सहकारीले चेकलेस कारोबार गर्न मिल्नेगरी काम गरिरहेका छौं

सहकारीले चेकलेस कारोबार गर्न मिल्नेगरी काम गरिरहेका छौं :: Sahakari Akhabar

हामी सहकारीलाई चेक प्रयोग गर्न नपर्ने अवस्थामा काम गरिरहेका छौं । एउटा सामान्य सहकारीले चेकमा वर्षको पाँच लाख खर्च गर्दो रहेछ । प्रविधि प्रयोग गरीकन ५ लाखको ठाँउमा ५० हजार मात्रै खर्च गरे पुग्ने भयोभने त सहकारीलाई फाइदै हुन्छ नि । 

 

सहकारी क्षेत्रमा प्रविधिको प्रयोग कसरी भइरहेको छ ?

अहिले सहकारी र लघुवित्तको क्षेत्रमा हामीले काम गरिरहेका छौं । आगामी दिनमा वाणिज्य बैंकहरुमा पनि काम गर्ने तयारी गरिरहेका छौं ।

कोभिड १९(कोरोना) अघि र पछि पनि प्रविधिको प्रयोग गरिरहेका छन् । गाउँ, दुरदराजका सहकारीले पनि प्रविधि प्रयोग गरेका छन् । सहकारीले गर्ने वित्तीय कारोबारलाई सजिलो बनाउन प्रविधि प्रयोग गर्ने हो ।

हाम्रो सेवा सुरक्षित र सुलभ बनाउँदै डिजिटल फाइनान्सतिर अघि बढेका छौैं । सहकारी र माइक्रोफाइनान्सका सदस्यहरुलाई बैंकिङ सेवा दिन एमडबली एक प्लेटफर्म हो ।

सदस्यलाई वित्तीय क्षेत्रमा सक्रिय गराएपछि मात्रै प्रविधिको उपयोग हुन्छ । व्यक्तिको विकासका साथै राष्ट्रको विकासमा प्रविधिको विकासले टेवा पुर्याएको छ । डिजिटल फाइनान्स धेरैले बुझिसकेका छन् । अहिले घरमै बसीबसी एउटा खाताबाट अर्को खातामा पैशा पठाउन सकिन्छ ।

सहकारी सदस्यमा केन्द्रीत हुन्छन् । सहकारीले सदस्यलाई वित्तियलगायतका सेवा दिइ प्रविधि मैत्रि बनाउनु दायीत्व हो । हाम्रो मोबाइल बैंकिङले डिजिटल फाइनान्स, युटिलिटी पेमेन्टसँगै सदस्य र सहकारीसँग दोहोरो संवाद गरी गुणात्मक सेवा दिन सक्छ ।

प्रविधिमार्फत सहकारीले सदस्यलाई उद्यम गर्न सिकाउने लगायतका आवश्यक सन्देशमूलक, जानकारीमूलक भिडियो सामाग्री यस एम डबलीमार्फत राख्न सकिन्छ । त्यसैगरी सदस्यले पनि त्यसबाट लाभ लिन सक्छन् ।

केवाईएम ( नो योर मेम्बर ) लाई सजिलो बनाउने किसिमको व्यवस्था हामीले सुरु गरेका छौं । हामीले मल्टीपल चिज बनाउनुभन्दा एउटै चिजबाट मल्टिपल सुविधा दिन खोजिरहेका छौं । यो पनि एमडबलीबाटै सहकारीले सेवा पाउँछन् । 

सहकारीकालागि एम डबली पूर्ण डिजिटल सोलुसन हो त ? 

सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिको पूर्ण सोलुसन हो । सहकारीले आफ्ना सदस्यलाई विभिन्न सूचना एकैपटक प्रवाह गर्न, एकैपटकमा सवैलाई इमेल गर्न, फोन गर्न असंभव हुने काम यसमार्फत सजिलै गर्न सकिने छ ।

एसएमएस गर्दा लाखौं खर्च हनसक्छ भने मोबाइल बैंकिङ प्रयोग गर्दा कम खर्चमै काम हन्छ । यो एपबाट म्यासेज दिदाँ फ्रि अफ कस्टमा हुन्छ । एसएमसमा भइरहेको खर्च कटाएर सहकारीले एप्समार्फत गुणस्तरीय सेवा दिन सक्छ ।

सहकारीले सदस्यलाई कसरी उद्यमी बन्ने, व्यवसायिक सफलता कसरी हासिल गर्ने, ऋणको सदुपयोग कसरी गर्ने लगायतका जानकारी मूलक भिडियो तथा सन्देश सामाग्रीहरु राखेर धेरै सदस्यलाई लाभहुने काम गर्नसक्छ । मोबाइल बैंकिङलाई मुखपत्रको रुपमा प्रयोग गर्न सकिन्छ । फाइनान्यिसलमात्र नभई ननफाइनान्सियल क्षेत्रमा पनि यो एप प्रयोग गर्न सकिन्छ ।

यहाँहरुको प्रविधि प्रयोग गर्ने संस्था कति पुगे ?

अहिले १ सय ५० संस्थाले यो एपको प्रयोग गरिरहेका छन् । ती संस्थामा आबद्ध २ लाख व्यक्ति प्रविधिको प्रयोगसंग जोडिएका छन् ।

सहकारीमा प्रविधि प्रयोगको अवस्था कस्तो पाउनुभएको छ ?

सदस्यले बुझ्दैनन्, जान्दैनन्, मोबाइल छैन भन्ने कुरा सदस्यको हुन्छ भनेर केही केही सहकारीले भनेका हुन्छन् । तर मलाई के लाग्छ भने, हरेक अभावलाई आवश्यकतामा बदल्नुपर्छ ।

मोबाइल छैन भने सहकारीले सदस्यलाई मोबाइल लोन दिनुपर्छ । प्रविधिमा ज्ञान कम छ भने सहकारीले प्रविधि प्रयोग सिकाउनुपर्छ, तव त त्यो सहकारी हुन्छ ।

हामीले भनिसकेका छौं मोबाइल बैंकिङमा वित्तिय कारोबार मात्र हैन अन्य सेवा दिन मिल्ने हामीले ब्यवस्था गरेका छौं । अन्य सेवा पायो भने सदस्यलाई आत्मविश्वास बढ्छ । मोबाइलमा एप कसरी चलाउने भन्ने एमडबलीले सिकाउँछ । यो बाहेक अन्य सुविधापनि सहकारीले माग गरे राख्न सकिन्छ ।

एटीएम प्रयोग गर्ने सहकारी पनि बढ्दै गएका छन्, यहाँहरुले एटीएम सेवा दिनु भएको छ नी ?

आज भन्दा चार वर्ष अघि बिकु बचत तथा ऋण सहकारी संस्थाबाट हामीलेनै सहकारीमा एटीएम सेवाको सुरुवात गरेका हौं । अहिले नेपालमा ८० वटा सहकारीले एटीएम प्रयोग गरिरहेका छन् । त्यसमध्ये ३५ भन्दा बढी हाम्रै नेटवर्कबाट एटीएम प्रयोग गरेका छन् ।

सफ्टवेयर कम्पनीले दिएको सेवालाई सकारात्मक लिनुपर्छ । कसरी सहयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । प्रतिष्पर्धाका आधारमा काम हुन्छ । यसले सफ्टवेयर इन्डस्ट्रीजमा पनि टेवा पुग्छ । नेपालमा इनोभेसन गरी बिजनेस गर्ने आधार बनिसकेको छैन । सफ्टवेयरको प्रयोग जति राम्रोसँग भयो, उति प्रभावकारी र प्रतिष्पर्धा जन्मिन सक्छ । 

सहकारी क्षेत्रमा एटीएम आवश्यक छ कि छैन् भन्ने बहस पनि हुने गरेको छ, यस क्षेत्रका लागि एटीएम कत्तिको प्रभावकारी भएको पाउनुभयो ? 

