Sahakari Akhabar

प्रदेश १ बजेटमाथि बिचार

प्रदेश १ बजेटमाथि बिचार :: Sahakari Akhabar

कार्यान्वयन भएन भने कुनै अर्थ छैन

डिल्ली पोखरेल (अध्यक्ष, जिल्ला सहकारी संघ मोरङ)

प्रदेश १ ले ल्याएको बजेटले सहकारी क्षेत्रलाई केही हद सम्म समेटेको छ । कोरोनाको महामारीमा आएको बजेट भएकाले धेरे आशा गर्नु पनि सान्दर्भिक थिएन । यस्तो अवस्थामा पनि नितिगत रुपमा सहकारीलाई समेट्ने प्रयास गरेको छ ।

बजेटले सहकारीलाई खासगरी कृषि क्षेत्रमा केन्द्रित गर्न खोजेको छ । कृषि पेशामा आश्रित कृषकहरुलाई विभिन्न सेवा सुविधा सहकारी मार्फत उपलब्ध गराउने उल्लेख भएको छ । कृषिलाई व्यवसायिकरण औधोगिक करण गर्ने कुरालाई पनि सहकारीसँग सहकार्य गरेर गर्ने भनिएको छ । यो सकारात्मक कुरा हो ।

प्रदेश सरकारलाई विभिन्न सुझावहरु हामीले दिएको हो । ती अधिंकाश सुझावहरु नीतिगत रुपमा त सम्बोधन भए । तर बजेट विनियोजनका हिसाबले सम्बोधन भएन । प्रारम्भीक रुपमा भन्दा शैद्धान्तिक रुपले सहकारी क्षेत्रलाई बजेटले महत्व दिएको छ । तर कार्यान्वयन भएन भने यसको नी कुनै अर्थ छैन ।

वजेट टाठा वाठाले प्रकृया पुर्याएर लिने खालको 

लक्ष्मी सापकोटा (सहकारी अभियान्ता)

वजेटलाई खण्डिकरण गरी सहकारी क्षेत्रमा विनियोजन भएको छैन् ।  सहकारी अभियानको संजाललाई परिचालन गर्ने स्पस्ट धारणा आएको छैन ।

वित्तीय सहकारीहरुमा सुसासन कायम गर्ने तर्फ लक्षित हुने कुरा, तालिम तथा शिक्षामा जोड दिनु पर्ने थियो त्यो पनि बजेटमा समेटिएको छैन । हरेक स्थानीय तहमा सहकारी संजाल मार्फत संगठित समुह परिचालन गर्ने र प्रविधिमा सहकारीलाई लैजाने कुरामा प्रदेश सरकारले सहयोग गर्नु पर्ने थियो त्यो पनि आएन ।

सहकारीको वजेट टाठा वाठाले प्रकृया पुर्याएर लिने र वास्तविक सहकारीमा नपुग्ने खालको आएको छ ।  पुराना अधुरा योजनाका समिक्षा गर्नु पर्ने कुरा ,प्रदेशको संरक्षकत्वमा रहेको तरकारी वजारलाई प्रवर्धन गर्नु पर्ने कुरा, राष्ट्रिय सहकारी नीति र स्थानीय सहकारी संजालसँग सहकार्य गर्नु पर्ने कुरा धेरै छन् । सहकारीलाई अर्थतन्त्रको तीन खम्बे अर्थ नितिमा राखिए पनि त्यो अनुसार व्यवहार भएको छैन । सहकारी सबैको उपेक्षामा परेको छ ।

सहकारीको बित्तिय समस्या लाइ सम्बोधन हुनु पर्ने थियो 

सोमनाथ निरौला (अध्यक्ष,जिल्ला बचत तथा ऋण सहकारी संघ, मोरङ )

प्रदेश १ को बजेटमा सहकारीलाइ सम्बोधन गरीएको कुरा सकारात्मक छ । खासगरी कृषि तथा पशुपालनसंग जोडिएका बिषयहरूमा सहकार्य गरिने कुरा छ । कार्यन्वयन कसरी गर्ने हो ? हेर्न बाकि छ ।

सहकारीको प्रबर्धन र विकासका लागि सम्बोधन भएको पाइएन सहकारी संघ संस्था सक्षम नभइ कार्यक्रम कार्यन्वयन गर्न कठिन हुन्छ।

कृषि बाहेकका अरू बिषयगत सहकारीहरू संगका कार्यक्रमहरूको बारेमा पनि उल्लेख भएको पाइएन । खासगरि महामारीको कारणले सहकारी क्षेत्रको बित्तिय समस्या लाइ सम्बोधन हुनु पर्ने थियो त्यो पनि देखिएन ।

लाभाम्वित हुन सक्ने सम्भावना देखिन्छ

हरि सुवेदी (सहकारीकर्मी)

सहकारी सम्बन्धी प्रदेश १ को वजेट को बारेमा खासै केही भन्नू छैन । सहकारी क्षेत्र व्यापक छ , वजेटले छुट्टै कुनै देखाएको छैन । कृषि क्षेत्रमा सहकारी मार्फत कार्य गर्ने भनिएको त छ ।

त्यसको कार्यन्वयन भने कस्तो होला हेर्न बाँकी छ । केही क्षेत्रमा प्रोत्साहन दिने भनिएको पाईन्छ, कार्यविधिमा भर पर्छ । अन्य सहकारी भन्दा कृषि र बहुउद्वेश्य सहकारी लाभाम्वित हुन सक्ने सम्भावना देखिन्छ ।



Leave a comment