शिवशिखर सहकारीको मोवाइल बैंकिङ्ग सेवा शुरु 

शिवशिखर सहकारीको मोवाइल बैंकिङ्ग सेवा शुरु  :: Sahakari Akhabar

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने उद्धेश्यले शिखर मोवाईल एपमार्फत बैकिङ्ग सेवा सुरु गरेको हो ।

एपको प्रयोग गरी सदस्यहरुले आफ्नो मोबाईलबाट विद्युत, पानीको महशुल भुक्तानी गर्न सकिने जनाइएको छ । एपमार्फत मोबाईल रिचार्ज गर्न, हवाई टिकट काट्न, बीमा प्रिमियम भुक्तानी गर्न, टी भी तथा इन्टरनेटको बिल तिर्न जस्ता सेवा लिन सकिने संस्थाले जनाएको छ ।

त्यसै गरी यस संस्थाको खाताबाट आफूलाई आवश्यक पर्ने आफ्नो या ईच्छाईएको बैंक खातामा रकमान्तर गर्न, आफ्नो खाताबाट अन्य खातामा रकम स्थानान्तरण गर्न पनि सकिने छ ।

सस्थामा रहेको आफ्नो बचत, शेयर, कर्जाको जानकारी समेत लिन सकिने जनाएको छ । संस्थाको मुख्य कार्यालय भक्तपुरको कौशलटारका साथै काठमाडौं उपत्यकामा ८ वटा र उपत्यका बाहिर १३ वटा सदस्य सेवा केन्द्रहरु रहेका छन् ।




Leave a comment