एटीएम सर्भिस सुरु गर्न आफैले मेसिन ल्याउनुपर्छ भन्ने छैन । आफ्नै एटीएम भएपछि आफ्नै तरिकाले मार्केटिङ गरी बजार व्यवस्थापन गर्न सक्छौं । सुरुमा अरुको एटीएम प्रयोग गरिन्छ । दोस्रो चरणमा आफ्नो एटीएम राख्ने गरिन्छ ।

बिकुले सुरु गर्दा आफ्नो एटीएम थिएन । तीनचार महिनापछि एटीएम मेसिन ल्यायो । अहिले ६ वटा एटीएम आफ्नै छ । कोभिडको समयमा चाँही सहकारीले राम्रोसँग प्रविधिको प्रयोग गरेका छन् ।

नेपालको सन्दर्भमा सहकारीले एटीएमलाई प्रभावकारी ढंगले प्रयोग गरेको पाइन्न । एटीएम नलिएको मान्छेलाई पनि एटीएम सुविधा दिन सकिन्छ । तर सहकारीले अझैपनि साधारण विषयलाई व्यवसायिकरण गर्नसकेको छैन ।

सहकारीले प्रविधि प्रयोग कत्तिको रुचाएको पाउनुभयो त ?

अहिले कोर बैंकिङ चाहिन्छ भन्नेमा बिवाद रहेन । पहिला कोर बैंकिङ नै प्रयोग गर्नुपर्छ भन्दा किन भन्ने प्रश्न आउँथ्यो । अब कोर बैंकिङ प्रयोग गर्नुपर्छ भन्नु परेन ।

अब डिजिटल फाइनान्सिङ किन गर्ने भन्ने विषयमा सहकारीहरुले समस्या देखाउनुहुन्छ । त्यो वास्तविक समस्या हुन सक्छ, नहुन पनि सक्छ । सहकारीका सञ्चालक तथा कर्मचारीले कम बुझ्नुका साथै आफ्ना सदस्यलाई पनि बुझाउन सक्नुभएको छैन । सदस्यलाई म्यासेज डेलिभरी गर्ने भिडियो सशक्त माध्यम हो । हामीले त्यो सेवापनि राख्ने गरेका छौं ।

सहकारी क्षेत्रले विस्तारै बुझ्दै प्रविधि प्रयोगमा अग्रसर हुन थाल्नुभएको छ । सुरुमा के हो, के हो भन्ने भइरहेपनि पछि प्रयोग गर्न उत्साहित भएको पाएका छौं ।

सर्भिस विस्तृत हुनुपर्छ । त्यसो हुँदा प्रयोग प्रभावकारी हुन्छ । बढी भन्दा बढीलाई सेवा दिन सकिन्छ । एसएमएस खर्च कटाएर मोबाइल एप्लिकेसनबाट सेवा दिन सकिन्छ । हामीले हालैमात्र ई टेलर र ईपेमेन्ट सेवा दिन सुरु गरेका छौं । इटेलर र इमेपेन्टले चेकमार्फत डिपोजिट र पेमेन्ट कार्य घट्छ ।

हामी सहकारीलाई चेक प्रयोग गर्न नपर्ने अवस्थामा काम गरिरहेका छौं । एउटा सामान्य सहकारीले चेकमा वर्षको पाँच लाख खर्च गर्दो रहेछ । प्रविधि प्रयोग गरीकन ५ लाखको ठाँउमा ५० हजार मात्रै खर्च गरे पुग्ने भयोभने त सहकारीलाई फाइदै हुन्छ नि ।

सहकारीलाई मात्र होइन, हामी सबैलाई राम्रो र सस्तोमा चाहिन्छ । राम्रो, सस्तो भन्ने जहाँ पनि बिवादास्पद छ । प्रतिष्पर्धा जहाँ पनि हुन्छ । एउटा अधार भन्दा तल झरेर सेवा दिन सकिदैँन । काम गर्दा गर्दै केही समस्या आउन सक्छ, त्यो स्वभाविक नै हो । 

चेकलाई कसरी विस्थापित गर्दै हुनुहुन्छ त ?

