शिव शिखर सहकारीले एटिएम सेवा दिने

शिव शिखर सहकारीले एटिएम सेवा दिने :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । एटिएम सेवा सुरु गर्न संस्थाले स्मार्ट च्वाईस टेक्नोलोजिसँग सम्झौता गरेको छ ।

अब शिव शिखर सहकारीका सदस्यहरुले एटिएम कार्डमार्फत सहज र सरल तरिकाले कारोबार गर्न सक्नेभएका हुन् । स्मार्ट च्वाईस टेक्नोलोजिले बैंकिङ टेक्नोलोजिको क्षेत्रमा एससिटी कार्ड मार्फत भुक्तानी सम्बन्धि कार्य गर्दै आएको छ ।

हाल यो संस्थामा १० वाणिज्य बैंकहरु सहित ७० भन्दा बढी बैंक तथा वित्तीय संस्था र करिब ५ सय सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

अन्तर्राष्ट्रिय नेटवर्क चाईना युनियन पेसँग सहकार्य गरी कोब्रान्डेड आधुनिक चिपमा आधारित डेबिट कार्ड समेत जारी गरेको छ । यस्तो डेबिट कार्ड भारतमा पनि सजिलै प्रयोग गर्न सकिने छ ।




Leave a comment