सीतापाईला सहकारीको स्थापना दिवसमा क्यूआर कोर्ड सेवा शुभारम्भ

सीतापाईला सहकारीको स्थापना दिवसमा क्यूआर कोर्ड सेवा शुभारम्भ :: Sahakari Akhabar

काठमाण्डौं । सीतापाईलामा मुख्य कार्यालय रहेको सीतापाइला बहुउद्देश्यिय सहकारी संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्रि बनाउनुका साथै नगद रहित कारोवारलाई प्राथमिकता दिन संस्थाले क्यूआर कोर्ड सेवा सुरु गरेको संस्थाका अध्यक्ष केदार मानन्धरले बताए ।

उनले भने ‘सदस्यहरुले संचालन गरिरहेका तरकारी पसल, चियापसल, औषधि पसल, फलफूल पसल तथा सवै व्यापारिक स्थानमा क्यूआर कोर्ड मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ ।’ संस्थाले केही बर्ष देखि डिजिटल प्रविधि मार्फत मिनि स्टेटमेण्ट लिन, मोबाईलमा टपअफ गर्न, विजुलि, टेलिफोन, इन्टरनेट सेवाको विल तिर्न, हवाई सेवाको टिकट बुकिङ्ग गर्नेलगायत सेवाकालागि संस्थाको मोवाईल एप्स संचालन गरिसकेको छ ।

उक्त क्यूआर कोर्ड मार्फत देशभरीका सबै सपिङ्ग सेन्टर, अस्पताल, रेष्टुरेण्ट तथा होटलहरुमा सीतापाईला सहकारीको मोबाइल एप्स मार्फत भुक्तानी गर्न सकिने अध्यक्ष मानन्धरले बताए ।
 




Leave a comment