सहकारीको साधारण सभा भौतिक कि अभौतिक कुन ठिक ?

सहकारीको साधारण सभा भौतिक कि अभौतिक कुन ठिक ? :: Sahakari Akhabar

काठमाडौं । कोभिडपछि सहज व्यवस्था भएसँगै सहकारीले साधारणसभाको मोडालिटी परिवर्तन गर्न थालेका छन् ।सहकारी विभागले असोज ६ गते पछि सूचना गरी हुने साधारणसभालाई भौतिक मान्यता नदिने निर्णय गरेसँगै भर्चुअल तयारी गरेका सहकारी भौतिकरुपमा साधारणसभा गर्न बाध्य भएका हुन् ।

कोरोनाको जोखिम घट्दै जानुका साथै देश पूर्णरुपमा खुला भएसँगै सहकारीले प्रचलित नियम अनुसार नै साधारणसभा गर्नुपर्ने भएको हो । विभागले कोभिडको बेला भर्चुअलरुपमा साधारणभा गर्न सकिने निर्देशन जारी गरेको थियो । पछिल्लो समयमा कोभिडको जोखिम घट्दै गएको छ । यसैक्रममा सहकारी अखवारले सहकारीकर्मीहरुसंग भौतिक र अभौतिक सभामा कुन सहज भन्ने जिज्ञाशा राखेको छ । 

धेरै उपस्थिति गराउँदा जोखिम हुनसक्छ 


सचिवः बागमती प्रदेश सहकारी संघ

हाम्रो सहकारीले साधारणसभा गरिसकेको छ । विभागको परिपत्र आउनुअघि गत वर्षकै कार्यविधि अनुसार साधारणसभा गरिसकेका छौँ । भदौ १२ देखि १८ गते सेवा केन्द्रबाट उपस्थिति गराएर साधारणसभा गरेका हौँ । 

भौतिकरुपमा उपस्थित भएर हजारौँ मान्छेलाई बोलाएर सभा गर्दा जोखिम हुन सक्छ । अझै कोभिड सकिएको छैन । मान्छे आए, दुईचार जना सक्रिय मान्छे आएर बोले, साधारणसभा गरे सकियो । त्यस्तो हुनुहुँदैन । 

थोरै मान्छे बोलाएर गर्दा सदस्यले कुरा राख्ने, अवधि दिएर साधारणसभा गर्दा प्रभावकारी हुन्छ । सदस्यको संख्याका आधारमा केही दिन तोकेर सदस्यको सुझाव लिने गर्दा साधारणसभा प्रभावकारी हुन्छ ।

एकैदिन धेरै मान्छे बोलाउँदा साधारणसभा जस्तो नभई सम्मेलन जस्तो भयो । मासमा सदस्य बोल्न डराउँछन् । भौतिकरुपमै समय दिएर टुक्राटुक्रा पारेर गर्दा साधारणसभा प्रभावकारी हुन्छ । 

साधारणसभा गर्न बाँकी रहेका सहकारीलाई साधारण सभा गर्दा सदस्यलाई छलफल गराएर जाने, संघ, प्रदेश र स्थानीय तहका कानुन, निर्देशन बुझेर सदस्यलाई सचेत गराउनु सञ्चालकको जिम्मा हो । त्यो नबुझे काम गर्न गाह्रो हुन्छ । साधारणसभा बिरालो बाँधेर श्राद्ध गरेजस्तो नहोस् ।

००००

सदस्यले बोलाइदिए हुन्थ्यो भन्ने सोच्छन्


मुख्य शाखा प्रबन्धक, नवकान्तिपुर बचत तथा ऋण सहकारी,काठमाडौं

र्चुचल साधारणसभामा खर्च कम हुन्छ । वास्तवमा साधारणसभा भनेकै सदस्यबाट सुझाव लिने र संस्थाको कुरा सहकारीसम्म पुर्याउने हो । 

