ओम बहुमुखी सहकारीले किसानकार्ड ल्याउने

ओम बहुमुखी सहकारीले किसानकार्ड ल्याउने :: Sahakari Akhabar

बीरगंज । ओम बहुमुखी सहकारी संस्था पर्साले सदस्यहरुकालागि किसान एप्स ल्याउने भएको छ । संस्थाले वार्षिक साधारणसभाको अवसरमा  किसान क्रेडिट कार्ड तथा किसान एप्सको उद्धघाटन गरेको संस्थाका अध्यक्ष ध्रुपलाल यादवले जानकारी दिए ।

बीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले शनिबार उक्त कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । उपमेयर कार्कीले पुरुषभन्दा बढी महिलाहरूमा बचत गर्ने स्वभाव हुनेभएकाले संस्थाले महिला सेयर संख्या बढाउनका लागि आग्रह गरिन ।

कृषि विकास बैंक क्षेत्रीय कार्यालय बीरगंजका शाखा प्रबन्धक कोमल सिटौलाले नेपाल सरकारले कृषकहरूको कृषि व्यवसायको विकासमा अंहम भूमिका खेल्न सकोस भन्ने उद्देश्यकाले कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्ड तथा किसान एप ल्याउन लागेको बताए ।

उनले कृषि विकास बैकंले बहुउद्देश्य सहकारी संस्थालाई ऋण उपलब्ध गराउने ब्यवस्थासमेत गर्नलागेको बताए । सहकारीबाट साना कृषकहरूका लागि सहजरुपमा ऋण प्रवाह गर्न सकोस भन्ने उद्देश्यकासाथ नेपाल सरकारले नीति अगाडि बढाएको जानकारी गराए ।




Leave a comment