नेफ्स्कूनलाई राष्ट्र बैङ्कले नियमन गर्नुपर्छ

नेफ्स्कूनलाई राष्ट्र बैङ्कले नियमन गर्नुपर्छ :: Sahakari Akhabar
सरकारले नियमनको पाटोलाई कडाइ गर्न कि त सङ्घहरूलाई दर्ता तथा खारेजी गर्ने सम्मको अधिकार दिएर अनुगमन नियमन गर्न दिनु पर्छ नत्र छुट्टै नियम निकाय स्थापना गरी दिनु पर्छ । अहिले त कुनै संस्थाले गल्ती गरे भने कारबाही गर्ने अधिकार सङ्घहरूलाई छैन ।

नेफ्स्कून २०४५ साल साउन ३२ गते स्थापना भएको हो । त्यस बखत भोजराज घिमिरे साझाको अध्यक्ष हुनुहुन्थ्यो । देश विदेशको सहकारी अभियानमा बचत तथा ऋण सहकारीको भविष्य राम्रो देखेर यसको सम्भावना नेपालमा पनि छ भन्ने लागेर त्यही समयमा साझा भित्र रहेको २८ वटा सहकारी समेटेर राष्ट्रिय बचत तथा ऋण सङ्घको तदर्थ समिति बनाएर यो अभियान अघि बढेको हो ।

म आफू ४७ साल देखि जोडिएको हुँ । त्यो समयमा हामीले दोलखामा समूह बनाएर बचतको काम गरिरहेका थियौँ । यसलाई संस्थागत गर्नुपर्ने थियो त्यही अवसरमा नेफ्स्कूनमा आबद्ध हुन पाइयो । त्यो समय कमलादीमा नेफ्स्कूनको कार्यालय थियो, एक जना कर्मचारी थिए । ०४८ मा सहकारी ऐन आयो हामी सँग भएका बचत समूहहरूलाई सहकारीमा परिणत गर्न थालियो ।

४७ वटा संस्थाहरू मिलेर तदर्थ समिति गठन भयो ५० सालमा हामीले प्रारम्भिक साधारण सभा गर्दा एक सय वटा संस्था पुगिसकेका थिए । त्यसपछि कैलाशभक्त प्रधानाङ्ग अध्यक्ष सँगै म कार्यसमितिमा निर्वाचित भएको थिए । त्यसपछि देशै भरी बचत अभियान चल्यो । महिनामा एक पटक बचत गर्ने चलन चलायौँ ।

पैसा हुनेले पैसा र पैसा नहुनेले अन्न बाली बचत गर्ने चलन थियो । त्यसरी बचत गर्ने बानिएको विकास नेफ्स्कूनबाट भएको हो । त्यसपछि नेफ्स्कूनलाई विभिन्न गैरसरकारी संस्थाहरुको सहयोग पनि आउन थाल्यो । विभिन्न देशमा शिक्षा तालिम कालागि सहभागी हुन थाल्यौँ ।

पहिलो पटक श्रीलङ्काको क्रेडिट युनियनमा नेपालबाट हामी केही सहभागी भएका थियौँ । त्यहाँबाट सहकारीको बचतको बारेमा धेरै कुरा थाहा पाउने मौका पायौँ । त्यसपछि नेपालमा पनि बचतको विविधीकरण गरेर अभियानलाई अघि बढाउन थालिएको हो । भोजराज घिमिरेको पालामा बचत अभियानलाई संस्थागत गर्ने काम भयो ।

कैलाश भक्त प्रधानाङ्गको पालामा यसलाई सुसूचित गर्ने काम भयो । मीनराज कँडेल तथा ऋषिराज घिमिरेको पालामा प्रचारात्मक काम तथा नीतिगत लविङ्ग, कानुन निर्माण परिपालन लगायतका काम भए । त्यसलाई ब्यसायीक ढंगले अघी बढाउने काम मेरो पालामा भए । जसका कारण नेफ्स्कून आफ्नो खुट्टामा आफै उभिन सक्ने भएको छ ।

