‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ :: Sahakari Akhabar

सहकारीले गर्ने हरेक व्यवसाय मर्यादित हुनपर्छ

राष्ट्रिय सहकारी महासङ्घले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम (नारा) तय गरेको छ । दिवसको अवसरमा महासङ्घले यसै विषयमा कार्यपत्र प्रस्तुत भएको छ ।

सहकारीले गर्ने व्यवसाय कसरी मर्यादित बनाउने र प्रविधिमा सहकारी जोडिन कस्ता रणनीति अपनाउने भन्ने विषयमा गाइडलाइन बनाउँदै छौँ ।

सहकारीले गर्ने हरेक व्यवसाय मर्यादित हुनपर्छ । उत्पादन तथा वित्तीयका सबै कारोबार पारदर्शी हुन जरुरी छ । सहकारीका व्यवसाय सुशासित नभई नहुने कुरा हो । अब सबै सहकारी प्रविधिमैत्री हुन् भन्ने हाम्रो चाहना हो ।

गाइडलाइन बनाएर प्रविधि भित्र्याउन गृहकार्य गर्दै छौँ । प्रविधि भित्र्याउन के गर्नुपर्छ भन्ने विषयमा आज छलफल हुने छ । यो वर्ष योजना बनाएर बढी भन्दा बढी संस्थालाई प्रविधि प्रयोगमा सघाउने छौँ ।

यसले संस्था सिस्टममा चल्न पनि सघाउ पुग्ने छ । आचार संहिता, ऐन, कानुन अनुसार कार्यविधि बनाएर नारा सार्थक बनाउन अघि बढ्दै छौँ । हचुवाको भरमा काम गर्दा कहीँ पुगिँदैन ।

गत वर्षका नारा कार्यान्वयन भएको छैनन्

राष्ट्रिय सहकारी महासङ्घले वर्षै पिच्छे नारा ल्याउँछ । यस वर्ष मर्यादित व्यवसाय र प्रविधिमा सहकारी नारा ल्याइएको छ । त्यो नारा सार्थकता दिन सबैले भूमिका खेल्नुपर्छ ।

कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा सहकारी जागरूक हुनपर्छ । नारा सार्थक बनाउन अहिलेको अवस्था के छ, म्यानपावर कति खटाउँछौँ भन्ने विषय मुख्य हो । नारा कार्यान्वयन भए/नभएको मापन गर्ने खास प्रचलन छैन ।

गत वर्षका नारा पनि कार्यान्वयन भएको छैनन् । हामीजस्ता सङ्घका नेतृत्व हरुले महासङ्घले ल्याएको नारा तलसम्म लैजान, संस्थामा कार्यान्वयन गर्न ध्यान दिनुपर्छ । त्यसरी काम गर्न के के कुरा व्यवस्थापन गर्न सकिन्छ, त्यसतर्फ हामी लाग्ने हो हो ।

सुशासनमा चलेको संस्थाले नारा अवश्य फलो गर्छ सुर्धाछन पनि । तर केही अभियानबाट टाढा बसेको संस्थाले कार्यान्वयन गर्दैनन् । उनीहरूलाई चासो पनि हुँदैन । नारा सार्थक बनाउन यसरी लाग्नुपर्छ भन्ने विषयमा महासङ्घले कार्य योजना ल्याउनुपर्छ ।

नारा कार्यान्वयनको पाटो बिर्सिने काम गर्नुहुन्न ।

महासङ्घले ल्याएको नारा समय सान्दर्भिक छ । कोभिड १९ महामारीका बेला प्रविधि महत्त्वपूर्ण रहेको पुष्टि भयो । तर कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरा मुख्य कुरा हो ।

प्रत्येक वर्षका नारा उत्कृष्ट छन् । तर व्यवहारमा उतार्न सक्नुपर्छ । नारा तय गर्ने तर कार्यान्वयनको पाटो बिर्सिने काम गर्नुहुन्न । नारा अनुसार काम गर्न महासङ्घको भूमिका भूमिका महत्त्वपूर्ण हुन्छ ।

सहकारीभित्र रहेका विकृति, विसङ्गति चिरफार गर्दै सहकारीलाई अर्थतन्त्रको सबल खम्बाका रूपमा स्थापित गर्नुपर्छ । सहकारीमा युवा आकर्षित भएपछि मात्रै सहकारीले गति लिन सक्छ ।