चेकलाई विस्थापित गर्ने भनेको प्रविधि ल्याउने, उहाँहरुलाई सिकाउने र प्रयोग गर्ने बानी बसाल्ने हो । हामीले प्रविधिको विकास गरीसक्यौं । इटेलरबाट सहकारीमा गएर क्युआर कोड स्क्यान गरी त्यो कोडबाट पैसा आउँछ ।

ट्रान्जेक्सन गर्ने कोड आउँछ । काउन्टरमा गएर चेकबिना नै सदस्यले पैसा जम्मा गर्न र झिक्न सक्छन् । सहकारीका माध्यमबाट इपेमेन्ट गर्न सकिन्छ । सहकारीमा खाता छ भने सजिलै इपेमेन्ट गर्न सकिन्छ ।

खाता नहुँदा पनि मोबाइलबाट पेमेन्ट रिक्वेस्ट गर्न सकिन्छ । पेमेन्ट रिक्वेस्ट गरी कोड पठाउन मिल्छ । उक्त कोड नम्बर लिएर सहकारीबाट रकम पठाउन मिल्छ । मोबाइल बैंकिङ सेवा लिएको सहकारीबाट यो सम्भव हुन्छ ।

सहकारीले साह्रै कम मात्रै प्रविधि प्रयोग गरेको पाइन्छ, तपाईहरु यहाँ सफल भएपछि मात्रै बैंकिङतिर जान खोज्दै हुनुहुन्छ, सहकारी क्षेत्र नै किन रोज्नुभयो, यसबाट सफल हुन कत्तिको सम्भव देखिरहनुभएको छ ?

नेपालको परिप्रेक्षमा प्रविधि अघिअघि, रेगुलेसन पछि पछि छ । हुन त संसारका प्रायःदेशमा त्यस्तै छ । हामीकहाँ त्यस्तो बढी देखिन्छ । त्यसले समस्या परेको छैन । हामीले प्रविधि ल्याएर आएका छौं । प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको प्रयोग गरेर सहकारीहरु पनि लाभान्वित भएका छन्, त्यस्तो केही इसु आएजस्तो लाग्दैन मलाई ।

जेहोस्, तपाईहरु यो क्षेत्रमा सफल भएर मात्रै बैंकिङ क्षेत्रमा जाने सोचमा हुनुहुन्छ, हैन ?

हो । हामीहरुले रकेट उडारहेका छैनौं । हामीले सामान्य काम गरिरहेका छौं । सामान्य कुराबाट प्रयाप्त सुविधा पुग्नेगरी काम गरिहेका छौं । हाइड्रोपावर गर्न धेरै इफोट लाग्ला । यो भनेको त्यस्तो प्रकारको चिज होइन । सानो चिजलाई व्यवसायका रुपमा प्रस्तुत गरीकन सेवासुविधा दिने हो ।

सहकारी विभागले धेरै वर्षदेखि कोपोमिस ल्याएको छ, प्रभावकारी काम भएको पाइदैँन, तपाईहरु पनि त्यसमा सहभागी हुनुभएको थियो, त्यसमा खास समस्या के देख्नुहुन्छ, डेपलभरले राम्रो बनाउन नजानेको हो कि, के कारणले प्रभावकारी हुन नसकेको होला ?

कोपोमिसको कुरा गर्दा गत वर्ष हामीले कन्ट्रयाक पायौं । पहिला कसैले सफ्टवेयर बनाइसकेको रहेछ । पछि सुधारको लागि कन्ट्रयाक पाएर हेर्दा उहाँहरुको जुन सफ्टवेयर थियो ।

एकदमै निम्नस्तरको देख्यौं, हामीले टिओआरमा भए अनुसार काम गरेका थियौं । अर्को वर्ष अर्को कन्ट्रयाक भयो, । अहिले अर्कै कम्पनीले काम गरिरहेको छ ।

