Sahakari Akhabar

सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य

सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य :: Sahakari Akhabar

अब पनि प्रविधिको प्रयोग गर्न नसके बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरुको भनाई छ ।

अहिले सहकारीमा प्रविधिको प्रयोगको कुराले निकै चर्चा पाएको छ । सबैले आ आफ्नै तरिकाले व्याख्या विश्लेषण पनि गरिरहेका छन् ।

अहिलेको कोभिडको विषम परिस्थितिमा शहरका धेरै सहकारीले आफुहरुले आफ्ना सदस्यलाई प्रविधिबाटै सेवा दिएको बताईरहेका छन् । कतिपय सहकारीहरु भने शेयर सदस्यले प्रयोग गर्ने भएका कारण प्रविधिको प्रयोग नगरेको बताईरहेका छन् ।

मोरङका धेरै सहकारले प्रविधिको प्रयोग गरेका छैनन् । केही सहकारीले मात्र प्रविधिको प्रयोग गरेको पाईएको छ भने धेरै सहकारी सञ्चालकहरु प्रविधिको प्रयोग गर्नुपर्ने रहेछ भन्न थालेका छन् । र अब छिट्टै सहकारीलाई प्रविधिमैत्री बनाउने पनि बताईरहेका छन् ।

सहकारीकर्मीहरु प्रविधिको प्रयोग अपरिहार्य रहेछ भनेर व्याख्या गर्न थालेका छन् । अब पनि प्रविधिको प्रयोग गर्न नसके बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने उनीहरुको भनाई छ ।

प्रविधिको प्रयोग नगर्ने सहकारी अब पछि पर्ने उनीहरुको बुझाई छ । सहकारीहरु प्रविधिमैत्री बन्न नसक्ने सहकारीहरु बजारबाट विस्थापित हुने अवस्था सिर्जना हुन सक्ने उनीहरुले बताएका छन् ।

सहकारी एक निश्चित भौगोलिक क्षेत्र भित्र वसोवास गर्ने, एउटै व्यवशायिक उद्देश्य तथा समान आर्थिक, सामाजिक र सास्कृतिक स्तर र आवस्यकताका व्यक्तिहरु आपसमा मिली संगठित भएका व्यक्तिहरुको व्यवशायिक संगठन हो ।

तर यसको मुल उद्देश्य भने आफ्ना सदस्यहरुको आवस्यकतामा आधारित सेवा प्रदान गर्दै उनीहरुको स्तर उन्नति गर्नु हो । नेपालमा २०४८ को ऐन पछि विशेष गरी तराई र सहरी  क्षेत्रमा संख्यात्मक रुपमा अत्यधिक र अनियन्त्रित सहकारीहरुको प्रादुर्भाव भयो र तिनीहरुले वित्तीय कारोवार गर्न थाले । त्यसैमा सदस्य र संचालकहरु अभिप्रेरित भए ।

ठुलो पुजी संकलन भयो र वैक तथा समानान्तर कारोवार गर्ने वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती रह्यो । यसो गर्न सहकारीमा नीति, विधि सँगै प्रविधिको उच्चतम प्रयोग संस्थागत र सेवाग्राही सदस्य समेतको मूल आवस्यकता भयो ।

छरिएर ब्यव्थित तथा सहकारी सुशासनमा हिड्न नसकिरहेका संस्थाहरु मर्जर गर्दै प्रबिधिमा समेट्टन सकिन्छ । रहयो सदस्य जोडिने कुरा जन्मदै कसैले सिकेर आउदैन तर नक्कल गर्ने मान्छेले सफलता पाएको देखेका छौ । थोरै समय लाग्ला आफ्ना सदस्य हितमा लागु गरिएका हर कार्यक्रममा अवस्य जोडिनु हुन्छ भन्ने मलाई चै बिस्वास लाग्छ ।

