बज्रबाराही साकोसको क्यू आर कोड स्क्यान गरी बैंकमा रकम ट्रान्सफर गर्न सकिने

बज्रबाराही साकोसको क्यू आर कोड स्क्यान गरी बैंकमा रकम ट्रान्सफर गर्न सकिने :: Sahakari Akhabar

मकवानपुर । श्री बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका सदस्यले आफ्नो खातामा रहेको पैसा जुनसुकै बैंक तथा वित्तीय संस्थामा ट्रान्सफर गर्न सक्ने व्यवस्था गरेको छ ।

संस्थाको श्री बज्रबाराही स्मार्ट एपको प्रयोग गरी आफ्नो खातामा रहेको पैसा सदस्यले देशभरका कुनै पनि बैंक तथा वित्तीय संस्थामा ट्रान्सफर गर्न सक्ने सुविधा ल्याएको थियो ।

त्यसैगरी सदस्यले इसेवा र खल्ती जस्ता डिजिटल वालेटमा पैसा लोड गर्न सकिने सुविधा पनि शुरु गरेको छ । यो सेवा निशुल्क लिन सकिने  र संस्थाले संचालनमा ल्याएको क्यूआर कोड स्क्यान गरी सदस्यहरुले पसलबाट सामान खरिद गर्दा वा कुनै सेवा प्रदायकबाट सुविधा लिन सकिने व्यवस्थापक रञ्जीत अर्यालले जानकारी दिए ।

त्यसैगरी मोबाइल बैंकिङमार्फत विभिन्न टपअप सुविधाका साथै युटिलिटी पेमेन्ट गर्न सकीने जनाएको छ । संस्थाका २०५ जना सदस्यले मोबाइल एप प्रयोग गर्दै आएको र अन्य सदस्यहरुलाई पनि एप प्रयोग गर्न अभिमुखिकरण तालिम सञ्चालन गर्दै आएको जनाइएको छ ।

कोभिड १९ का कारण सदस्यहरुले जोखिम लिएर लगानी गर्न नचाहेकाले र परिस्थिति असहज भएकाले हाल संस्थामा तरलता केहि मात्रामा बढि रहेको व्यवस्थापक अर्यालले जानकारी दिए । संस्थामा हाल १४७५ सदस्य, १ करोड ५२ लाख शेयरपुँजी, ७ करोड ५० लाख बचत संकलन र ८ करोड ६० लखा ऋण लगानी गरी ११ करोड ५० लाख कुल कारोबार रहेको छ । 




Leave a comment