‘३० / ७० प्रतिशत र कार्यकारीकाे व्यवस्था कार्यान्वयन हुनैपर्छ’ : नेफ्स्कून अध्यक्ष

‘३० / ७० प्रतिशत र कार्यकारीकाे व्यवस्था कार्यान्वयन हुनैपर्छ’ : नेफ्स्कून अध्यक्ष :: Sahakari Akhabar

सहकारी ऐन कार्यान्वयन गर्न विभागको सामर्थ्य कम भयो

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐन कार्यान्वयनमा सम्झौता हुनै नसक्ने बताएका छन् । अध्यक्ष पौड्यालले पर्ख र हेरमा विभाग बस्न नमिल्ने भन्दै ऐन कार्यान्वयन गर्न विभाग कडाइका साथ लाग्नुपर्ने बताए । ‘३०/७० प्रतिशत कारोबार र कार्यकारीकाे व्यवस्था कार्यान्वयन हुनैपर्छ’ उनले भने । भुक्तानी पर्र्छाैट समस्या समाधान गर्न राष्ट्र बैङ्कले सहकारीलाई समावेश गर्नुपर्ने उनले बताए । 

जिल्ला सहकारी सङ्घ काठमाडौँ र शुक्र पथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै पौड्यालले राष्ट्र बैङ्कले सहकारीलाई नचिन्ने भएकाले राष्ट्र बैङ्क ऐन संशोधन हुनुपर्ने उनको भनाई छ ।

तीन खम्बा अर्थनीति कार्यान्वयन चुनौती रहेको भन्दै कार्यान्वयन गर्न सबै जुट्नुपर्ने बताए । ‘ऐन कार्यान्वयन समस्या छ’ उनले भने,‘ विभागले ऐन कार्यान्वयन गराउन कुनै कन्जुस्याइँ गर्न हुन्न ।’ नियमन गर्न सहकारी विभागको सामर्थ्य कम भएको भन्दै क्षमता बढाउनुपर्ने उनले बताए ।

कोभिडको समयमा बैङ्क र नेफ्स्कूनले १/१ अर्बको कोष बनाए पनि सहकारीबाट सहयोगको माग नआएको बताए । ‘हाम्रो नेटवर्कभित्र भएका सहकारीको उत्तरदायित्व लिन्छौँ’ उनले भने । साकोसको शुद्धि करणका लागि बचत ऐन आउनुपर्ने उनले बताए ।




Leave a comment