सहकारी विभागलाई सरकारले त्यो क्षमताको बनाउन सकेको छैन । सहकारीमा विकृति बढ्नुको मुख्य कारण नै नियमनको पाटो कमजोर भएर हो । सहकारीका केन्द्रीय सङ्घहरूले नै आफ्ना संस्था नियमन गर्नु पर्छ भन्ने लाग्छ । समग्रमा सहकारीलाई महासङ्घले नियमनको पाटोलाई जोड दिनेछ ।

नेफ्स्कूनले भोलिको दिनमा धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । यसका प्रतिस्पर्धी धेरै भएका छन् । प्रारम्भिक संस्थादेखि जिल्ला सङ्घ, प्रदेश सङ्घ, बचत सङ्घ, बैङ्कलगायतका संस्थासङ नेफ्स्कूनले प्रतिस्पर्धा गर्नु परेको छ । त्यसैले अबको दिनसम्म नेफ्स्कूनले कमाएको गुडवील बचाई राख्न धेरै मिहिनेत गर्नु पर्छ । बृहत् सोचका साथ नेफ्स्कून अघि बढ्नुपर्ने वर्तमान सञ्चालकको चुनौती छ ।

हामीले त्यस समय देखिनै बचत तथा ऋणको लागि छुट्टै ऐन चाहिन्छ भनेर लागेको हो । काममा सक्सेस हुन नसके पनि लागि रह्यौँ । कैलाश भक्त प्रधानाङ्गको पालामा लगभग ३ सयको हाराहारीमा मात्र सदस्य थिए । त्यसपछि मीनराज कँडेलको पालामा सदस्य विस्तारको काम भयो । त्यस समयमा साकोसलाई स्तरीकरण कसरी गर्ने भन्ने काममा अघि बढेको देखिन्छ ।

साकोसको पुँजी, स्तर विकासका काममा नेफ्स्कूने काम गर्‍यो । त्यस पछि सङ्घ ब्यवसायीक बन्न अन्तर लगानीको काम गरेको हो । संघहरु सरकारले सहयोग गरे चल्ने नत्र बन्द हुने अवस्थामा रहने भन्दा आफै कसरी बलियो बन्ने भन्ने हिसाबमा ब्यवसाय गर्नु पर्छ भन्ने लाग्छ । अन्य देशहरूको सङ्घहरूले गरेको पनि यही हो, सहकारीहरू बिच कारोबार ।

त्यसैले हामीले अन्तर लगानी कारोबार सुरु गर्‍यौ । पछिल्लो चरणमा कोरियन मोडलमा नेपालको बचत अभियान सञ्चालन छ । हाम्रो सिको गरेर ब्राजिलले धेरै राम्रो बचत अभियान चलाइरहेको छ । देशमा एक हजार संस्था छन् तर सङ्घमा १२५ वटा संस्था मात्र आबद्ध भएका छन् । त्यहाँ सदस्य संस्थाले कुल कारोबारको ४ प्रतिशत सङ्घलाई दिने गरेका छन् ।

यदि संस्थालाई कुनै समस्या पर्दा सघनै त्यसको पूर्ण जिम्मेवार रहन्छ । नेपालमा पनि त्यही मोडल अपनाउन खोजेको हो । तर यहाँको कानुनी जटिलताका कारण सम्भव भएको छैन । नेपाल राष्ट्र बैङ्कलाई छुट्टै निकाय बनाएर भए पनि सहकारी नियमनको पाटो बलियो बनाऔँ भन्ने विषयमा रिक्वेस्ट गरेका थियौँ तर राष्ट्र बैङ्कले सहकारी तिर टच गर्नै खोजेन ।