एकैठाउँमा धेरै भीडभाड गर्दा सुझाव लिन गाह्रो हुन्छ । भौतिक गर्दा खर्च बढी पनि हुन्छ । भर्चुअल रुपमा सदस्य आफ्नै घरबाट भाग लिन पाउने भएकाले यातायात खर्चलगायतका कुरा हुँदैनन् । तर साधारणसभा वर्षको एकचोटी हुने हुँदाँ सदस्यले बोलाइदिए हुन्थ्यो भन्ने पनि सोच्छन् । 

भौतिक भन्दा भर्चुअल प्रभावकारी देखियो । सदस्यले सन्देश छोड्ने, बोल्ने पनि निर्धक्क हुने भएकाले भर्चुअल प्रभावकारी लाग्यो । ठूलो भीडमा सदस्यले आफ्ना कुरा राख्न हिच्किचाउँछन् । 

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ नमान्ने भन्नै हुँँदैन । ऐन नियमनमा प्रतिनिधिमूलक साधारणसभा गर्न सकिने व्यवस्था पनि छ ।

अहिले कोभिडको जोखिम घट्दै गएको छ । बन्दाबन्दी, निषेधाज्ञा पनि खुलेको अवस्था छ । तर अझै पनि मानिस भीडभाडमा जान डराउँछ । अतिथि बोलाउँदा पनि नआउने प्रवृति बढ्यो ।

हाम्रो साधारणसभा सीमित सदस्यको उपस्थितिमा हुँदैछ । धेरैजसो सदस्य अनलाइनबाट जोडिनुहुन्छ । केहीले भौतिक साधारणसभ चाहेपनि अनलाइन प्रणाली प्रभावकारी हुने देखियो ।

००००

भौतिक प्रभावकारी देखियो 


प्रमुख कार्यकारी अधिकृत,(शुक्रपथ बहुउद्देश्यीय सहकारी,काठमाण्डौ )

र्चुअल भन्दा भौतिक रुपमा गरिएको साधारणसभा प्रभावकारी देखियो । प्रत्यक्ष भेटेर आफ्नो कुरा राखेजस्तो हुँदैन भर्चुअल साधारणसभा ।

सदस्य उपस्थिति गराएर उहाँहरुका कुरा सुन्ने र संस्थाका कुरा राख्ने भौतिकरुपमै हो । गत वर्ष भर्चुअल साधारणसभा गरेका थियौँ। त्यसरी गर्दा धेरै सदस्यसम्म पुगेपनि एकतर्फी मात्र भयोे ।

संस्थाका कुरा गरेपनि सदस्यबाट प्रतिक्रिया र आफ्ना कुरा खासै आउन सकेन । अनलाइनबाट प्रतिक्रिया कम आउने,  एकतर्फी मात्रै सन्देश जाने भएकाले हामीले केही ढिला भएपनि यसपाली भौतिकरुपमै गर्ने योजना बनाएका छौं । दसैंपछि भौतिकरुपमै साधारणसभा गर्ने योजना छ । 

००००

दुवै माध्यम प्रभावकारी हुन्छ


प्रवन्ध सञ्चालक (जेष्ठ बचत तथा ऋण सहकारी,काठमाण्डौ)

साधारणसभा भर्चुअल कि भौतिक रुपमा गर्ने अन्योलता ल्याएको छ । यद्यपि विभागको निर्देशिकाले भौतिकरुपमै गर्न सकिने व्यवस्था आएकाले प्रष्ट भएको छ ।

साधारणसभा दुवै माध्यमबाट प्रभावकारी हुन्छ । भौतिकरुपमा सदस्य, सदस्य र सदस्य सञ्चालक भेटघाटले हर्षउल्लास ल्याउँछ । प्रगति विवरण हेर्ने र केही भए सल्लाह सुझाव दिने काम हुन्छ ।

अर्कोतिर कोभिडका समयमा कतिपय सहकारीले आम्दानी गर्न पाएका छैनन् । सदस्यलाई बोलाउँदा खर्च गर्नुपर्छ । त्यस्ता सहकारीलाई भर्चुअल गर्दा खर्च जोगिन्छ । 

