पञ्चशील सहकारीमा कृतिम उपसमिति बनाएर बैठक भत्तामा २६ लाख खर्च

पञ्चशील सहकारीमा कृतिम उपसमिति बनाएर बैठक भत्तामा २६ लाख खर्च :: Sahakari Akhabar

ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले कृतिम उपसमिति बनाएर भत्ता लिएको पाइएको छ । संस्थाले आन्तरिक कार्यालय निर्माण उपसमिति तथा अन्य उपसमितिको नाममा भत्ता वितरण गरेको पाइएको छ । 

संस्थाले भत्तामा मात्र २६ लाख बढी खर्च गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा विभिन्न नामको भत्ता शीर्षकमा २६ लाख १ हजार १२ रुपैयाँ खर्च भएको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले अध्यक्ष तथा प्रमुख कार्यकारीको मासिक भत्ता ६४ हजार ६ सय २६ रुपैयाँ राखेको छ ।

यसले प्रमुख कार्यकारीको बार्षिक भत्ता ७ लाख ७५ हजार ५१२ रुपैयाँ हुन्छ । उक्त आर्थिक वर्षमा संचालक समितिको बैठक भत्तामा मात्र १२ लाख २६ हजार खर्च गरेको पाइएको छ । उक्त आर्थिक वर्षमा संचालक समितिको बैठक ७७ पटक बसेको लेखा समितिले जनाएको छ । 

लेखा सुपरीवेक्षण समितिको बैठक भत्तामा ९३ हजार खर्च भएको छ । उक्त समितिको बैठक बर्षमा ५ पटक बसेको जनाइएको छ । त्यसैगरी ऋण उपसमितको ९० पटक बैठक बसेर ३ लाख १४ हजार भत्ता लिएको देखिएको छ । 

सल्लाहकार समितिले ४ पटक बैठक बसेर २२ हजार भत्ता लिएको प्रतिवेदनमा उल्लेख छ् । संस्थाको आन्तरिक कार्यालय निर्माण उपसमितिले समेत ९४ हजार, कार्यालय भवन खरिद उपसमितिले ३४ हजार, कर्मचारी सेवा सुबिधा उपसमितिले २० हजार र अन्य उपसमितिका नाममा २२ हजार ५ सय रुपैयाँ खर्च भएकोे बार्षिक प्रतिवेदनमा उल्लेख छ । 

तर प्रतिवेदनमा लेखा सुपरीवेक्षण समितिले सञ्चालक, लेखा, ऋण र सल्लाहकार उपसमिति मात्र रहेको लेखिएको छ । संस्थाले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा लेखा परीक्षकले समेत कारण देखाएरै आफ्नो राय दिएको छैन् ।

लेखापरीक्षककले संस्थाद्धारा नेपाल वित्तस्य प्रतिवेदनमान पूर्णरुपमा पालना गरेको नदेखिएकाले संस्थाको आर्थिक वर्ष ०७७र०७८ को वित्तिय बिबरणमा आफ्नो राय प्रस्तुत गर्न असर्मथ रहेको जनाएको छ । 

सहकारी विभागद्धारा जारी मापदण्ड पनि पालना गरेको पाइदैँन । लेखासमितिको टिप्पणीमा पालना नगरेको औंल्याएको छ । संस्थाले २१ औं बार्षिक साधारण सभा असोज ३ गतेदेखि सुरु गरी ९ गते समापन गर्दै छ । 




Leave a comment