त्यहाँ सहकारी र सहकारी विभागबीच समन्वय भएको मैले देखिन । सहकारीहरु कोपोमिसमा किन आउने भन्ने कुरा क्लियर भएको छैनन् । सहकारीहरुले पनि आफ्ना सूचना दिएका छैनन् । त्यो देखिएकै कुरा हो । १० हजार सदस्य छन् भने ३ हजार मात्रै सदस्य रेकर्ड भएको छ । कोपोमिसमा विस्तृतमा सूचना आउन सकेको छैन ।

यस्तो कामका लागि एक वर्षको भन्दा बहुवर्षे टेण्डर आह्वान गर्दा प्रभावकारी हुन्थ्यो कि, अहिले पनि अझै टेण्डर आह्वान भएको छैन, तैपनि यसै वर्ष २ वटा प्रदेशका सबै सहकारीको तथ्यांक प्रविष्ट गर्ने विभागले दावी गर्दै आएको छ, के यसरी हरेक वर्ष टेण्डर आह्वान गर्दा प्रभावकारी हुन सक्ला र ?

एउटै काममा एक वर्ष एउटाले, अर्को वर्ष अर्कोले काम गर्दा प्रभावकारी हुँदैन । त्यस्तो किसिमको मोडेलमा जानु हुँदैन । समष्टिगत हिसाबले डिजाइन भई काम गर्न सक्दा मात्रै प्रभावकारी हुन्छ । एक वर्ष एउटा, अर्को वर्ष अर्कैैले काम गर्ने पारिपाटी अन्त्य गर्नुपर्छ । त्यसरी काम हुँदैन, सरकारको खर्च मात्र हुन्छ ।

वास्तवमा सफ्टवेयर डेभलपमेण्ट कम्पनीसंग सहकारीले मिलेर काम गर्नु पर्छ भन्ने लाग्छ । उहाँहरुले रेगुलेसन गर्नतर्फ ध्यान दिनुभएको छैन् । त्यसो हो भने त राष्ट्र बैंकले सफ्टवेयर बनाएर बेचे भयो नि, उहाँहरुभन्दा त राष्ट्र बैंक सक्षम छ । राष्ट्र बैंकले डु योर सेल्फ भन्छ । उसले आफै बिजनेस गर्दैन ।

सहकारीको संरचना ठूलो छ, केन्द्रीय संघले पनि सफ्टवेयर बेचीरहेका छन्, कतिपय सहकारीले जे जस्तो भएपनि केन्द्रीय संघकै सफ्टवेयर प्रयोग गरिरहेका हुन्छन्, त्यसरी प्रयोग गर्दा कसरी प्रभावकारी हुन्छ ?

सहकारीका एपेक्स बढीहरुलाई के भान परेको छ भने सफ्टवेयर डेपलभर कम्पनीहरुले बहुत राम्रो पैसा कमाइरहेका छन् । उहाँहरुले सहकारीलाई दोहन गरिरहेका छन् भन्ने गलत बुझ्नुभएको छ ।

आज सहकारीले जति प्रविधि प्रयोग गरिरहेका छन्, केन्द्रीय संघका सफट्वयेरले नभई हामीजस्ता डेभलपर कम्पनीको मेहनत हो । हामीले सहकारीलाई दोहन गरेका छौं की बैंकमा घर बन्धक राखेर काम गरिरहेका छौं, हामीलाई थाहा छ ।

उहाँहरुको काम रेगुलेसन गर्ने हो । नीति नियम बनाउने हो । बरु सफट्वेयर कम्पनीहरुसंग सहकार्य गरेर सहकारीमा एकरुपताको सेवा प्रवाह गर्न सहकार्य गर्नुपर्ने हो । उहाँको काम सफ्टवेयर बनाउने र बेच्ने होइन । नेफ्स्कूनले के गरेको छ, देखिएकै छ नि । विभिन्न निकायले गर्न खोजेका थिए । सबै मोडल फेल छन् ।

उहाँहरुसँग नजिक भएका सहकारी उहाँहरुको सफ्टवेयर छोडेर हाम्रोमा आएका छन् । सुरुमा उहाँहरुको सफ्टवेयर प्रयोग गरेपनि रिप्लेस गर्ने अवस्था आइरहेको छ । बजारमा भइरहेको कुरा मैले जस्ताको त्यस्तै राखेको मात्र हो ।

