मुख्य कारोबारको प्रतिशत व्यवहारिक भएन : बैङ्क अध्यक्ष

मुख्य कारोबारको प्रतिशत व्यवहारिक भएन : बैङ्क अध्यक्ष :: Sahakari Akhabar

व्यवस्था कडाइ गर्न खोजे ९० प्रतिशत भन्दा बढी सहकारी बचत तथा ऋणमा रूपान्तरण हुने

काठमाण्डाै‌ । राष्ट्रिय सहकारी सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले सहकारी ऐन २०७४ कार्यान्वयनमा कडाइ गरे सबै सहकारी बचत तथा ऋणमा रूपान्तरण हुने बताए । ऐनको मुख्य कारोबारको प्रतिशत व्यवहारिक नभएको भन्दै उक्त व्यवस्था कडाइ गर्न खोजे ९० प्रतिशत भन्दा बढी सहकारी बचत तथा ऋण कारोबारमा रूपान्तरण बताए ।

जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले ‘ऐन कार्यन्वयन हुनु पर्छ’ उनले भने,‘सहकारीले नाम अनुसार काम गर्नुपर्छ’ । बहुउद्देश्यीयले बचतका साथै अर्को काम गर्नेपर्ने र त्यसो गर्नै नसके बचतमा रूपान्तरण हुनुपर्ने उनले बताए । सहकारीलाई बचत र ऋण गर्नुपर्ने रहर हटाएर उत्पादन र प्रशोधनमा जानुपर्ने उनको भनाइ छ ।

सहरी क्षेत्रमा र बचतमा सहकारीमा बढी समस्या भएको भन्दै बचतमै रूपान्तरण गर्न बाध्य हुने गरी ऐन कार्यान्वयन उचित नभएको उनको भनाइ छ । अब सहकारी क्यास लेस र चेक लेस हुनुपर्ने उनले बताए ।मर्यादित व्यवसाय र प्रविधिमा सहकारी कार्य नयन हुने अध्यक्ष उप्रेतीले बताए ।

‘सहुलियत कर्जा हामीलाई दिइएन’ उनले भने,‘ हाम्रो वाणिज्य बैङ्कसँग प्रतिस्पर्धा हो।’ उनले भने । बैङ्के ४ प्रतिशत स्प्रेट दरमा कर्जा प्रवाह गरिरहेको र कृषिमा ६ प्रतिशतमै लगानी गरेको बताए । 




Leave a comment