पूर्वनेपाल सहकारीको २१औं वार्षिकोत्सवमा बिबिध कार्यक्रम

पूर्वनेपाल सहकारीको २१औं वार्षिकोत्सवमा बिबिध कार्यक्रम :: Sahakari Akhabar

झापा । पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २१औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । संस्थाले पुरस्कार, सम्मान, रक्तदान र अन्तर सेवा केन्द्र कर्मचारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न गरेको हो ।

संस्थाले सहकारी अभियन्ताका रुपमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेललाई सम्मान प्रदान गरेको छ भने सहकारी सञ्चारकर्मी पुरस्कार साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेलाई प्रदान गरेको छ । वार्षिकोत्सवका अवसरमा संस्थामा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यहरु सम्मानित र पुरस्कृत भएका छन् । यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विरेन्द्र मावि चन्द्रगढीमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि स्वीटर प्रदान गरेको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर सेवाकेन्द्र कर्मचारी हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर सेवा केन्द्रका कर्मचारीहरु प्रथम, बिर्तामोड सेवा केन्द्र दोस्रो र सुरुङ्गा सेवा केन्द्र तेस्रो भएका छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, संस्थाका अध्यक्ष प्रेम सापकोटा लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको जनाइएको छ । संस्था स्थापना दिवसको अवसरमा भद्रपुर सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ ।
 




Leave a comment