छाता संगठन भनेको सहकारीलाई ओत दिने र हामीहरु जस्ता कम्पनीहरुसंग सहकार्य गरेर सहकारीमा एकरुपता ल्याउन सपोर्ट गर्ने हो । वास्तवमा सफ्टवेयर डेपलपमेन्ट कम्पनीसंग सहकारीले मिलेर काम गर्नु पर्छ भन्ने लाग्छ । उहाँहरुले रेगुलेसन गर्नतर्फ ध्यान दिनुभएको छैन् ।

त्यसो हो भने त राष्ट्र बैंकले सफ्टवेयर बनाएर बेचे भयो नि, उहाँहरुभन्दा त राष्ट्र बैंक सक्षम छ । राष्ट्र बैंकले डु योर सेल्फ भन्छ । उसले आफै बिजनेस गर्दैन । नेपालका सहकारीका एपेक्स बडीहरुले पनि त्यही गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

सहकारीले सफ्टवेयर कसरी छान्नुपर्छ, गुणस्तरीय सफ्टवेयर हो भन्ने कसरी थाहा पाउने ?

हिजोको सन्र्दभमा सहकारी साना थिए, परिवारले चलाउँथे । विश्वास पनि हुन्थ्यो । अहिलेको परिस्थिति अलग छ । त्यो सन्दर्भमा जे थियो, त्यही ठिक थियो । सस्तो, जस्तो भएपनि हुन्छ भन्ने थियो ।

आजको सन्र्दभ परिवर्तन भएको छ । सहकारी ठूलो भएको छ, बाहिरका मान्छेको प्रवेश भएको छ । कारोबार बढ्दै गएको छ । रेगुलेसन बढ्दै गएको छ ।

यो सन्दर्भमा आइसकेपछि सहकारीहरुले पैशामा कन्जुस्याई गर्न हुन्न । उहाँहरुले विभिन्न आधार तय गर्नुपर्छ । सफ्टवेयर लिनका लागि नातेदार खोज्ने भन्दा पनि कम्पनी हेर्नुपर्छ । कम्पनी कस्तो हो भन्ने प्रष्ट हुनुपर्छ ।

कम्पनी आइएसओ सर्टिफाइट हुनुपर्यो। त्यसपछि प्रोडक्ट सर्टिफाइट हो कि होइन, हरेक वर्ष अडिट हुन्छ कि हुदैँन, विश्लेषण गर्नुपर्छ । त्यति भएपछि यो सफ्टवेयरले मेरो रिक्वायरमेन्ट पूरा गर्छ भन्ने निष्कर्षमा पुग्न सक्नुहुन्छ । आफूलाई चाहिने कुरा खोज्दै सूची बनाउन सक्नुहुन्छ ।

जो प्रतिष्पर्धी हुन्छ, उसैलाई जिम्मा दियो भने सहकारीलाई पनि राम्रो हुन्छ, सफ्टवेयर कम्पनीलाई पनि राम्रो हुन्छ । सफ्टवेयर इन्डस्ट्रीजलाई पनि राम्रो हुन्छ ।

सहकारीका एपेक्स बढीहरुलाई के भान परेको छ भने सफ्टवेयर डेपलभर कम्पनीहरुले बहुत राम्रो पैसा कमाइरहेका छन् । उहाँहरुले सहकारीलाई दोहन गरिरहेका छन् भन्ने गलत बुझ्नुभएको छ । आज सहकारीले जति प्रविधि प्रयोग गरिरहेका छन्, केन्द्रीय संघका सफट्वयेरले नभई हामीजस्ता डेभलपर कम्पनीको मेहनत हो । हामीले सहकारीलाई दोहन गरेका छौं की बैंकमा घर बन्धक राखेर काम गरिरहेका छौं, हामीलाई थाहा छ ।

सफ्टवेयर कम्पनीबीच कत्तिको अस्वस्थ प्रतिष्पर्धा हुने गरेको पाउनुभएको छ त ?

