आइसीएलाई ‘डेटन आर्टियन अवार्ड २०२१’

आइसीएलाई ‘डेटन आर्टियन अवार्ड २०२१’ :: Sahakari Akhabar

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ ९आइसीए० लाई स्पेनको सिङ्गो सहकारी अभियान बास्क क्षेत्रका तर्फबाट हालसम्मको सबैभन्दा ठूलो र सम्मानित पुरस्कार प्रदान गरिएको छ । बास्क क्षेत्र ( जसलाई बास्कका बासिन्दाहरु स्वतन्त्र राष्ट्रका रुपमा ‘बास्क कन्ट्री’ मान्दछन् )

विश्व सहकारी क्षेत्रको विकास र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आइसीएलाई ‘डेनन आर्टियन अवार्ड २०२१’ बाट सम्मानित गरिएको हो ।

सहकारीको विश्व सञ्जाल आइसीएलाई उक्त सम्मान प्रदान गरिने घोषणा बास्क कन्ट्रीको सहकारी अभियानले केही दिन अघि गरेको थियो । यस विषयमा आइसीए अध्यक्ष एरियल ग्वार्कोले केही समयअघि सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

हाल स्पेन भ्रमणमा रहेका आइसीए अध्यक्ष एरियल ग्वार्कोले अन्तर्राष्ट्रिय सहकारीका तर्फबाट उक्त सम्मान हिजो अक्टोबर ६ मा ग्रहण गरेका हुन् ।

बास्क क्षेत्रको सहकारी अभियानले आफुलाई विकास, समानता र गुणस्तरीय जीवनको परिचायकका रुपमा प्रस्तुत गर्दै आएको दाबी गरेको छ ।







Leave a comment