पञ्चकन्या साकोसको बार्षिक साधारण सभा असोज १६ गते

पञ्चकन्या साकोसको बार्षिक साधारण सभा असोज १६ गते :: Sahakari Akhabar

काठमाडौं । खिचापोखरी, न्यूरोडमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा असोज १६ गते गर्ने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न गरेको जोखिमलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल गर्ने भएको हो ।

संस्थाले सूचना प्रकाशन गरि साधारण सभामा सहभागी हुन नसक्ने सदस्यहरुले संस्थाको आधिकारिक फेसबुक पेजमा समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सक्ने व्यवस्था गरेको छ । सहकारी विभागले महामारीको समयमा सुरक्षितरुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार अभौतिकरुपमा सभा गर्नलागेको सूचनामा उल्लेख छ ।

संस्थाले असोज ४ गतेबाट सदस्यलाई संस्थाको आधिकारिक वेबसाईट मार्फत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपलब्ध गराउने जनाएको छ । सदस्यले प्रतिवेदन अध्ययन गरेर असोज १५ गते सम्म ईमेल मार्फत आवश्यक सल्लाह सुझाव दिनसक्ने व्यवस्था गरेको छ ।




Leave a comment