सबैले आ आफ्नो किसिमले काम गरिरहेका छन् । नेपालका ठूला सहकारी हामीसँग आबद्ध हुनु हामीले दिएको गुणस्तरीय सेवाका कारणले नै हो । आइएसओ सर्टिफाइट कम्पनी हो । हाम्रो प्रोडक्ट सर्टिफाइट छ । म अरुसँग तुलना गर्दीन । म आफैसँग तुलना गर्दै प्रतिष्पर्धा गर्छु । अरुसँग तुलना गर्दा तिता कुरा आउँछन् ।

सहकारी क्षेत्रका लागि अझै नयाँ प्रोडक्ट के छ ? सहकारीलाई के कुरा चाँही नयाँ दिने योजनामा हुनुहुन्छ ?

सहकारीको बैंकिङ सिष्टम सुरक्षित हुनुपर्यो अबको जमाना । जति पनि फिचर छन्, टेष्टेट हुनु पर्यो । हाइलेभलको अटोमेसन हुनु पर्यो । सहकारीको सिष्टममा डेटा इनपुट हुँदा पियोर एण्ड फाइन हुन पर्यो । विभिन्न किसिमको विश्लेषण गरिन्छ ।

आर्टिफिसेन्ज इन्टिलिजेन्समा ईआई हुनु पर्यो । सुरक्षा, विश्वसनीयतामा ध्यान दिएर अघि बढ्नुपर्छ । मुख्य कुरो, आज जे कुरा छ, परिस्थिति अनुसार परिस्कृत गर्दै लैजानुपर्छ । सफ्टवेयर सधै अपडेट हुनुपर्छ । समयसापेक्ष भएर अघि बढ्नुपर्छ । सुरक्षामा सधैँ ध्यान दिनुपर्ने हुन्छ । सुरक्षा, प्रविधि, बिजनेस प्लान जोडेर जानुपर्छ ।

सहकारीले प्रविधिको प्रयोग गर्दै गर्दा कत्तिको सुरक्षित छन्, सुरक्षामा यहाँको रणनीति के छ ? 

सुरक्षाको कुरा गर्दा अधिकारप्राप्त व्यक्तिले मात्रै सिष्टम चलाउनुपर्छ । जसले सुरक्षा थ्रेट नहुन सक्छ । मेकर एण्ड चेकरको सुविधा भएमात्र भरपर्दो सेवा दिन सकिन्छ । एकजनाले निर्माण गर्ने, अर्कोले एप्प्रुप गर्ने हुनुपर्छ । दुईजना मात्र सहभागिता भएको खण्डमा त्यो कुरा सुरक्षित हुन्छ । उहाँहरुले सबै कुरा राख्न सक्नुहुन्न भने हाम्रो क्लाउड सर्भिस सिष्टममा आबद्ध छ । सुपथ मूल्यमा उहाँहरुले प्रयोग गर्न सक्नुहुन्छ ।

त्यहाँ सहकारी र सहकारी विभागबीच समन्वय भएको मैले देखिन । सहकारीहरु कोपोमिसमा किन आउने भन्ने कुरा क्लियर भएको छैनन् । सहकारीहरुले पनि आफ्ना सूचना दिएका छैनन् । त्यो देखिएकै कुरा हो । १० हजार सदस्य छन् भने ३ हजार मात्रै सदस्य रेकर्ड भएको छ । कोपोमिसमा विस्तृतमा सूचना आउन सकेको छैन । 

बजारमा सस्तो की क्वालिटी  सफ्टवेयरको माग छ ?

सहकारीलाई मात्र होइन, हामी सबैलाई राम्रो र सस्तोमा चाहिन्छ । राम्रो, सस्तो भन्ने जहाँ पनि बिवादास्पद छ । प्रतिष्पर्धा जहाँ पनि हुन्छ । एउटा अधार भन्दा तल झरेर सेवा दिन सकिदैँन । काम गर्दा गर्दै केही समस्या आउन सक्छ, त्यो स्वभाविक नै हो ।

सहकारीले प्रविधि प्रयोगमा कानुनी जटिलता भोगिरहेका छन् भन्ने सुनिन्छ, खासमा के कुराले आफ्ठयारो पारेको छ ?

