सन्दर्भ ब्यादर : परितोष पौड्यालको जिज्ञासामा सहकारीकर्मीको सुझाव

सन्दर्भ ब्यादर : परितोष पौड्यालको जिज्ञासामा सहकारीकर्मीको सुझाव :: Sahakari Akhabar

सरकारले तेस्रो पटक सहकारीको ब्याज निर्धारण गर्र्दै छ । पहिलोपटक २०७६ साउन १९ मा सहकारीको कर्जामा १६ प्रशित र २०७७ कार्तिक १५ गतेदेखि लागू हुनेगरी १४.७५ प्रतिशत कायम भएको छ । नयाँ सन्दर्भ ब्याजदर निर्धारण गर्न आइतबार सन्र्दभ व्याजदर निर्धारण समितिको बैठक बसी कार्यदल गठन भएको छ । यसै सन्दर्भमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सामाजिक सञ्जाल फेसबुकमा सन्र्दभ ब्याजदर कति हुनुपर्ने भन्ने विषयमा सुझाव मागेका थिए । उनको वालमा आएका केही प्रतिक्रिया । 

थिरबहादुर खड्का (निरज)
बैंकसँग प्रतिस्पर्धा आजको पहिलो चुनौती रहेको छ । बैंकहरुले सिंगल डिजिटमा लगानी गरिरहेछन् । कतिपय सहकारीसँग अहिले बढी तरलता रहेको अवस्था पनि छ ।  ऋण लगानी गर्न नसक्दा सदस्यहरुको बचतको ब्याज दिन पनि गाह्रो अवस्था सिर्जना भइरहेको छ । त्यसैले सकिन्छ भने तत्कालका लागि सन्दर्भ ब्याजदर निर्धारण गर्दा प्रतिस्पर्धी हुने गरि तोकौँ । १२.५० प्रतिशत भन्दा माथि नजाओस् । सहकारीले बचतमा ब्याज कति दिनु पर्ने हो सन्दर्भ ब्याजदरलाई हेरेर निर्धारण गरौँ ।

शिव अधिकारी
सहकारी लघुवित्त र ऋणको बारेमा लेख्न मन लाग्यो । लघुिवत्त सञ्चालन गरेका साकोसहरूलाई १४.७५ ले पनि थाम्दैन किनभन्दा प्रशासनिक खर्च बढी हुन्छ । सहकारी लघुवित्त असल अभ्यासले ऋणको व्याजदर भन्दा पनि संस्थागत ऋणमा ह्यावलेस, भ्याइसलेस, च्वाइसलेस, पावरलेस, साउन्डलेसको पहुँच कति पुगेको छ हेर्दछ । सहकारी लघुबित्तले ऋणको सदुपयोग र यसबाट सदस्यमा आएको शसक्तिकरण हेर्नुका साथै ऋणको सहि सदुपयोग गरेको खण्डमा व्याजदरको विषय गौणको रूपमा रहनेछ । तर फ्ल्याटको रूपमा व्याज लिनु भनेको महापाप हो ।

राजनप्रसाद पौडेल
पहिलो कुरा त सन्दर्भ र सिमा के हो त्यसलाई राम्रोसँग बुझौ । बिगतमा जस्तो सन्दर्भलाई सिमा क्यापको रुपमा प्रयोग नगरौं । बरु सन्दर्भ ब्याज दरलाई आधार दरका रुपमा प्रयोग गरौँ.. । कुनै निश्चित दरलाई आधार दर बनाई २ प्रतिशत बजारलाई छोडिदिनु उपयुक्त हुन्छ । सैद्धान्तिक रुपमा जे जस्तो भए पनि ब्यबहारिक रुपमा हेर्दा दोहोरो सदस्यताका कारण सदस्यहरुले सहकारीहरुबीच दाँजेर कारोवार गर्ने गरेका छन् । त्यसो गर्दा कोषको लागत खर्च लगायतका खर्चहरुका आधारमा स्वचालित ब्याजदर निर्धारण हुन गइ अझै प्रतिस्पर्धी र तोकिएको भन्दा पनि कम दरमा सदस्यहरुले कर्जा उपभोग गर्न पाउनेछन ।

