Sahakari Akhabar

कोरोनाका कारण कृषि सहकारीको व्यवसाय धरापमा

कोरोनाका कारण कृषि सहकारीको व्यवसाय धरापमा :: Sahakari Akhabar

सहकारीले ३५ लाखको लगानीमा गाई फर्म सुरु गरेको हो । गत साउनदेखि सुरु गरेको गाई फर्मबाट दैनिक ४० लिटर दूध विक्री हुन्थ्यो। तर अहिले गाई थप्न समस्या भएको र दूध दिने गाई पनि दूध दिन छाडेका कारण दैनिक १२ लिटरसम्म मात्र विक्री हुने गरेको सहकारीकी अध्यक्ष जानुका भण्डारीले बताईन ।

चीना थापा, विराटनगर । कोरोना महामारीको पहिलो लहरमा सिथिल भएको व्यवसाय, दोस्रो लहरमा पनि समस्यामा परेका छन् ।

प्रदेश एकमा असार १५ देखि केही कम भएको कोरोना शंक्रमण साउन पहिलोहप्ता बाटै उकालो लागिरहेको छ । दैनिक १ हजार देखि १२ सयसम्म संक्रमित हुने गरेका छन् । मोरङमा पनि संक्रमणदर बढीरहेको छ ।

छिमेकी जिल्ला सुनसरी र झापाले पूर्ण रुपमा निषेधाज्ञा लगाएका छन् । मोरङको पनि पूर्व उर्लाबारी, पथरीमा निषेधाज्ञा लागु गरिसकिएको छ भने विराटनगरमा विहान ८ बजेदेखि साझ ६ बजेसम्म पसलहरु खोल्न दिईएको छ । होटल तथा सामुहिक कार्यक्रमहरु बन्द गरिएको छ ।

कोरोना महामारीको लहरले गर्दा कृषि सहकारी मार्फत गरिएका विभिन्न व्यवसायहरु अहिले संकटमा परेका छन् । जसले गर्दा व्यवसायलाई टिकाईराख्न कृषि सहकारीहरुलाई समस्या परेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाले सामुयिक तरकारी खेति देखि गाई फर्म पनि सञ्चालन गरेको छ । तर कोरोना माहामारीले गर्दा व्यवसाय घाटामा रहेको सहकारीले जनाएको छ ।

सहकारीले ३५ लाखको लगानीमा गाई फर्म सुरु गरेको हो । गत साउनदेखि सुरु गरेको गाई फर्मबाट दैनिक ४० लिटर दूध विक्री हुन्थ्यो। तर अहिले गाई थप्न समस्या भएको र दूध दिने गाई पनि दूध दिन छाडेका कारण दैनिक १२ लिटरसम्म मात्र विक्री हुने गरेको सहकारीकी अध्यक्ष जानुका भण्डारीले बताईन ।

अहिले फर्ममा १५ वटा गाई भैसी रहेको बताइन । फर्ममा गाई भैसी दुवै पाल्ने हिसावले सञ्चालन गरेको भण्डारीले जानकारी दिईन । कोरोनाका कारण काम गर्न समस्या हुँदा व्यवसाय घाटामा गएको उनको भनाई छ ।

सहकारीले १८ कण्ठा जग्गामा सामुहिक खेति पनि गरिरहेको छ । विगतमा तरकारी खेति गरिरहेको सहकारी समूहले कोरोनाका कारण काम गर्न समस्या भएकाले यो पटक धान खेति गरेको छ । धान भित्र्याएपछि तरकारी खेति गरिने सहकारीले जनाएको छ ।

उद्योगले झोल मल पनि बनाउछ भने विभिन्न जैविक विषादीहरु पनि उत्पादन गर्दै आएको छ । तर कृषकहरुले नबुझ्दा विषादी प्रयोग गर्ने तर जैविक मल, विषादी प्रयोग नगर्ने गरेको उद्योगले जनाएको छ । उद्योगले अहिले अर्डर अनुसार मात्र मल उत्पादन गर्ने गरेको छ।

भारतबाट आएको तरकारी सस्तो हुने र हामीले उत्पादन गरेको अर्गानिक तरकारी अलि महंगो भएकाले विक्री नहुने समस्याले गर्दा व्यवसाय घाटामा जाने गरेको अध्यक्ष भण्डारीले बताइन । मानिसले आफ्नो स्वास्थ्यलाई भन्दा सस्तो चिजलाई महत्व दिँदा स्थानीय उत्पादनलाई विक्री गर्न समस्या हुने गरेको उनको भनाई छ ।

सहकारीको कारोबार ७ करोड छ । कोरोनाको कारण कारोबार पनि घटेको सहकारीले जनाएको छ । सहकारीलाई लगानी गरेको ऋण संकलन गर्न समस्या भएको छ । कोरोनाको समयमा तिर्नै पर्छ भन्न पनि नसकिने अवस्था भएका कारण व्याज संकलन पनि नभएको भण्डारीले बताईन ।

जैविक मल उद्योगमा पनि सहकारीले लगानी गरेको छ । पथरीमा रहेको उक्त उद्योगमा सहकारीले २२ लाख लगानी गरेको छ । विभिन्न कृषि सहकारीहरुको लगानीमा उद्योग सञ्चालन भएको हो । उद्योग रसायिनिक मललाई न्युनिकरण गर्नका लागि सञ्चालन गरेकोले जैविक मल उत्पादन गरेर कृषकलाई बेच्ने गरेको छ ।

रसायनिक मलले विगारेको माटोलाई उर्वरशक्ति बढाउन जैविक मल मार्फत समय लाग्ने भएकाले किसानहरुमा त्यो धर्यता नभएको सहकारीहरुले जनाएका छन् ।

जसले गर्दा एक पटक जैविक मल प्रयोग गरेर उत्पादन बढेन भन्दै फेरि रसायिनिक मल प्रयोग गर्ने गरेका कारण मल विक्रीमा पनि समस्या भएको छ । चुनौतिपूण अवस्था भएकाले उत्पादन बढाउन पनि समस्या भएको छ ।

उद्योगले झोल मल पनि बनाउछ भने विभिन्न जैविक विषादीहरु पनि उत्पादन गर्दै आएको छ । तर कृषकहरुले नबुझ्दा विषादी प्रयोग गर्ने तर जैविक मल, विषादी प्रयोग नगर्ने गरेको उद्योगले जनाएको छ ।

उद्योगले अहिले अर्डर अनुसार मात्र मल उत्पादन गर्ने गरेको छ । सहकारीले साना किसान लघुवित्त वित्तिय संस्थाबाट ३ करोड बढी ऋण ल्याएको थियो । अब १ करोड ५०  लाख तिर्न बाँकी रहेको सहकारीले जनाएको छ ।



Leave a comment