सहकारीको सिफारिसमा बैंकले सहुलियत कर्जा दिने

सहकारीको सिफारिसमा बैंकले सहुलियत कर्जा दिने :: Sahakari Akhabar

काठमाडौं । चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्था र ग्लोबल आइएमई बैंकबीच सहुलियत कर्जा सम्वन्धि सम्झौता भएको छ । 
ग्लोबल आइएमई बैंक बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले सहुलियत कर्जा सम्वन्धि पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले साना किसानलाई आवश्यक तालिम व्यवस्था गर्नेछ । सम्झौतापछि बैंकले भण्डारालगायत चितवनका विभिन्न ठाउँमा बाख्रा, कुखुरा, बंगुरपालन, डेरी, तरकारी खेती, माछापालन तथा विभिन्न तथा फलफूल उत्पादक किसानलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ ।




Leave a comment