एकराज सिग्देल
सहकारीको सन्र्दभ ब्याजदर सर्बोत्तम ९.९९ प्रतिशत  हुनुपर्छ । मध्यम ११ प्रतिशत र अधिकतम १२.५ प्रतिशत हुनुपर्छ ।

इन्द्र घिमिरे
ऋणमा होइन बचतमा चाहिँ सन्दर्भ मिलाउँदा सान्दर्भिक होला । धेरै समस्याग्रस्त सहकारीमा विभागले ऋणमा तोकेको सन्दर्भ व्याज भन्दा धेरै बढी व्याज दिएर बचत उठाएको घटना त अभियानका अग्रजजनमा विदित नै होला । कर्जा सुचना र असुली न्यायधिकरण गठन नभई सन्दर्भ व्याजदरको विषयमा बैठक बस्दैनौ भन्ने साहस भएको नेतृत्वको कुरा सुन्न मन छ । यताका कुरा पनि उठाउने कि ? सहकारी नियन्त्रणमा मात्रै ध्यान दिने तर संरक्षणमा वेवास्ताको अनुभुती भएको छ ।

राजकुमार लामा
अध्यक्ष ज्यू २–३ प्रतिशतको फण्ड ल्याइदिनुस् । अनि ५ प्रतिशत ऋणको व्याज तोकौ । सदस्यबाट बचत लिएर ऋण लिने हो भने  स्प्रेड दर तोक्ने हो ब्याजदर हैन ।

सुमन थापा
उपत्यकाका ठूला भनिएका बचत ऋणको कारोबार गर्ने धेरै सहकारीले अहिले पनि बचत १७÷१८ प्रतिशतमा र ऋणमा २०÷२१ प्रतिशतसम्म ब्याज लिएका छन् । सेवा शुल्क त ३ प्रतिशतसम्म हुने गरेको छ । अनि तपाइहरुको सन्दर्भ ब्याजदरले तेस्ता सहकारीलाई छुदैँन । तेस्ता सहकारीलाई नियमन गर्नेले पनि छुट दिएकै छन् । तेस्ता सहकारीले बेथिति बढाएकै छन् अनि !

स्थिर घिमिरे
ठूला बैकहरुले कर्जाको ब्याजदर घटाएकोले सहकारीहरुले पनि अझै घटाउनु पर्ने सुझाब छ । कर्जामा अधिकतम १२ प्रतिशत ठिक हुन्छ मेरो विचारमा । बरु बचतमा दिने ब्याजको पनि सिमा निर्धारण गरौं ।

तुलाराम न्यौपाने
१४.७५ थियोे । अब २ प्रतिशत कम गरि १२.७५ प्रतिशकत गर्दा साना मझौला सहकारीलाई नि त्यति असर पर्दैन थियो होला ।

सुरेश पौडेल
सन्दर्भ व्याजदर १० प्रतिशत कायम हुने गरि छलफल गरिदिनु हुन अनुरोध छ ।

केशव ढकाल
अहिलेलाई १३ प्रतिशत कायम गर्दा उपयुक्त नै हुन्छ । तर अनुगमनमा कडाइ गर्नुपर्छ । कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण गठनको कुरा जोडतोडको साथ अगाडि बढाउनु पर्यो अध्यक्षज्यु ।

अर्जुन आचार्य
अधिकतम १२ प्रतिशत हुन्छ मेरो विचारमा ।

चन्डीप्रसाद पौडेल
१२ प्रतिशत भन्दा माथि हुनुहुँदैन ।

कृष्णकुमार श्रेष्ठ
सहकारीमा व्यक्तिगत धन जमानी र अचल सम्पत्ती धितोमा लगानी हुने हुनाले अधिकतम १४.७५ नै ठिक छ । सफ्ट लोन पाउनु पर्छ सहकारिले पनि बैंकले जस्तै । सदस्यहरुको बचत नै लगानीको स्रोत हुनाले लोनको ब्याज घट्दा बचतको पनि ब्याज घटाउनु पर्ने हुन्छ ।

