कोपोमिस कार्यान्वयन : ‘डन्डा चलाएर मात्र नहुने’ 

कोपोमिस कार्यान्वयन : ‘डन्डा चलाएर मात्र नहुने’  :: Sahakari Akhabar

३३ जना कर्मचारी त्यसमा पनि दक्ष नहुँदा नियमन गर्न समस्या

काठमाडौँ । सहकारी विभागका उपरजिस्ट्रार सुरेन्द्र पौडेलले सबै सकारीको नियमन गर्न नसकिने बताएका छन् । जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै पौडेलले सहकारीको नियमन गर्न विभागलाई समस्या भएको बताए । ३३ जना कर्मचारी त्यसमा पनि दक्ष नहुँदा नियमन गर्न समस्या भएको उनको भनाइ छ ।

तर ५० करोड भन्दा बढीको कारोबार गर्ने सहकारीको नियमन गर्ने उनले बताए । ‘सहकारी स्वनियमन हुने निकाय हो’ । समस्याको समाधान विभागसँग आएर ठोकिन्छ’ उनले भने  । ओरेण्टल सहकारी विभागको टाउको दुखाइ भएको उनले सुनाए ।

‘पालिकामा सहकारीले प्राथमिकता पाएन’ उनले भने, ‘कतिपय अवस्थामा पोकोसमेत खोलिएको छैन ।’ स्थानीय तहले सहकारीको लागि ५ प्रतिशत बजेट छुटाउनुपर्ने उनको भनाइ छ । कोप मिस २०७१ देखि सुरु भए पनि प्रभावकारी कार्यान्वयन गर्न नसकिएको स्वकारे ।

डन्डा चलाएर मात्र नहुने भन्दै विभागले कडाइका साथ सहकारीको नियमन गर्न नसक्ने बताए । सहकारी ऐनका प्रावधान कार्यान्वयन गर्न खोजिए कारबाही गर्न नमिल्ने सहकारी नै भेटिन गाह्रो हुने उनले बताए ।सहकारीले कानुन पालना गर्नुपर्ने बताउँदै मुख्य कारोबार,  दोहोरो सदस्यता कार्यान्वयन गर्न साझा बुझाइमा जानुपर्ने उनको भनाइ छ ।

कोपाेमिसको सफल कार्यान्वयन पश्चात् मात्रै सहकारीको नियमन पनि प्रभावकारी हुने उनले बताए । सहकारी डिजिटाइजेसनमा जानुपर्ने उनले बताए । ‘अब चार खाता सम्भव छैन’ उनले भने । नियमनको नाममा विभागका कर्मचारीले दुख दिएको भए सहकारीले अख्तियार लगाएर त्यस्ता गलत व्यक्तिलाई समाउन सक्ने भए बताए।




Leave a comment