मेगा ड्रिम बहुउद्देश्यीय सहकारी १० वर्ष पुरा

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी १० वर्ष पुरा :: Sahakari Akhabar

काठमाडौं । माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । संस्था २०६७ माघ ११ गते बचत तथा ऋण सहकारी संस्थाका रुपमा दर्ता भई सञ्चालनमा आएको हो । संस्थाले २०७२ सालबाट उद्देश्य परिवर्तन गरी बहुउद्देश्यीय कायम गराएको जनाएको छ ।

५ लाख पूँजीबाट सुरु भएको संस्थाको चुक्ता पूँजी १४ करोड पुगेको जनाइएको छ । संस्थाको कुल वासलात १ अर्ब ७० करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले जानकारी दिए । संस्थामा ११ हजार सदस्य आवद्ध भएका छन भने चावाहिल, जोरपाटी, न्युरोड, कालिमाटी सेवाकेन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाबाट १ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको प्रमुख कार्यकारी अधिकृत गेलालले बताए ।

संस्था ११ औं वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंको थानकोटमा सदस्य सेवा केन्द्र विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत गेलालले जानकारी दिए । संस्थाले बचत तथा ऋणको  साथै बहुउद्देश्यीय परियोजना संचालन गर्ने पनि बताए । उनले भने ‘हामी बहुउद्देश्यीय परियोजनाको खोजीमा छौं’, उपयुक्त परियोजनामा संस्थाबाट लगानी गर्ने छौं ।’ केही दिनभित्रै सेवा केन्द्रबाट सेवा सुरु गर्ने उनले बताए 
 




Leave a comment