सहकारी विभागलाई सरकारले त्यो क्षमताको बनाउन सकेको छैन । सहकारीमा विकृति बढ्नुको मुख्य कारण नै नियमनको पाटो कमजोर भएर हो । सहकारीका केन्द्रीय सङ्घहरूले नै आफ्ना संस्था नियमन गर्नु पर्छ भन्ने लाग्छ । समग्रमा सहकारीलाई महासङ्घले नियमनको पाटोलाई जोड दिनेछ । महासङ्घले स्तरीकरणको पनि काम गर्ने तयारी गरेको छ ।

स्थिरिकरण कोष बचत तथा ऋण सहकारीकै लागि हो यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि छ । तर संशोधन ऐनमा अन्य विषयका सहकारीले पनि यो कोष सञ्चालन गर्न पाउनु पर्छ भन्ने माग गरिएको छ । सबै विषयगत केन्द्रीय सङ्घहरूले आआफ्ना संस्थाहरुका लागि यो कोष सञ्चालन गर्न पाउनु पर्छ भन्ने हाम्रो माग छ ।

नेफ्स्कूनले पनि स्थिरिकरण कोषको काम गर्छ र फूलफेजमा सदस्य साकोसको जिम्मा लिन्छ । मलाइ लाग्छ सरकारले सहकारीको नियमनको पाटोलाई कडाइ गर्ने हो भने बचत तथा ऋणको अभियान धेरै राम्रो हुन्छ । प्रारम्भिक साकोसको जिम्मा नेफ्स्कूनले लिन्छ भने नेफ्स्कूनको अनुगमन तथा नियमन राष्ट्र बैंकले गर्नु पर्छ ।

हामी राष्ट्र बैङ्कको नियमन भित्र बस्न तयार छौँ । राष्ट्र बैङ्कले कमसेकम वित्तीय कारोबार गर्ने केन्द्रीय सङ्घको चाहि नियमन गर्न जरुरी छ । नेफ्स्कूनले अवका दिनमा साकोस अभियान कालागि पहिलो नम्बरमा सरकारसंग सम्बन्धको विकास राम्रो गर्नु पर्छ ।

दोस्रो नम्बर मा कर्जा सूचना केन्द्रको काम तुरुन्त सुरु गर्नु पर्छ र तेस्रो नम्बर मा स्थिरिकरण कोषको काम फूलफेजमा सुरु गर्नु पर्छ । त्यसै गरी शिक्षा तालिमको काम द्रुतगतिमा अघि बढाउनु पर्छ । छुट्टै बचत तथा ऋण ऐन जारी गर्न पहल गर्नु पर्छ ।

सरकारले नियमनको पाटोलाई कडाइ गर्न कि त सङ्घहरूलाई दर्ता तथा खारेजी गर्ने सम्मको अधिकार दिएर अनुगमन नियमन गर्न दिनु पर्छ नत्र छुट्टै नियम निकाय स्थापना गरी दिनु पर्छ । अहिले त कुनै संस्थाले गल्ती गरे भने कारबाही गर्ने अधिकार सङ्घहरूलाई छैन ।

सहकारी अभियान एकातिर तर नेफ्स्कून एकातिर भयो भन्ने मलाई लाग्दैन । भोलिका दिनमा साकोसको सम्पूर्ण जिम्मेवारी बोध गर्ने क्षमताको नेफ्स्कून बन्ने छ । क्वान्टीटीका साथै क्वालिटी मेम्बर निर्माणमा नेफ्स्कून जानेछ । भोलिका दिनमा नेफ्स्कून सहकारीको राष्ट्र बैङ्क बन्ने छ ।

स्थिरिकरण कोष बचत तथा ऋण सहकारीकै लागि हो यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि छ । तर संशोधन ऐनमा अन्य विषयका सहकारीले पनि यो कोष सञ्चालन गर्न पाउनु पर्छ भन्ने माग गरिएको छ । सबै विषयगत केन्द्रीय सङ्घहरूले आआफ्ना संस्थाहरुका लागि यो कोष सञ्चालन गर्न पाउनु पर्छ भन्ने हाम्रो माग छ ।



Leave a comment