ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने : महासङ्घ अध्यक्ष

ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने : महासङ्घ अध्यक्ष :: Sahakari Akhabar

मुख्य कारोबार कार्यान्वयन गर्न सकिने अवस्था नरहेको 

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी ऐन २०७४ कार्यान्वयन गर्न समस्या भएको बताए । तत्काल ऐन संशोधन नभए कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ । जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले सकारीलाई उत्पादनसँग नजोडी सुखै नभएको बताए ।

सहकारी सामाजिक व्यवसाय भएको भन्दै मर्यादित बनाउन यसपालिको नारा तय गरिएको बताए । कतिपय प्रदेशले सार्वजनिक, निजी र सहकारी मोडलमा काम गर्न सहज हुने ऐन ल्याउन लागेको भन्दै ऐन आएपछि उत्पादन क्षेत्रमा सहकारीलाई लगानी गर्न सहज हुने बताए । सदस्य उद्यमी बनाउने गरी परियोजनामा ऋण लगानी गर्नुपर्ने उनले बाए । वित्तीय र उत्पादनमा सहकारीले संसारभर काम गरेको भन्दै नेपालमा पनि दुवै अभ्यास भइरहेको बताए ।

मुख्य कारोबार कार्यान्वयन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सहकारीले वित्तीय कारोबार गर्ने भएकाले वित्तीय अनुशासन पालना गर्नुपर्ने उनले बताए । सङ्घीयतापछि राज्यको भूमिका खुम्चिएकोले सहकारीको विकासमा समस्या आएको उनको भनाइ छ ।

सहकारी डिजिटलमा जानै पर्ने उनले बताए । सदस्य सङ्घ व्यावसायिक नभएकाले ३५ जिल्ला सङ्घको रणनीति बनाउन लागिएको उनले बताए । सहकारीको विकासका लागि भिजन पेपर तयार गर्न लागेको र यसले जिल्ला सङ्घको अवस्था सुधार हुने उनले बताए । ‘सङ्घको अध्ययन भएको छ,’उनले भने, ‘अति समस्या भएका सङ्घ खारेज समेत गर्न सकिने छ।’ कोपाेमिस गज्याङमज्याङ भएको भन्दै कर्जा सूचना केन्द्र सञ्चालन गर्न छुट्टै युनिट चाहिने उनले बताए ।




Leave a comment