संस्थाले गक्ष र क्षमता अनुसार भर्चुअल र भौतिक गर्न सक्छन् । २ वर्षदेखि भौतिक भेटघाट नभएकाले प्रत्यक्ष गर्दा उपयुक्त र प्रभावकारी हुन्छ । 

००००

भौतिक साधारणसभा गर्दा खर्च बढ्छ


प्रवन्धक, हिमशिखर बहुउद्देयीय सहकारी, भक्तपुर 

त वर्ष भर्चुअल गरेका थियौं । यस वर्ष भौतिक रुपमै गर्ने योजनामा छौँ । भौतिकरुपमा साधारणसभा गर्दा सदस्यसँग सम्पर्क हुन्छ। उनीहरुका गुनासा सुन्ने, प्रत्यक्ष राय, सुझाव लिन पाइन्छ ।

भौतिक गर्दा  खर्च बढ्छ । सहकारी सदस्यकेन्द्रीत हुने भएकाले सदस्यमा पारदर्शी खर्च गर्न डराउनुहुन्न । मितव्ययीता अपनाउनुपर्छ । अपारदर्शी ढंगले काम गर्ने सहकारीलाई भौतिक सभा गर्दा समस्या हुन सक्ला ।

पारदर्शी सहकारीलाई भौतिक गर्न कुनै गाह्रो छैन । सहकारी विभागको निर्देशिका स्वागतयोग्य मान्नुपर्छ । तिहारपछि साधारणसभा हुन्छ । निर्वाचन पनि हुने भएकाले पारदर्शी ढंगले निर्वाचन हुन्छ । दशै तिहारबीचमा साधारणसभोका सूचना जारी हुन्छ । 

०००००

सदस्यले सुझाव दिन पाउँछन्


नायब महाप्रबन्धक, कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, काठमाण्डौ

धेरै सदस्य हुनेलाई भर्चुअल साधारणसभा गर्न ठिक हुन्छ । व्यवस्थापन गर्न पनि सहज हुन्छ । थोरै सदस्य हुनेलाई प्रत्यक्ष साधारणसभा ठिक हुन्छ ।

विश्वव्यापी चिनारी अनुसार भर्चुअल सही लाग्छ । खर्च मितव्ययीताकालागि भर्चुअल नै ठिक हुन्छ । सदस्यले एक हप्तासम्म सुझाव दिन पाउँछन् । सजिलो पनि हुन्छ । 

नियमनकारी निकायले सुविधा दिन सके अभौतिक राम्रो हो । सदस्यको सहभागिता, प्रत्यक्ष सुझाव दिन प्रविधिमार्फत सजिलो हुन्छ। भैतिकमा हुने खर्च रोकिँदा लाभांशका रुपमा सदस्यलाई नै जान्छ । सदस्यले जसरी पनि सुविधा पाउँछन् । 

तर आम्दानी गर्ने निकायलाई भर्चुअल गर्दा घाटा हुन सक्छ । भर्चुअलमै साधरणसभा मान्यता पाएमा क्यान्टिन व्यवसायीलाई बेफाइदा हुन्छ ।

तर सदस्यहरुलाई फाइदै छ । कोभिडले राम्रो अभ्यास जुराइदिएको छ । सदस्य धेरै हुनेलाई भौतिक साधारणभा गर्न कठिनाइ छ। भर्चुअलले यसले सहज बनाएको छ । 

०००००

दुई चरणमा साधारणसभा


प्रमुख कार्यकारी अधिकृत (हाम्रो साकोस, ललितपुर

त वर्ष समूहगत गरियो । तर झन्झट हुने रहेछ । हाम्रो सदस्य प्रायः ग्रामीण क्षेत्रका छन् । भर्चुचल भन्दा भौतिक रुपमा गर्दा ठिक हुन्छ । हामीले दुईचरण गरेर साधारणसभा गर्र्छाै ।

