सहकारी र गरिबी निवारणको तालमेल नमिल्दा उपलब्धि न्युन

सहकारी र गरिबी निवारणको तालमेल नमिल्दा उपलब्धि न्युन :: Sahakari Akhabar

मन्त्रालयले गरिबसँग विश्वेश्वर, सहकारी क्षेत्र सुढृणिकरण, मेडपा, गरिबी निवारण कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सामुदायिक तथा कवुलियती वन कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रमको बिवरण खोज गरिरहेको छ ।

 

काठमाडौं । सरकारले एउटै मन्त्रालयलाई तीनवटा जिम्मेवारी दिँदा उपलब्धि न्युन देखिएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एकै स्थानमा रहँदा सहकारी र गरिबी निवारणका कार्यक्रम छायाँमा परेका छन् । 

मन्त्रालयको बजेट, नीति तथा कार्यक्रम, मन्त्रालयको नेतृत्व र कर्मचारीतन्त्र भूमिसम्बन्धी काममा मात्रै केन्द्रित भएको छ । सहकारी मार्फत गरिबी निवारण गर्ने शौद्धान्तिक नारामा मात्र सिमित रहेको सरोकारवाला बताउँछन् । सहकारीमार्फत गरिबी निवारण गर्न सकिने भएपनि सरकारले त्यसो गर्न सकेको छैन ।

एकै मन्त्रालयको तीनवटा जिम्मेवारी भएकोले खासगरी गरिबी निवारणका धेरै काम अधुरा देखिन थालेका हुन् । सहकारी गरिबी निवारण र रोजगारीमा केन्द्रित हुनुपर्ने भएपनि त्यसो हुन सकेको छैन । गरिबी निवारणसम्बन्धी दर्जनौ कार्यक्रम भएपनि लथालिंग छन् । तर गरिबी मन्त्रालयले दुईवटा कार्यक्रम मात्र सञ्चालन गरेको छ । अरु कार्यक्रम अन्य मन्त्रालय अन्र्तगत सञ्चालित छन् ।

गरिबी निवारणमा करोडौं खर्च भएपनि उपलब्धि हुन नसकेपछि सरकारले एकीकृतरुपमा उपलब्धि खोजि गरेको हो । गरिबी निवारण गर्न छुट्टै मन्त्रालय स्थापना गरिएपनि गरिबी निवारणका कार्यक्रम प्रभावकारी हुन नसक्दा गरिबी निवारणसँग जोडिएका सबै कार्यक्रमको एकीकृत तथ्यांक संलकन गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको छ ।

मन्त्रालयले गरिबसँग विश्वेश्वर र कमैया हलिया पुर्नस्थापना कार्यक्रम मात्रै सञ्चालन गरिरहेको छ । गरिबी निवारण कोष मन्त्रालय मातहत आएपनि उल्लेख्य मन्त्रालयले स्वामित्व लिन नसक्दा अलपत्र परेको छ ।
पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले बेरोजगार बढ्नुका साथै गरिबी पनि बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार गरिबी ४ प्रतिशतले झन बढेको छ । सरकारले गरिबी निवारणसम्बन्धी ठोस कार्यक्रम ल्याउन नसक्दा दिनप्रतिदिन गरिबी बढ्दै गएको छ । तर सरकारले गरिबी निवारण तथा रोेजगारी सिर्जना गर्ने कुनै कार्यक्रम ल्याउन नसकेको देखिएको छ ।

गरिबी निवारण गर्न सहकारी अग्रसर हुनुपर्ने भएपनि व्यवहारमा त्यसो भएको पाइदैँन । सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी स्थापना भएका छन् । ३ वटा स्थानीय तहबाहेक सबै स्थानीय तहमा सहकारी दर्ता भएपनि गरिबी निवारणमा उल्लेख्य काम गर्न नसकेको अर्थविद्हरु बताउँछन् ।

मन्त्रालयले २६ जिल्लाको मात्र गरिबी पहिचान गरिसकेको छ । तर ती जिल्लाको गरिबी निवारण गर्न ठोस कार्यक्रम ल्याउन सकेको छैन । पहिचान सुरु गर्दा सहकारीमार्फत त्यहाँको गरिबी निवारण गर्न सकिने सरकारले उल्लेख गरेपनि पहिचानबाहेक अरु कार्यक्रम ल्याउन नसक्दा गरिब झन् मारमा परेका छन् । सरकारले गरिबको ट्यांग लगाइदिने तर कुनै सेवासुविधा नदिने गरेकाले गरिब पहिचान भएकाहरु रुष्ट देखिएका छन् । मन्त्रालयले यस वर्ष अन्य २३ जिल्लाको गरिबी पहिचान गर्ने योजना बनाएको छ । शाखा अधिकृत बाबुराम पाण्डेले यस वर्ष अन्य २३ जिल्लाको गरिब पहिचान गर्नेगरी गृहकार्य भइरहेको बताए ।

१८ वटा कार्यक्रमको उपलब्धि खोज्दै सरकार

मन्त्रालयले गरिबी निवारणसँग सम्बन्धी १८ वटा कार्यक्रम पहिचान गरी सबै कार्यक्रमको उपलब्धि खोजी गरिरहेको छ । गरिब लक्षित कार्यक्रम सञ्चालन भइरहेकाले ठोस उपलब्धि देखिएको छैन । मन्त्रालयका शाखा अधिकृत बाबुराम पाण्डेले गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमको अध्ययन सुरु भएको बताए ।

परामर्शदाता छनोट गरी गरिबी निवारणसँग जोडिएको कार्यक्रमको अध्ययन भइरहेको उनको भनाइ छ । पाण्डेका अनुसार चैत मसान्तसम्म गरिबी निवारणसँग सम्बन्धीत सबै कार्यक्रमको एकिकृत प्रतिवेदन निर्माण हुने छ ।

‘ती सबै कार्यक्रमले गरिबी निवारणमा के योगदान पुग्यो भन्ने विषयमा अध्ययन हुदैँछ’ उनले भने । मन्त्रालयले गरिबसँग विश्वेश्वर, सहकारी क्षेत्र सुढृणिकरण, मेडपा, गरिबी निवारण कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सामुदायिक तथा कवुलियती वन कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रमको बिवरण खोज गरिरहेको छ ।

त्यस्तै व्यवसायिक तथा सीप विकास कार्यक्रम, वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्र, जनता आवास कार्यक्रम, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम (दलित, एकल महिला) युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम, हलिया, कमैया पुर्नस्थापना कार्यक्रम, सहकारी बजार विकास कार्यक्रमको बिवरण खोजी सुरु भइसकेको पाण्डेले जानकारी दिए ।




Leave a comment