कुटुम्ब साकाेसको आयोजनामा रक्तदान कार्यक्रम

कुटुम्ब साकाेसको आयोजनामा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाण्डाै । कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ बचत तथा ऋण सहकारी संघ(कास्कुन) तथा ब्लड डोनर्स एसोसिएसन, नेपाल (ब्लोदान) को संयोजन तथा संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो ।

काठमाण्डौको कोटेश्वर चोकमा आज आयोजित खुल्ला रक्तदानमा ४५ पुरुष र १० महिला गरी ५५ जना सहभागीले रक्तदान गरेको संस्थाका अध्यक्ष सुदिपकुमार खनालले जानकारी दिए । सहभागी रक्तदाताहरुलाई संस्थाको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराकासाथ मुलुकभरका सहकारी संघ तथा संस्थाले रक्तदान, स्वास्थ्य शिविर, गोष्ठी जस्ता विविध कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् ।




Leave a comment