सहकारी ‘मह’ जोडी जस्तै रहेछ : हरिबंश आचार्य

सहकारी ‘मह’ जोडी जस्तै रहेछ : हरिबंश आचार्य :: Sahakari Akhabar

काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले सहकारी मह जोडी जस्तै सफल रहेको बताएका छन् । उनले सहकारी सफल हुँदै गएकोले राज्यमा यसको महत्व बढेको बताए ।

बिहिबार सिटिजन्स लाईफ इन्सुरेन्स र नवलपरासीको बिकु बचत तथा ऋण सहकारीको बीच सहकार्य गर्ने कार्यक्रमा संस्थाको कार्यलय पुगेका मह जोडीले सहकारीबारे धारणा राखेका थिए ।

कार्यक्रममा कलाकार आचार्यले राज्यमा सहकारीको महत्व बढ्दै गएको बताए । उनले बिकुको प्रगतीको प्रशंसा गर्दै सहकारीले बैंकभन्दा राम्रो काम गरेकोमा आफू चकित भएको बताए । उनले भने “बिकुको प्रगती देखेर मलाई लोभ लाग्यो र बिकु रहरलाग्दो रहेछ ।” सिटिजन्स लाइफ इन्सुरेन्ससंग सहकार्य गर्न लागेकोमा खुसि ब्यक्त गर्दै बदनामी हुने काम नहुनेमा आशा रहेको बताए ।

उनले अवजस नआउनेगरी संस्था छानेर काम गरेको बताए । उनले भने “सरकारी कुहियको तरकारी जस्तै भएका छन् भने सहकारी मह जोडी जस्तै हुँदै गएका छन् । सहकारीमा धेरै सम्भावना रहेको र संगतगर्न लायक संस्था रहेछ” उनले भने ।

कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सहकारी र इन्सुरेन्सबीचको सहकार्य राम्रो हुन्छ भनेर संस्था छानेर मात्र काम गरेको बताए । उनले भने “सहकारी राम्रै होला भनेको, सोचे भन्दा राम्रो रहेको पाँए ।” सहकारीमा पनि छानेर काम गर्ने गरेको र बिकु जस्तो राम्रो संस्था नदेखेको उनले बताए ।

कार्यक्रममा सिटिजन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहकारीमा चुनौती भएपनि बिकुको प्रगती देखेर डाहा लागेको बताए ।  बिकु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको बारेमा जानकारी गराएका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले संस्थाको बारेमा जानकारी दिदै ५० पैशाबाट सुरु भएको संस्थाको ७ अर्व पूँजी पुगेको बताए । 




Leave a comment