सहारा साकोसको ‘हेल्थकार्ड’ प्रभावकारी बन्दै

सहारा साकोसको ‘हेल्थकार्ड’ प्रभावकारी बन्दै :: Sahakari Akhabar

झापा । सहारा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको ‘हेल्थकार्ड’ प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत संस्थाले संस्चालन गरेको उक्त सेवाबाट प्रयोगकर्ताले विभिन्न अस्पतालमा उपचार सेवा पाउने छन् । सहकारीका सचिव तथा कार्यकारी प्रमुख महेन्द्र गिरीले उक्त स्वास्थ्य सेवा अन्र्तगत सहाराका सदस्यहरुले देशभरका १ सय भन्दा बढी अस्पतालमा उपचार सेवा पाउँछन् ।

संस्थाले कमाएको केहि प्रतिशत रकम सदस्यको स्वास्थ्योपचारमा खर्च गर्ने उद्देश्यका साथ यस्तो सेवा सञ्चालन गरिएको गिरीले बताए । यो कार्यक्रम प्रभावकारी बन्दै गएको उनको दावी छ । संस्थाले सदस्यलाई फोटो सहितको हेल्थ कार्ड उपलब्ध गराउँछ । उक्त कार्डको आधारमा धरौटी नराखी अस्पतालमा भर्ना हुन सकिन्छ । संस्थाले सदस्यहरुलाई ८० प्रतिशतसम्म स्वास्थ्योपचार खर्चमा सहयोग गर्छ । २० प्रतिशत रकम सदस्यले तिर्नुपर्छ । आउँदो तीन वर्षपछि सबै रकम संस्थाले नै बेहोर्ने तयारी भइरहेको उनले बताए ।

अस्पताल भर्नापछि लाग्ने अपरेशन चार्ज, औषधि, पानी, सामान्य बेड चार्ज उपलब्ध गराउँछ । त्यस्तै दुर्घटना र घातक रोग लागेकामा १० लाख रुपैयाँसम्म उपचार खर्च संस्थाले दिन्छ । सदस्यलाई क्यान्सरजस्ता जटिल रोग लागेमा उपचारका लागि भारतमा लैजानुपरेमा पनि उक्त सुविधा पाउने व्यवस्था गरिएको छ । लाभांशमा भन्दा पनि संस्थाले सदस्यहरुलाई सेवासुविधा दिन उत्साहित देखिएको छ ।

संस्थाले सफ्टवेयर र आइसीयू भएको अस्पताललाई मात्र आधिकारिकता दिएको छ । सदस्यले पेश गरेको बीलका आधारमा नभई संस्था अस्पतालमा नै गएर उपचारमा लागेको खर्च तिरिदिने व्यवस्था मिलाइएको सचिव गिरीले बताए । संस्थाले सञ्चालन गरेको संजीवनी कार्यक्रम अन्तर्गत १० वटा रोगहरु उच्च रक्तचाप, सुगर, थाइराइड, कोलेस्ट्रोल, यूरिक एसिड, मुटु, मृगौला, दम, छारे रोग र कोलाइटिसका विरामीहरुलाई औषधी खरिदमा ५० प्रतिशत आर्थिक सहयोग गर्छ ।

उक्त सुविधा पाउनका लागि सदस्यले रक्षा बचत खाता खोली ५० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ ।  अपरेशन पश्चात् घर फर्किएका सदस्यहरुको डे«सिङ लगायत अन्य सेवा लिन अस्पतालमा जानु नपरोस् भनेर संस्थाले स्वास्थ्य यूनिट खडा गरेको छ । यूनिटका कर्मचारीले सदस्यको घरमा गएर नियमित ड्रेसिङ लगायतका प्राथमिक उपचार दिन्छन् । संस्थाले जेष्ठ सदस्य तथा वृद्ध आमाबुबालाई लक्षित गरी सिनियर सिटिजन हेल्थ केयर कार्यक्रम ल्याएको छ ।

यस अन्र्तगत बिरामी भइ घरमै बस्नुपरेमा मिनि अस्पताल सरहको सेवा दिन ह्विल चेयर, अस्पताल बेड, कुर्सी , अक्सिजन जस्ता सेवा न्यूनतम शुल्कमा संस्थाले उपलब्ध गराउँछ । संस्थाले कोरोना पोनेटिभ देखिएका सदस्यहरुलाई होम आइसोलेसनमा बस्दा दैनिक ५०० का दरले १४ दिनसम्म र अस्पतालमा नै भर्ना भई उपचार गर्नुपरेमा ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराएको थियो । संस्थाले निकट भविष्यमा डायलसिस सेन्टर समेत सञ्चालनमा ल्याउने योजना बनाएको गिरीले जानकारी दिए ।

कोरोना उपचारबापत सदस्यलाई उपचार खर्च बितरण
संस्थाले कोभिड संक्रमण भएका र उपचार गराएका आफ्ना सदस्यलाई उपचार खर्चवापत रकम बितरण गरेको छ । संस्थाले हालै कारोना उपचार गराएर फर्किएका सदस्यहरुलाई एक कार्यक्रम गरी ३२ लाख ७१ हजार १३६ रुपैयाँ प्रदान गरेको हो । संस्थाले कोभिड सहायता कार्यक्रम अन्तर्गत उक्त रकम वितरण गरेको हो । संस्थाले कोरोना संक्रमित भई आइसोलेसनमा बसेका ९८ जना र कोभिड भएर अस्पतालमा उपचार गराएका १८ जनालाई उक्त रकम वितरण गरेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

कोरोना संक्रमित भई आइसोलेसन १४ दिनसम्म बसेकालाई दिनको पाँच सय रुपैयाँको दरले ९८ जनालाई ६ लाख ८६ हजार रुपैयाँ र कोरोना उपचारवापत २५ लाख ८५ हजार १३६ रुपैयाँ प्रदान गरिएको कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिए । कोभिडका कारण सहाराका तीनजना शेयर सदस्य र एकजना कर्मचारीको निधन भएको जनाइएको छ । निधन हुने ३ जना शेयर सदस्य र १ जना कर्मचारीका परिवारलाई ९ लाख ८७ हजार ३ सय ७३ रुपैया  सहायाता रकम वितरण गरिएको छ ।




Leave a comment