फेसबुके ‘सञ्चार’ मानसिकता

फेसबुके ‘सञ्चार’ मानसिकता :: Sahakari Akhabar

हुन त माथि यती कुरा तपाई हामीले बुझीसकेपछि उद्धेश्य के होला भन्नेमाथि समय किन खेरफाल्नु र हैन ? उही त हो म र मेरो...! सेल्फी अनि फेसबुके सञ्चारमार्फत संस्थागत सस्कारको विकास, निरन्तर विकास । संस्कार माथिबाटै सिक्ने हो, माथिकाले पहिला संस्कारिक हुनु जरुरी छ, संस्कारको विकास गराउनु पर्छ, कुसंस्कारको हैन । कि ! कसो त ।

-खिलानाथ दाहाल

केही दिन अघि सहकारी क्षेत्रको माउ निकायको उपल्लो तहमा रहेका एकजना कर्मचारीले फेसबुकमा संस्थाको ‘संस्थागत सस्कार’का नाममा ७ बुँदे प्रतिवद्धता पत्र पोष्ट्याएको थियो । त्यस्तै संस्थाका अर्का एक संचालकले समर्थन जनाउँदै त्यसैलाई उनको वालमा पोष्ट गरे ।

७ बुँदे प्रतिवद्धता पत्रको चौथो बुँदामा भनिएको छ ‘हामी प्रभावकारी सञ्चारमार्फत समन्वय र सहकार्य गर्दै उत्कृष्ट कार्य वातावरण सिर्जना गर्छौ ।’ ठ्याक्कै भन्नखोजिएको के हो भन्ने नभएपनि अड्कल लगाउँदा, ठूला सञ्चरमाध्याम मार्फत, हामीले गरेका गतिबिधिहरुको प्रचार प्रसार गर्छौ भनेको हुनु पर्दछ । ठूलो सञ्चार भनेको सायद फेसबुक हुनु पर्दछ । किनकी अहिलेसम्म ती संस्थाका गतिबिधि फेसबुकका भित्ता भन्दा माथिको सञ्चारमा प्रसारित हुने आँट गरेनन् ।

त्यसैले अहिलेसम्मका गतिबिधि त्यही प्रभावकारी ठानीएको सञ्चारमै मात्र सहकार्य भएको पाइएको छ । लामो इतिहाँस बोकेको ती संस्थाले एक्काइसौं सताब्दीमा आएर बल्ल प्रतिवद्धता पत्र मूल ढोकामा झुन्ड्याउने प्रयत्न गर्दै छ । प्रतिवद्धता मूल ढोकामा झुन्ड्याउदैमा र फेसबुके भित्तामा टाँसीदिँदा फुरुङ्ग पर्ने अवस्था त हैन, तर बिडम्वना यती मात्र नै हो । दङ्ग पर्न प्रतिवद्धताको पुरा पालना भएको त्यो दिन कुर्नै पर्ला । तर कहिले ? अझैपनि फेसबुके सोचाइलाई परिवर्तन गर्न सकेको छैन, फेसबुके दुनियाँबाट बाहिर आउनसकेको छैन् ।

प्रभावकारी सञ्चारका नाममा फेसबुकका भित्ताहरु रंङ्गयाउने काम नै प्रभावकारी सञ्चार भएको मान्यता त्याग्न सकेको छैन् । जव प्रवाह (सञ्चार) गर्ने विषवस्तु के हो, के कुराको सञ्चार गर्दा प्रभावकारी बन्छ भन्ने कुराको ज्ञान नभई प्रभावकारी सञ्चार कसरी बन्ला । फेसबुके मानसिकताबाट बाहिर नआएसम्म प्रभावकारी सञ्चार मार्फत समन्वय र सहकार्य हुन्छ र ? त्यसैगरी प्रतिवद्धता पत्रको सिरानमा ‘हामी आफ्नो जिम्मेवारीप्रति इमान्दारीता र जवाफदेही छौं’ लेखिएको छ ।

त्यसैगरी हामी समयको पूर्ण परिपालना गर्छौ भनी छैटौं नम्वरको बुँदामा भनिएको छ । त्यो पनि हो शंकै छैन्, सूचना होस वा संस्थाको आधिकारिक धारणा या कुनै कृयाकलापहरु फेसबुके सञ्चारमा पोष्ट गर्न समय पूर्ण पालना हुन्छ नै । र अन्त्यमा ‘सामुहिक उद्धेश्यप्राप्तीमा ऐक्यवद्ध छौं ।’ भनिएको छ । उद्धेश्य के प्राप्ती गर्ने भन्ने चाँही गोप्यनै छ है ।

अव कुरा आउँछ, माथिका पंक्ति ती संस्थाको कर्मचारीकालागि भनिएको हो की ! संचालककालागि या आगन्तुककालागि ? अब संचालककोलागि हो भने, बर्तमान परिप्रेक्ष्यमा अलि मेल खाएन की ! किन ? भन्ने प्रश्न तपाईको मनमा पनि उब्जिएको होला ! किन भन्नुहोला भने, संचालकहरु भनेको संस्थाको निति निर्माण गर्ने, कार्ययोजना बनाउने, संस्थाका साथै कर्मचारी हित र संरक्षणकाकालागि जिम्मेवार हुनुपर्ने हो । पार्टीगत भावण्डामा आएका संचालकले अव  कताको मात्र जिम्मेवारी पुरा गर्ने । दलको जिम्मेवारी पुरा गरुन की ! बिचरा संस्थाको जिम्मेवारी पुरा गरुन ।

