Sahakari Akhabar

संघका नवनिर्वाचित पदाधिकारीलाई बैंकको सम्मान

संघका नवनिर्वाचित पदाधिकारीलाई बैंकको सम्मान :: Sahakari Akhabar

नुवाकोट । जिल्ला सहकारी संघ नुवाकोटको नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय सहकारी बैैक, नुवाकोट शाखाले सम्मान गरेको छ । पौष २९ गते संघको सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट निर्वाचित समितिलाई आईतबार सहकारी बैंकले सम्मान गरेको हो ।

बैंकका जिल्ला समन्वय समितिका संयोजक वैकुण्ठ मिश्रको सभापतित्वमा प्रमुख  अतिथि संघका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठ रहेका थिए । कार्यक्रममा संघका पदाधिकारीलाई बैंकका संयोजक वैकुण्ठ मिश्र तथा शाखा प्रमुख प्रदिप आर्यालले स्वागत तथा बधाई ज्ञापन गरेका हुन् ।

कार्यक्रमा प्रमुख अतिथि श्रेष्ठले सहकारी संघ संस्थाहरुको विकास र प्रवद्र्धनका लागि सहकारी बैंकले वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको बताए । संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीको विकासमा सहकार्य गर्दै अगाडि बढ्न संघ कटिवद्ध रहेको बताए । संयोजक मिश्रले सहकारी बैंक सम्पूर्ण सहकारी संघसंस्थाको बैंक भएकोले सबैसँग हातेमालो गर्दै जाने बताए । पौष २९ गते सम्पन्न संघको साधारणसभाले अध्यक्ष गोकर्णनाथ न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद अधिकारी, सचिवमा प्रकाशकुमार अधिकारी, सह सचिवमा ओमप्रकाश श्रेष्ठ र कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन भएका थिए ।

त्यस्तै सदस्यहरुमा कुलबहादुर खड्की, नविन्द्रमान प्रधान, अर्जुन न्यौपाने, प्रदिप अधिकारी, इन्दिरा मुडवरी, धनकुमारी रिजाल, सिता भट्टराई, पवित्रा घिमिरे, लक्ष्मण श्रेष्ठ, बाबुराम अधिकारी, भोजराज पनेरु, सविन राज भण्डारी, कृष्ण धिताल, होमबहादुर तामाङ, रामेश्वर खड्का र गोकर्ण रोक्का रहेका छन् । लेखा समितिको संयोजकमा नारायण श्रेष्ठ तथा सदस्यहरुमा नवराज पाण्डे र सरिता मुक्तान रहेका छन् ।



Leave a comment