एनएमसीद्धारा कर्मचारीलाई तालिम

एनएमसीद्धारा कर्मचारीलाई तालिम :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रशिक्षक प्रशिक्षण तथा उद्धघोषण तालिम प्रदान गरेको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन १५ गते बिर्तामोडमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको हो । उक्त तालिमको सहजीकरण प्रशिक्षक प्रेमबहादुर गिरीले गरेका थिए ।

गिरीले तालिमका सहजकर्ताले सहभागीको अपेक्षा संकलन गर्ने, सहभागीलाई सिकेको कुरा नविर्सिने बनाउने विधि प्रयोग गर्न सिकाए ।
उनले तालिमका सहजकर्ताको पहिरन र उसका क्रियाकलाप, सहभागीहरुबाटै तथ्य संकलन गर्नेलगायतका बिधिहरु प्रशिक्षकहरुले अवलम्बन गर्न सिकाए ।

अध्यक्ष रामचन्द्र उप्रेतीले तालिमको आवश्यकता र औचित्य माथि प्रकाश पारेका थिए । अध्यक्ष उप्रेतीले सदस्य शिक्षा कार्यक्रममा जाँदा प्रशिक्षकहरुले सुनेको एनएमसीलाई देखेको एनएमसी जस्तै बनाउन सक्नु पर्ने सुझाव दिए ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक सावित्रा दाहाल रहेका थिए । संस्थाले ४५ जनालाई तालिम लिएका थिए ।

उद्घोषण तथा व्यक्तित्व विकास तालिम

संस्थाले फागुन १३ देखि १५ गतेसम्म उद्घघोषण तथा व्यक्तित्व विकास तालिम दिएको छ । तीनदिने तालिमको लीला अनमोल, गोपाल काफ्ले तथा शिक्षक केसी श्रेष्ठले सहजीकरण गरेका थिए ।

तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, उद्घघोषण कला तथा मोटिभेसन, प्रत्यक्ष कार्यक्रम प्रस्तोताको शारीरिक हाउभाउ तथा प्रयोग गरिने शब्दहरुबारे सहजीकरण गरेका थिए ।

एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाको अध्यक्षतामा तालिम संचालन भएको थियो । कर्मचारीको नेतृत्व विकास गर्ने उद्धेश्यले तालिम संचालन गरिएको संस्थाका उपाध्यक्ष भगवती घिमिरे मैनालीले बताइन् । उनले अरु कर्मचारीहरुलाई पनि तालिम दिएर क्षमतावान बनाउने बताइन । 




Leave a comment