यसो भएमा मात्र सहकारीप्रति चासो बढ्ने र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्छ । यसमा अभियान पनि चुकेको छ । अलमलिएको छ । अभियान  र राज्यले यस्ता कुरा बुझेर जानुपर्छ ।

कोभिडमा सहकारीमार्फत धेरै राम्रा भएका छन् । सहकारीका कतिपय राम्रा विषय बाहिर आउन सकेका छैनन् । अनि मात्र मर्यादित व्यवसाय हुन सक्छ ।

सहकारीले एकीकृत रुपमा काम गर्नुपर्छ

पहिला हामी आफै मर्यादित हुनुपर्यो। देशको आवश्यकता अनुसार काम गर्नुपर्छ । बेरोजगार समस्या समाधान गर्ने र गरिबी निवारणमा सहकारी लाग्नुपर्छ ।

सहकारीमार्फत गरिबी निवारण गरेर सम्मृद्वि हासिल गर्न सकिन्छ । रोजगारी सिर्जना गरेर कृषि उत्पादन बढाउन सकिन्छ । कृषि, पर्यटन, जलस्रोत विकासका प्रमुख क्षेत्र हुन् । औद्योगिक विकास गरी कृषि उत्पादन, पर्यटनको विकासमा ध्यान दिनुपर्छ । संसारकै मान्छे आउने गन्तव्य मुलुक बनाउन पूर्वाधारमा ध्यान दिनुपर्छ ।

एयरपोर्ट, होटेल, ट्रेकिङ, पर्यटनमा प्राविधिक विषय हुनुपर्छ । अब बिजुलीमा आत्मनिर्भर नभई देश बन्दैन । औद्योगिकरणका लागि विद्युत नभई हुँदैन । अब सहकारी कृषि, पर्यटन, पूर्वाधार लगायत क्षेत्रमा जानुपर्छ । गाउँको समृद्धि हासिल गर्ने सहकारी नै हो । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षामा सहकारीको लगानी बढाउनुपर्छ ।

गाउँको उत्पादन सहरमा पुर्याउने र सहरको पुँजी गाउँमा लैजानुपर्छ । यसरी इको सिस्टममा जान सक्नुपर्छ । त्यसका लागि सहकारीले उत्पादन र बजारीकरणमा विशेष ध्यान दिनुपर्छ । निजी क्षेत्र र राज्यको सहयोग लिएर पनि सहकारीले धेरै विषयमा लिड गर्न सक्छ । भाषण र गफमा मात्र नभई सहकारीले काम देखाउनुपर्छ ।

सरकार जान नसक्ने, निजी क्षेत्र जान नचाहने क्षेत्रमा समेत सहकारी क्षेत्रले काम गर्नुपर्छ । संविधानले कल्पना गरेको तीन खम्बा सफल बनाउन सहकारीले रणनीति परिवर्तन गर्नपर्छ । सहकारी व्यावसायिक हुनपर्छ । सहकारी सहकारी मार्फत निजी क्षेत्र र राज्य सँग समन्वय गरेर पनि सहकारीले काम गर्न सक्छन् ।

किसान, सीमान्तकृत, महिला आर्थिक सामाजिक रूपमा पछाडि परेका वर्गलाई माथि उठाउन सहकारीले योगदान गर्नपर्छ । गाउँमा कृषि, बहुउद्देश्यीय सहकारी खोलेर किसानलाई चाहिने सम्पूर्ण सेवा सुविधा सहकारीबाट दिन सक्नुपर्छ । सहकारीमार्फत एकीकृत काम हुन सक्छ । सम्पूर्णमा सहकारीलाई जोडेर लैजानुपर्छ ।

काम र कुरा फरक हुनुहुँदैन

राष्ट्रिय सहकारी महासङ्घले मर्यादित व्यवसाय नारा तय गरेको छ । त्यस अनुसार काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सहकारीको नाममा अर्कै ढङ्गले काम भइरहेको छ । त्यसलाई रोक्न सक्नुपर्छ ।

