Sahakari Akhabar

आवास विशिष्टिकृत संघको सेयर पूँजी ८२ करोड ५ लाख

आवास विशिष्टिकृत संघको सेयर पूँजी ८२ करोड ५ लाख :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।साधारण सभाले १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ ।

संघको अध्यक्षमा प्रदिप थापा, प्रथम उपाध्यक्षमा उद्धव थापा, द्वितिय उपाध्य पार्वती थापा, महासचिवमा विकल्प पाठक र कोषाध्यक्षमा राजकुमार लामा निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा यज्ञराज ढकाल, डा.गोविन्दराज जोशी, विष्णुबहादुर रिमाल, सुरेश घिमिरे, बाबुराम घिमिरे, अरुण भण्डारी, कमलबहादुर दाहाल र सुमन श्रेष्ठ निर्वाचित भएका हुन् ।

त्यस्तै सुशिलकुमार बस्न्यातको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा बद्रि महत र दुर्गा सापकोटा रहेका छन् । फागुन १८ गते सहकारी विभागमा दर्ता भएको संघको सेयर पूँजी ८२ करोड ५ लाख रहेको छ ।

साधारण सभाले कर्मचारी प्रशासन नीति, आर्थिक प्रशासन नियमावली, सेयर तथा सदस्यता नीति, परियोजना सञ्चालन कार्यविधि, कार्यालय सञ्चालन कार्यविधि, बाह्य ऋण नीति, निर्वाचन नीति, उपसमिति सञ्चालन कार्यविधि समेत पारित गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलको प्रमुख आथित्यता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङलगायत अतिथिहरुको उपस्थित रहेको थियो ।



Leave a comment