सहकारी संस्थाको सफलता नै सेवाग्राही सदस्यहरुको सन्तुष्टी र त्यसले उनीहरुलाई पार्ने प्रभाव हो । यसका लागि छिटो छरितो, भरपर्दाे र प्रतिस्पर्धी सेवाको जरुरत पर्दछ । यसका लागि प्रविधि मैत्री सेवा विना अवको संस्थागत विकास कल्पना पनि गर्न सकिदैन । सहकारी ऐन २०७४ ले पनि प्रविधि मैत्री भएर द्रुत सेवा दिने तर्फ लक्षित गरेको छ ।

नेपालमा सहकारीहरु वैक सरह प्रविधिको प्रयाग गर्न थालिसकेका छन् र मोरङ् जिल्ला पनि त्यसमा अगाडि नै छ । विशेष गरी कम्पयुटर सफ्टवेयरको प्रयोग गर्ने, प्रविधिवाटै हिसाव राख्ने, पल्स मनिटरिङ गर्ने, वित्तीय विरणहरु वनाउने, वित्तीय विश्लेषण गर्ने, कोपोमिस अनुसार अभिलेख तयार गर्ने ।

सिसि क्यामेराको प्रयोग गर्ने, नोट गन्ने मेशिनको प्रयोग गर्ने, नेट ईन्टरनेटको माध्यमवाट विषम परिस्थितिमा पनि घर घरै सेवा दिने, सुचना र अभिलेख मेल वाटै पठाउने, जुमवाट तालिम दिने, वैठक वस्ने, एविविएस सेवा संचालन गर्ने, ई बैकिङ्ग सेवा दिने, अनलाईन सेवावाटै आयविवरण वुझाउने र करचुक्ता लिने जस्ता प्रविधि मैत्री सेवाहरु संचालन भईरहेका छन् ।

त्यसले सदस्यको सहकारी प्रतिको आकर्षण वढ्दो रुपमा छ । संस्थाका वयवस्थापक र जनशक्ति पनि यही रुपले दिजानु दिन अभ्यस्त हुदै गएका छन् र यो क्रम जारी छ । प्रविधिले संस्थागत सेवा र सक्षमता वढ्दै गएर ससाना सहकारीहरु पनि अव प्रविधि मैत्री हुनु उनीहरुको पहिलो लक्ष वनि सकेको छ ।

नीति र विधिको चुस्त कार्यान्वयनमा प्रविधि अचुक संयन्त्र हो । जसको प्रयोग विना अवको सहकारी संचालन कठिन र कल्पना वाहिरको हुनेछ । अवको विकास भनेकै सदस्यका आवस्यकता केन्द्रित सहकारीको व्यवसायिकता वृद्धि गर्दै सदस्यलाई प्रविधि युक्त सेवा दिई सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुरुप सदस्यको आर्थिक सामाजिक तथा सास्कृतिक रुपान्तरण गर्नु हो।

अहिलेको अवधारण नै प्रबिधि मैत्री सहकारी हो र समयको माग भनौ या यो बिसम परिस्थितीमा त झन खटकिने अवस्था छ । यदि प्रबिधि रहित संस्था संचालनमा रहदा निक्कै पछि परिने साथै चुनैतीहरुसंग सामना गर्दै अघिबढन गाह्रो महशुस हुदोरहेछ ।

यदि जनहितमा खोलिएका सहकारीहरुमा प्रबिधि अपरिहार्य हो तर हाल सम्म धेरै संस्थाहरु माहानगरमा रहेर पनि मेनुअल मै रहेकाछन, यस्ता संस्थाहरुलाई प्रबिधिमैत्री बनाउन नियमनकारी निकाय नै लाग्नु पर्छ जस्तो लाग्छ ।

ताकि छरिएर ब्यव्थित तथा सहकारी सुशासनमा हिड्न नसकिरहेका संस्थाहरु मर्जर गर्दै प्रबिधिमा समेट्टन सकिन्छ । रहयो सदस्य जोडिने कुरा जन्मदै कसैले सिकेर आउदैन तर नक्कल गर्ने मान्छेले सफलता पाएको देखेका छौ । थोरै समय लाग्ला आफ्ना सदस्य हितमा लागु गरिएका हर कार्यक्रममा अवस्य जोडिनु हुन्छ भन्ने मलाई चै बिस्वास लाग्छ ।



Leave a comment