फोन गरेर सहकारी पीडित खोज्दै, समिति

फोन गरेर सहकारी पीडित खोज्दै, समिति :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई फोन सम्पर्क गरेर निक्षेप दिलाउन लागिपरेको छ ।

समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले सबै बचतकर्ता सम्पर्कमा नआएकाले निक्षेपकर्ता खोज्न थालेको बताए । ‘समितिमा फोन गरेर निक्षेपकर्तालाई बोलाउने काम भइरहेको छ’ उनले भने,‘कागजात मिलेपछि मात्रै निक्षेपकर्ताले निक्षेप फिर्ता पाउने छन् ।

समितिका अनुसार हालसम्म ८६ जना निक्षेपकर्ता सम्पर्कमा आएका छन् । उनीहरुको रेकर्ड मिलिसकेकाले छिट्टै पैसा फिर्ता दिइने बताए । पीडितले बचतको चेकबुकसहित आफ्नो नाममा रहेको बैंक खाता र निवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा उपलब्ध गराएका छन् ।

समितिका सदस्य सचिव पौडेलले मंगलबार र बुधबारमा ८६ जनाका लागि एउटै चेकबाट कृषि विकास बैंकमार्फत पैसा फिर्ता दिने बताए । समितिका अनुसार सोसाइटलका २ सय ४० जना बचतकर्ता र लुनिभाका २ सय १४ बचतकर्ताको निक्षेप रहेको छ ।

समितिका सदस्य सचिव पौडेलले मंगलबार र बुधबारमा ८६ जनाका लागि एउटै चेकबाट कृषि विकास बैंकमार्फत पैसा फिर्ता दिने बताए । समितिका अनुसार सोसाइटलका २ सय ४० जना बचतकर्ता र लुनिभाका २ सय १४ बचतकर्ताको निक्षेप रहेको छ ।

समितिले पहिलो चरणमा ५० हजारसम्मको बचतकर्ता ९० जना र जेष्ठ, अपांग ४० जनाको निक्षेप फिर्ता गर्ने योजना बनाएको छ । त्यसका लागि समितिले २ करोड ३४ लाख रकम ऋणी तथा सञ्चालकबाट उठाइसकेको छ ।

सोसाइटलको साँवाब्याज गरी १० करोड २२ लाख १३ हजार र लुनिभाको २० करोड २९ लाख ४१ हजार दायित्व छ । समितिका अनुसार सोसाइटलको साँवा मात्रै ९ करोड ७८ लाख ४२ हजार र लुनिभाको १३ करोड ७३ लाख २९ हजार तिर्नुपर्ने दायित्व छ । सरकारले २०७५ फागुनमा सोसाइटल र २०७६ साउनमा लुनिभालाई समस्याग्रस्त घोषणा गरेको थियो । 




Leave a comment