सोसाइटल र लुनिभाका बचतकर्ताले बैंक खाताबाटै निक्षेप फिर्ता पाउने

सोसाइटल र लुनिभाका बचतकर्ताले बैंक खाताबाटै निक्षेप फिर्ता पाउने :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई आफ्नै बैंक खातामा निक्षेप पठादिने भएको छ । 
समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार निक्षेपका लागि आइतबार २० जनाले कागजात पेश गरेका छन् । बैंक खाता नम्बर, निवेदनसहित आफ्नो बचतको प्रमाण समितिमा पेश गरेका हुन् । 
समितिले एउटै चेकबाट सबैको पैसा फिर्ता गर्ने तयारी गरेको छ । 

समितिले पहिलो चरणमा ५० हजार भन्दा सम्मको बचतकर्ता ९० जना र जेष्ठ, अपांग ४० जनाको निक्षेप फिर्ता गर्ने योजना बनाएको छ । समितिले २ करोड ३४ लाख रकम केही समयअघि असुलेको थियो । आइतबार मात्रै चार जना ऋणीबाट थप १५ लाख रकम उठेको पौडेलले जानकारी दिए । सहकारीले तत्कालीन समयमा २४/२५ प्रतिशतमा ऋण लगानी गरेको भएपनि संस्थाले ती ऋणीबाट सरकारी बैंकसरह ब्याजमा ऋण उठाइरहेको छ । बन्द भएका कारण तिर्न नपाएको भन्दै ऋणीले आवाज उठाएपछि समितिले नयाँ तरिका अपनाएर ऋण असुल गर्न लागेको हो । 

समितिले सुरुका चरणमा ५० हजारसम्मका र जेष्ठ तथा अपांगको पैसा फिर्ता गर्ने योजना बनाएपनि ठूला बचतकर्ताले आफूहरुले पहिला पाउनुपर्ने भन्दै समूह बनाएर आइतबार समिति पुगेका थिए ।  समितिले त्यसरी २०/३० जनाको समूहमा आएका ठूला निक्षेपकर्तालाई सम्झाएर अर्को चरणमा दामासाहीका आधारमा पैसा फिर्ता दिने प्रतिवद्धतता जनाएको थियो ।




Leave a comment