त्यस्तो छैन । नियामकहरुले यस्तो कुरा भनिदिनुहुन्छ कि, सबैजना अलमलमा पर्छन् । पछि बिस्तारै यस्तै रहेछ भन्नेमा पुग्छन् ।

पछिल्लो समयमा डिजिटल केवाईएम प्रविष्ठ गर्ने देखिन थालेको छ, तपाईहरुले पनि त्यो सेवा दिइरहनुभएको छ ?

अहिले हामीले वेभसाइटको माध्यमबाट केवाइएम भर्नसक्ने बनाएका छौं । सहकारीले प्रमाणित गर्नुहुन्छ । त्यो सेन्टर डाटाबेसमा जान्छ । सहकारीले आफ्ना सबै सदस्यलाई सेवा दिन सक्नुहुन्न । हामीले एम डबली मोबाइल एप्लिेकेसनमार्फत अपडेट गर्दै छौं ।

निश्चित समयभित्र त्यो डेटा प्रतिकुलर कस्टमरकहाँ देखिन्छ । सेभ गरेपछि सेन्ट्रल सर्भरमा आउँछ । सहकारीले ओके गरेपछि पूरानोलाई रिप्लेस गर्छ । त्यसरी केवाईएमलाई सजिलो बनाउने किसिमको व्यवस्था हामीले सुरु गरेका छौं ।

हामीले मल्टीपल चिज बनाउनुभन्दा एउटै चिजबाट मल्टिपल सुविधा दिन खोजिरहेका छौं । यो पनि एमडबलीबाटै सहकारीले सेवा पाउँछन् । 

अब डिजिटल फाइनान्सिङ किन गर्ने भन्ने विषयमा सहकारीहरुले समस्या देखाउनुहुन्छ । त्यो वास्तविक समस्या हुन सक्छ, नहुन पनि सक्छ । सहकारीका सञ्चालक तथा कर्मचारीले कम बुझ्नुका साथै आफ्ना सदस्यलाई पनि बुझाउन सक्नुभएको छैन । सदस्यलाई म्यासेज डेलिभरी गर्ने भिडियो सशक्त माध्यम हो । हामीले त्यो सेवापनि राख्ने गरेका छौं । सहकारी क्षेत्रले विस्तारै बुझ्दै प्रविधि प्रयोगमा अग्रसर हुन थाल्नुभएको छ । 

सहकारीलाई प्रविधिमा जान कस्ता कस्ता कनुनी अड्चन छन् ?

सबभन्दा पहिला सम्झाई र बुझाइमा समस्या छ । बुझाई नियामक, सहकारी र डेभलपरकै पनि हो । नियम कानुन कसरी कार्यान्वयन गर्यो भन्ने कुरा हो । बाँध्ने होइन, फ्यासिलेट गर्ने हो ।

चोर अघिअघि पुलिस पछि पछि जस्तै हो । प्रविधि प्रयोग भएपनि आवश्यक कानुन आउन सक्छ । भोलिका दिनमा नियमक अघि हुन सक्छ ।

सहकारीलाई सफ्टवेयर प्रयोगमा यहाँको सुझाव के छ ?

सफ्टवेयर कम्पनीले दिएको सेवालाई सकारात्मक लिनुपर्छ । कसरी सहयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । प्रतिष्पर्धाका आधारमा काम हुन्छ । यसले सफ्टवेयर इन्डस्ट्रीजमा पनि टेवा पुग्छ । नेपालमा इनोभेसन गरी बिजनेस गर्ने आधार बनिसकेको छैन । सफ्टवेयरको प्रयोग जति राम्रोसँग भयो, उति प्रभावकारी र प्रतिष्पर्धा जन्मिन सक्छ । 




Leave a comment