मेगाड्रिम सहकारीको छैठौं सेवा केन्द्र चन्द्रगिरिमा 

मेगाड्रिम सहकारीको छैठौं सेवा केन्द्र चन्द्रगिरिमा  :: Sahakari Akhabar

काठमाडौ । मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं ५, थानकोटमा छैंठौं सेवा केन्द्र विस्तार गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले विविध कारणले सेवाकेन्द्र विस्तारमा ढिलाई हुन गएको बताए । उनले संस्थाले कृषि, आवास जस्ता केहि नयाँ परियोजना सञ्चालनका लागि अध्ययन गरिरहेको बताए ।

संस्थाले सदस्यहरुको सुविधालाई ध्यानमा राखी ‘फन पे’ मार्फत संस्थाबाट बैंक र बैंकबाट संस्थामा रकम ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको बताए । संस्थाले यस अघि नै एटिएम र मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको छ ।

संस्थाले नियमित बचत गर्ने सदस्यकालागि पेन्सन उपलब्ध गराउने पेन्सन बचत योजना सञ्चालनमा ल्याएको र बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

संस्थामा ११ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् । संस्थाको १४ करोड चुक्ता पुँजी १ अर्ब ७५ करोड कुल वासलात रहेको जनाइउको छ ।

सेवा केन्द्र विस्तार कार्यक्रममा प्रदेश सांसद रमा आले, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेती, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख मोहन खाँड, च।न।पा। ४ का वडाध्यक्ष कृष्णबहादुर खड्गीको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष उमाकान्त न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक विभिन्न उपसमिति, कर्मचारी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।




Leave a comment