पहाडी क्षेत्रमा छुट्टै र शहरी क्षेत्रमा छुट्टै साधारणसभा हुन्छ । सबै काम सकेर, चाडपर्व सकेर साधारणसभा हुन्छ । त्यतिबेला खेतीपाती गरेर सकिने हुँदा सदस्यले सहभागिता जनाउँ पाउँछन् । 

०००००

सुझाव समेटेर साधारणसभा


प्रमुख कार्यकारी अधिकृत , हाम्रो एकीकृत बचत तथा ऋण सहकारी, काठमाण्डौ

हकारीको साधारणसभा भौतिक गर्दा नै प्रभावकारी हुन्छ । हामीले यही असोज २१ गते साधारणसभा गर्ने तय गरेका छौँ ।  ५ दिनसम्म लगातार उपस्थिति गराएर सुझाव लिने र असोज २१ गते त्यहाँबाट प्रतिनिधि  लिएर मुल साधारणभा गर्ने योजना छ  ।

गत वर्ष भर्चुअल साधारणसभा गरेका थियौं तर सहभागिता न्यून देखियो । जुममा जोडिने र छुट्टिने क्रम रही रह्यो । त्यसकारण पनि भर्चुअल प्रभावकारी देखिएन ।

हामीले यस वर्ष संकलन गरिएका सुझाव व्यवस्थापन गर्नेगरी २१ गते हुने साधारण सभामा निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँ । समग्रमा भर्चुअल भन्दा भौतिक प्रभावकारी देखियो ।

०००००

भर्चुअल एकहोरो हुन्छ


व्यवस्थापक,चमेली कल्याणकारी साकोस, भक्तपुर

हकारी विभागले भौतिकरुपमा साधारणसभा गर्न सूचना गरिसकेको छ । अब सूचना जारी हुने सहकारीले भौतिकरुपमै साधारणसभा गर्नुपर्ने छ ।

भौतिकरुपमै गर्नु राम्रो कुरा हो । यसो गर्दा सदस्यसँग दोहोरो कुरा राख्न पाइयो, भर्चुअलमा एकहोरो हुन्छ । गत वर्ष पनि भौतिकरुपमै गरेका थियौँ । यस वर्ष पनि भौतिकरुपमै साधारणसभा गरिसकेका छौँ । 

पाँच वटा सेवा केन्द्रबाट सुझाव संकलन गरेर प्रतनिधिमूलकरुपमा संस्थामै साधारणसभा गरेका थियौँ । त्यसो गर्दा साधारण सभा प्रभावकारी हुने देखियो ।

क्षेत्रगत साधारणसभा गर्दा सबै सदस्यलाई समेट्न सकिने, उहाँहरुका जिज्ञासा लिन पाइने र संस्थाका कुरा राख्न पाइने भएकाले क्षेत्रगत साधारणसभा प्रभावकारी हुन्छ । विभागले भर्चुअल मान्यता नदिने भनिसकेकाले पनि अब सहकारील भौतिकरुपमै साधारण सभा गर्नुपर्छ ।

००००

जुममा धेरै सहभागिता गराउन सकिदैँन


ब्यवस्थापक,बालकुमारी साकोस, भक्तपुर

साधारणसभा भौतिकरुपमै गर्दा उपयुक्त लाग्यो । जुममा सहभागिता सीमित हुन्छ । हाम्रा ५ हजार सदस्य छन् । सबैलाई एकैचोटी जुममा आउन सक्ने स्थिति रहदैँन ।

तीन चार सय जनाका हिसावले उपस्थिति गराउँदा डिस्र्टब हुने, जनशक्ति बढी लाग्ने देखियो । अझैपनि कोभिडको डर कायमै छ। त्यसकारण पनि ढुक्कका साथ साधारणसभा गर्न केही समय पर सारेका छौं । पौषतिर साधारणसभा गर्ने योजना छ । सबै सदस्य उपस्थिति गराएर निर्धक्कसँग साधारणसभा गर्ने सोच छ ।





Leave a comment