख ८ हजार रहेको छ । व्यवस्थापन समितिको मात्र शेयर रकम २ लाख ६० हजार २ सय छ भने ब्यवस्थापन समितिको मात्र बचत रकम १९ लाख २४ हजार ८८० रुपैया ८५ रुपैया छ । 

सहकारीले ३ करोड ५० लाख ५४ हजार ९८८ रुपैया ऋण लगानी गरेको छ भने सहकारीको राष्टिय सहकारी बैंकमा ७५ हजार शेयर छ भने जिल्ला बचत तथा ऋण सहकारी संघमा १ लाख ५० हजार र  जिल्ला सहकारी संघमा १० हजार शेयर रहेको छ।

सहकारीले साधारण सभाको अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट बाल बचत कर्ता, उत्कृष्ट जेष्ठ नागरिक लगायत बचतकर्ता रकर्मचारीहरुलाई सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा कर्मचारीतर्फ  कार्यालय सहयोगि मुन्नी राउत, बजार प्रतिनिधि सिवेक झा र जानुका प्रधान, कार्यालय सहायक अन्जली शाह र लेखापाल सोनी साह रहेका छन् ।

त्यसैगरी जेष्ठ नागरिकहरुमा मुन्नीदेवी शाह, राधादेवी चौधरी र शाजोदेवी चौधरी रहेका छन् । उत्कृष्ट बाल बचत कर्तामा अविरल भण्डारी रहेका छन् । उत्कृष्ट ऋणिमा हरि मण्डल सम्मानित भएका छन् भने उत्कृष्ट बचतकर्तामा पुनम राई र सविता तवदार रहेका छन् । 





Leave a comment