महिलाको पहिलो रोजाइमा सहकारी

महिलाको पहिलो रोजाइमा सहकारी :: Sahakari Akhabar

मोरङ जिल्लामा ११ सय सहकारी संस्थाहरू सञ्चालनमा थिए । अहिले एउटै उद्देश्यका ६० वटा सहकारी मर्ज भएका छन् । हाल एक हजार पचास सहकारी सञ्चालनमा रहेको जिल्ला सहकारी सङ्घले जानकारी दिएको छ । जिल्लामा सञ्चालित एक हजार बढी सहकारीमा काम गर्ने महिला कर्मचारी तीन हजार जना छन् । पछिल्लो समय अझै बढ्ने क्रम जारी छ । महिलाहरू इमानदारिताका साथ काम गर्ने भएकाले सहकारी संस्थाहरूले पनि महिलालाई  प्राथमिकतामा राख्ने गरेको छन् ।

चीना थापा, विराटनगर । जागिर खान होस् वा बचत गर्न होस् महिलाको पहिलो रोजाइमा सहकारी पर्ने गरेको छ । अन्य क्षेत्रमा जागिर खान कालागि अनुभव लिन पनि आजकाल सहकारी नै पहिलो खुट्किलो भएको छ । विषेशत घरको काम सकेर फुर्सदमा आम्दानी र अनुभवको मुख्य आधार भएको छ सहकारी ।

रंगेलीकी उर्मिला दाहाल सौर्य बचत तथा ऋण सहकारी संस्थामा पैसा सङ्कलनको काम गर्छिन् । एसइई पास गरेर उच्च शिक्षा पढ्न विराटनगर आएकी दाहालले कक्षा एघार पढ्दैदेखि सहकारीमा काम गर्न थालेकी हुन । अहिले कक्षा १२ को परीक्षा दिएर रिजल्टको पर्खाइमा रहेकी उनी आफ्नो काममा निरन्तर लागिरहेकी छिन् ।

सुरुमा ८ हजारदेखि काम गरेको बताउने दाहाल अहिले मासिक १७÷१८ हजारसम्म कमाउँछिन् । उनले आफ्नो करिअरको सुरुवात सहकारीको पैसा सङ्कलनबाट सुरु गरेको बताउँदै पछि बैङ्कको राम्रै ठाउँमा पुग्ने चाहना रहेको बताइन । “जहाँ पनि अनुभव खोज्छ”, उनले भनिन्, “अनुभवको लागि काम गर्न दिने कोही हुँदैनन्, त्यसैले थोरै पारिश्रमिकमा भएपनि काम गर्‍यो भने अनुभव हुन्छ ।” सहकारीमा पैसा सङ्कलनको काम गर्न आउनेले सुरुमा दुई, तीन हजार मात्र तलब पाउने उनको भनाई छ ।

काम गर्दै जाँदा शेयर सदस्य बनाउन सक्यो भने कमिसनको आधारमा तलब बढ्दै जाने दाहालले बत्ताइन । सदस्य बनाउन सकिएन भने सहकारी संस्थाले कामबाट निकालिदिने सम्भावना पनि धेरै हुने बताउँदै उनले सुरुमा काम गर्न गाह्रो हुने बत्ताइन । तर, “अनुभवको लागि पनि अहिले धेरै सहकारीमा काम गर्न आउने गरेका छन्”, उनले भनिन् ।

जिल्लामा सहकारी खुल्ने क्रम बढेसँगै सहकारीमा काम गर्ने कर्मचारीको सङ्ख्या पनि बढेको छ । त्यसमा पनि महिला कर्मचारीको सङ्ख्या बढी देखिन्छ । बढी मात्रामा कक्षा प्लस टु पदै गरेका महिलाहरू छन् । पढाई सँगै काम गर्दा घरमा आर्थिक भार पनि नपर्ने र आफ्नो क्षमता, अनुभव पनि बढै जाने उनीहरू बताउँछन् । सहकारी कर्मी माधव अधिकारीका अनुसार आफ्नो लक्ष्य अनुरूप क्षमता बढाउन पनि पदै गरेका छात्राहरू सहकारीमा प्रवेश गरेर काम गर्ने गरेका छन् ।

अनुभवले नै व्यक्तिको क्षमता बढाउने अधिकारीको भनाई छ । कतिपय काम गर्दै आफ्नो पढाई खर्च जोहो गर्नको लागि पनि सहकारीमा प्रवेश गर्ने गरेको उनले बताए । सहकारी महिलाहरूको क्षमता विकासको आधार पनि भएकाले सहकारी क्षेत्र पहिलो रोजाई मा परेको उनको बुझाई छ ।

मोरङ जिल्लामा ११ सय सहकारी संस्थाहरू सञ्चालनमा थिए । अहिले एउटै उद्देश्यका ६० वटा सहकारी मर्ज भएका छन् । हाल एक हजार पचास सहकारी सञ्चालनमा रहेको जिल्ला सहकारी सङ्घले जानकारी दिएको छ । जिल्लामा सञ्चालित एक हजार बढी सहकारीमा काम गर्ने महिला कर्मचारी तीन हजार जना छन् । पछिल्लो समय अझै बढ्ने क्रम जारी छ । महिलाहरू इमानदारिताका साथ काम गर्ने भएकाले सहकारी संस्थाहरूले पनि महिलालाई  प्राथमिकतामा राख्ने गरेको छन् ।




Leave a comment