सञ्जय कपिल
सहकारीहरुलाई अप्ठेरोमा पार्ने उद्देस्यले यसरी ब्याजदरमा पटकपटकको हस्तछेप गर्दा हाम्रा नेतृत्वहरु सदर गर्दै जाने कुरामा सधै हाम्रो सहमत हुन सक्दैन । ब्याजदरलाई अधिक्तम १४.७५ प्रतिशतमै यथावत राख्दा अति उतम हुन्छ । ऋण असुल गर्दा अदालतबाट न्युनतम सरकारी दरले मात्र लिन पाउने फैसला हुनु कत्तिको जायज छ । यसतर्फ हाम्रो संगठनले आवाज उठाउन आवश्यकता नठान्ने, अनि अनावश्यक कुरामा चाहिँ स्वीकृति दिँदै जाने ? रास्ट्रबैक र बैकहरुबाट २ प्रतिशतमा लियर १५ प्रतिशतमा ऋण लगानी गरिरहेका लघुबित्तहरुलाई ठिकै छ । सहकारीले ११ प्रतिशतदेखि १२ प्रतिशतमा लिएर १४.७५ प्रतिशतमा सदस्यहरुलाई लगानी गर्दा किन टाउको दुखाइ ?

लक्ष्मी सापकोटा
१५ प्रतिशत राखिदिनु पर्छ । ठूला संस्थाले १० प्रतिशतमै दिनपनि पाएकै छन् । अरु गरिखाने वा खर्च व्यहोर्न नसक्ने वा १० प्रतिशतमा कर्जा लिएर वा ९ प्रतिशतसम्म बचतमा व्याज दिने संस्थालाई पनि त चल्न दिनु पर्याे नि ।

चुडामणि ओझा
नेफ्स्कून र सहकारी बैकको कर्जा लगानीको ब्याजदर कति प्रतिशतमा बनाउने हो छलफल गर्नु भएकै होला । सोही ब्याजदरले प्रारम्भीक सहकारीलाई असर पर्छ । बैकहरूले ८.३० मा पैसा माग्न थाले । सहकारी बैकले पनि मुद्दतिको ब्याजदर बृद्धि गरेको छ । अब सन्र्दभ ब्याजदर कति बनाउदा सहकारी अभियानलाई सहज हुन्छ त्यतिनै बनाउन अनुरोछ छ ।

सुरज अधिकारी
हालकै आवस्थामा बैकहरुबाट निक्षेपमा ८–९ प्रतिशत ब्याजदरमा बचत कर्तालाई आकर्षण गरिरहेको अवस्था छ ३ भदौ सम्ममा ९–१० सम्म जान सक्ने स्वभाबिक अनुमान गर्न सकिन्छ । सहकारी सस्थाले ऋण लगानी गर्न निक्षेपलाई पनि आकर्षक बनाउनै पर्छ । आज सहकारीमा तरलता र बैंकमा अभावको अवस्था पनि सहकारीको आकर्षक ब्याजदर नै हो । अधिकतम ऋण ब्याजदर सिमा १४ प्रतिशतसम्म राखी प्रतिस्पर्धामा छाडिदिदा हुन्छ ।

विष्णुप्रसाद पाठक
अहिले पनि धेरै संस्थाहरूले सन्दर्भ व्याजदर भन्दा कम दरमै लगानी गरिरहेका छन् । ६ प्रतिशत भन्दा कम मार्जिन रहने व्यवस्था कÞायम गरि अनुगमन कडा गर्नु पर्ने आजको आवश्यकता हो । अहिले गरिरहेको सन्दर्भ व्याजदर निर्धारण गर्ने गरेको पकृया बैज्ञानिक देखिदैन ।




Leave a comment