अहिलेको सन्दर्भमा नारा राम्रो आएको हो । मर्यादित, अमर्यादित भनिरहनु भन्दा काम गर्नु मर्यादित नै हो । कुरा र काम फरक छ । नारा तय गर्नु राम्रै कुरा हो ।

मर्यादित कसरी गर्ने तल्लो तहमा लैजानुपर्छ । अन्तर्राष्ट्रिय समुदायलाई देखाउन मात्र ल्याउने होइन । प्रारम्भिक सहकारीले महासङ्घले ल्याएको नारा सार्थक बनाउन प्रयास गर्ने हो ।

हामी त्यसमा लागिरहेका छौँ । फिल्डमा खटेर व्यवसाय गरिरहेका छौँ । सहकार्य सहमति गर्दै जाने अघि बढ्ने हो । जति गरिन्छ, मर्यादित ढङ्गले गर्नुपर्छ भन्ने हो । ३४ हजार सहकारीमा अहिले ३० हजारमा झरिसकेका छन् ।

चार वटा विषयमा ध्यान दिनुपर्छ

मर्यादितलाई फोकस गर्दा सहकारीले चार वटा विषयमा ध्यान दिनुपर्छ । सहकारीले वा सदस्यले गर्ने कारोबारमा एकाधिकार, मनोपोली हुनुभएन । बढी नाफा लिने र उपभोक्ता शोषण गर्ने खालका हुनुभएन । सबैले उपयोग गर्न सक्ने हुनुपर्छ ।

सहकारी र सदस्यले गर्ने व्यवसाय स्वीकार्य व्यवसाय हुनुपर्छ । राज्यले वर्जित नगरेका सबैलाई खुला गरेका व्यवसाय सहकारीले तथा सदस्यले गर्न सक्छन् ।

धर्म, सांस्कृतिक दुरी नबढाउने, खलल नपर्ने द्वन्द्व ननिम्तिने क्षेत्रमा सहकारीले काम गर्नुपर्छ । त्यस्तै पर्यावरण क्षेत्रमा पनि नबिग्रिने गरी सहकारीले काम गर्नुपर्छ ।

अहिले सहकारी बिस्तारै लागेका छन् । व्यवसायतर्फ आक्रामक ढङ्गले लागेका छैनन् । सहकारीले आय आर्जन गरेर खर्च गर्न सक्ने बनाऊ भन्छ । यहाँ आसलाग्दो क्षेत्र छ ।

मर्यादित र प्रविधिमा प्रतिस्पर्धी भएर सहकारीले काम गर्नुपर्छ । प्रविधिमा सहकारी जान अत्यावश्यक भइसकेको छ । कोभिड महामारीले पनि प्रविधिमा जान सिकाएको छ । अब नगदरहित कारोबारमा जानुपर्छ । वित्तीय तथा अन्य क्षेत्रमा पनि प्रविधि प्रयोग आवश्यक छ ।

सकारात्मक सन्देश गएको छ

सहकारी आफैमा मर्यादित हो । सहकारीमा केही समस्या आउँदा अमर्यादित परेको हो कि भन्ने देखिएको छ । महासङ्घले दिवसमा यस्ता नारा तय गर्दा पक्कै पनि प्रारम्भिक सहकारीलाई उत्साह थपिन्छ ।

यसरी इनकरेज गर्दा सकारात्मक भाइबेरेसन होला भन्ने लागेको छ । सहकारीमा प्रविधि, ह्युमन रिर्सोस, नीति, निर्माणमा फोकस गर्नुपर्ने देखिएको छ ।

यी कुरामा फोकस भएमा छिट्टै नै सहकारी राम्रो व्यवसायको रूपमा माथि आउँछ । सहकारीभित्र राम्रा कुरा पनि पनि छन् । तर नकारात्मक कुरा धेरै आउने गरेको छ । यसरी राम्रो कुरा पनि आउँदै गर्दा यसले आम जनताप्रति सहकारीको धारणा राम्रो बन्दै जान्छ ।

सहकारीको नेटवर्क राम्रो भएकाले सहकारी महत्त्वपूर्ण व्यवसाय हो । मर्यादित, व्यवस्थित र कम लागतमा  सहकारीले काम गर्न सक्नुपर्छ ।




Leave a comment