एनएमसी डेरीमा दैनिक १५ हजार दूध संकलन

एनएमसी डेरीमा दैनिक १५ हजार दूध संकलन :: Sahakari Akhabar

काठमाडौं । नेपाल वहुउद्देश्यीय सहकारी संस्था झापाले संचालन गरेको एनएमसी डेरीमा दैनिक १५ हजार सम्म दूध संकलन हुने गरेको छ । डेरीले दैनिक १२ देखि १५ हजार दुध संकलन गरेर दुग्धजन्य वस्तुहरू पाकेटको दुध, दही, मही, पनिर, मिठाई लगायतका वस्तु उत्पादन गर्ने गरेको छ । संस्थाले ४ सय आउटलेट मार्फत विक्री वितरण गरेको र एनएमसी व्राण्डलाई स्थापित गर्दै विभिन्न परियोजना समेत संचालन गरेको छ ।

संस्थाले झापाको मेचीनगरस्थित आफ्नै १६ विगाहा जग्गामा एनएमसी एकीकृत नमुना कृषि फार्म संचालन गरेको छ । फार्ममा तरकारी नर्सरी, पशुपालन, माछापालन, तरकारी उत्पादन, कष्टम हायरिंग संचालन गरी सदस्य तथा समुदायलाई व्यवसायिक खेतीका लागि उत्प्रेरित गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् ।

कृषिमा घाटा छैन तर लागत घटाउन उपकरणको प्रयोग गर्नुपर्ने अध्यक्ष उप्रेतीको भनाई छ । ९५ हजार ५७६ जना सदस्य संख्या रहेको संस्थाले वितरणमा समेत योगदान पुर्याउन १५ वटा सुपथ मूल्य सहकारी पसल स्थापना गर्ने योजना अनुसार ९ वटा कोपसप स्थापना गरीसकेको छ । पौष मसान्तसम्म सदयहरूलाई ८ अर्व ५० करोड भन्दा वढी ऋण लगानी गरेको संस्थाले जनाएको छ । 




Leave a comment