संस्थाको हुँदो गर्दा पार्टी अहित हुन गएर कारवाही हुने डरका बीच केको इमान्दारीता । संस्थामा इमान्दारी भए पार्टीमा बेईमान भईएला, पार्टीमा ईमान्दारीता देखाए संस्थामा बेईमान ! किनकी सहकारीमा राजनिति बर्जित छ हैन र ? त्यसैले संचालकलाई म्याच भएन क्यारे हैन ? कर्मचारीलाई पो मेल खान्छ की ! खै कर्मचारीलाई पनि खासै मेल खान्छ जस्तो लागेन है ।

केही जिम्मेवारीप्रति ईमान्दारी होलान तर हाँसको बथानमा बकुल्लो हुनुभन्दा होमा, हो मिलाउन बेस सम्झन बेरै लाग्दैन नी ! फेरी, कोही तीनै पार्टीले चुनेर पठाएका संचालकका आफ्ना होलान, कोही पुराना भैखाएका होलान, कोहीमा नयाँ जोसजाँगर होला, फरक पार्टीका फरक नेता भएको संस्थामा सवैका आफ्ना–आफ्ना पक्षका कर्मचारी होलान । आफ्नाले भनेको मान्नै पर्यो, आफ्नालाई मनाउनै पर्यो ।

त्यसो हुँदा संस्थागत जिम्मेवारीमा पुरा इमान्दारीता रह्यो र ? अनि जवाफदेहिता त हुने कुरै भएन । त्यसो भए, आगन्तुकहरुनै जिम्मेवारी हुनुस्, इमान्दारी, जवाफदेही र होसियार पनि हुनुस् किनकी तपाई सहकारीको कार्यालय भनेर पार्टी कार्यालय त प्रवेश गर्दै हुनुहुन्न । प्रतिवद्र्धताको दोस्रो बुँदामा आदर, सम्मान र शिष्ट ब्यवहारको कुरा गरिएको छ । त्यो त गर्नै पर्यो ।

किनकी उनैको अनुकम्पाले त्यो ठाँउमा जो पुगिएको छ । ढोकैमा निगुरमुन्टी नमस्कार गर्नै पर्यो । निर्वाचनका नाममा उतैबाट मालाखादा र आर्शिवाद लिएपछि परेन त ज्यू हजुर गर्न । ज्यू हजुर गरेपछि शिष्टचार त्यसै भयोनी हैन र ? त्यसैगरी तेश्रो बुँदामा सिर्जनशिल र प्रविधिमैत्रि भई परिवर्तनलाई आत्मासात (आत्मसाथ, भन्न खोजिएको होला ) गर्छौ भनिएको छ । भाषणकलामा सिर्जनशिल हुनै पर्यो, देश बिदेश घुम्न जान, चाकरी र चाप्लुसी गर्ने कला सिक्नै पर्यो ।

फेसबुकमा स्टाटस र सेल्फी फोटो पोष्ट्याउन जानेपछि प्रबिधिमैत्री पक्कै भईयो । ब्यक्ती स्वार्थकालागि तरहका परिवर्तनको त पाठशालानै भैगो सहकारीका माउ निकाय । त्यसैगरी पाँचौ बुँदामा भनिएको छ ‘आफ्ना कृयाकलापलाई पारदर्शी र अनुकरणिय बनाउँछौं ।’ पारदर्शी त हुने भइहाल्यो नी, फेसबुके भित्ताहरु यहाँहरुकै कृयाकलापको पर्खाइमा छन् । त्यो भन्दा माथि त सोच्न सक्नु पर्यो नी ।

त्यसैगरी हामी समयको पूर्ण परिपालना गर्छौ भनी छैटौं नम्वरको बुँदामा भनिएको छ । त्यो पनि हो शंकै छैन्, सूचना होस वा संस्थाको आधिकारिक धारणा या कुनै कृयाकलापहरु फेसबुके सञ्चारमा पोष्ट गर्न समय पूर्ण पालना हुन्छ नै । र अन्त्यमा ‘सामुहिक उद्धेश्यप्राप्तीमा ऐक्यवद्ध छौं ।’ भनिएको छ । उद्धेश्य के प्राप्ती गर्ने भन्ने चाँही गोप्यनै छ है ।

हुन त माथि यती कुरा तपाई हामीले बुझीसकेपछि उद्धेश्य के होला भन्नेमाथि समय किन खेरफाल्नु र हैन ? उही त हो म र मेरो...! सेल्फी अनि फेसबुके सञ्चारमार्फत संस्थागत सस्कारको विकास, निरन्तर विकास । संस्कार माथिबाटै सिक्ने हो, माथिकाले पहिला संस्कारिक हुनु जरुरी छ, संस्कारको विकास गराउनु पर्छ, कुसंस्कारको हैन । कि ! कसो त ।




Leave a comment