जागरुक साकोस १४ औं बर्षमा

जागरुक साकोस १४ औं बर्षमा :: Sahakari Akhabar

विराटनगर । रानीमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था १४ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले बिहिबार आफ्नो १३ औं बार्षिक उत्सव मनाएको छ ।

२०६५ सालमा स्थापना भएको सहकारीले प्रति सदस्य २१ रुपैयाँबाट बचत थालेको थियो । बिराटनगर जुट मिल्स अगाडी कार्यालय रहेको सहकारीले मजदुर परिवारलाई लक्षित गरि बचत गर्ने र ऋण परिचालन गर्दै आएको थियो । 

शुरुमा स्थानीय २५ जना युवाबाट शुरु भएको यो सहकारीले अहिले ४ करोड ५० लाखको कारोबार गर्दै आएको जागरुक सहकारी संस्थाका सचिव उमेश गुरुङले बताए ।

सहकारीले कार्यसमितिका पदाधिकारी तथा सदस्य बिच बर्षिकोत्सव मनाईएको गुरुङले जानकारी दिए । सहकारीमा ७ जना सय जना सदस्य २ करोड ६५ लाख निक्षेप तथा ३ करोड ६७ लाख ऋण लगानी गरेको जनाइएको छ । 





Leave a comment