सानादेखि ठूला प्रशोधन केन्द्र पनि सहकारीमार्फत स्थापना भएका छन् । दैनिक १० हजार भन्दा बढी दूध बिक्री गर्ने २० भन्दा बढी सहकारी रहेको अध्यक्ष देवकोटाले बताए । सहकारीले दैनिक ५० लिटरदेखि १० हजार लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । सहकारीले दुग्ध परिकारहरु दूध, दही, पनिर, घिउ, बटर बनाएर बिक्री गर्छन् । उत्पादन क्षेत्रमा लगानी बढाउन सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा विशिष्टीकृत मोडेलको अवधारणा ल्याएको छ । १५ करोड लगानीमा सहकारीमार्फत उद्योग स्थापना गर्न सकिने उल्लेख छ । ऐनको प्रावधान अनुसार प्रदेश १ र लुम्बिनी प्रदेशमा दूध उत्पादन र प्रशोधन गर्ने उद्देश्यले विशिष्टीकृत सहकारी संघको कामकारवाही अघि बढेको छ ।
काठमाडौं । दूध उत्पादन र बजारीकरणमा सहकारीको योगदान बढ्न थालेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले उत्पादन घटेपनि पछिल्लो समयमा सहकारीमार्फत दूध उत्पादन बढ्न थालेको हो ।
दूग्ध उत्पादक केन्द्रीय सहकारी संघका अनुसार देशभर १ हजार ६ सय ५२ वटा दूग्ध सहकारी छन् । त्यसमध्ये एक हजार दुई सय सहकारीले नियमितरुपमा दूध उत्पादन र बजारीकरण गर्दै आएका छन् । अध्यक्ष नारायण देवकोटाका अनुसार सहकारीमार्फत दैनिक ७ लाख लिटर दूध उत्पादन हुने गरेको छ । कोभिडअघि ९ लाख लिटर दूध उत्पादन हुँदै आएकोमा यस वर्ष भने ७ लाखमात्रै दूध उत्पादन भएको छ । ‘दूध उत्पादनमा सहकारीको योगदान क्रमशः बढ्दै गएको छ’ उनले भने,‘कोभिडको बेला धेरै सहकारीले बजारीकरणमा विशेष ध्यान दिएकाले सर्वसाधारणको सहकारीप्रति विश्वास बढेको छ ।’ कोभिडमा दूध उत्पादन बढेपनि दुई लाख लिटर दूध भने खेर गएको छ ।
कोभिडले उत्पादन र बजारीकरणमा असर गरेपनि मिल्क होलिडेको समस्या घट््दै गएको छ । अध्यक्ष देवकोटाका अनुुसार बाँके, बर्दियातिर उत्पादित सबै दूध बिक्रीमा समस्या छ । दूग्ध विकास संस्थान, प्राइभेट डेरी उद्योगले दूध खरिदमा मनोमानी गर्ने गरेकाले किसान मारमा परेका छन् । ‘उनीहरुले सधैं दूध खरिद नगर्दा किसानले उत्पादित सबै दूध बिक्री गर्न पाएका छैनन् ।’ उनले भने । दैनिक १५ लाख लिटर दूधको माग छ । उत्पादनमा सहकारीले आधाभन्दा बढी हिस्सा ओगेटका छन् । दूध उत्पादन र बजारीकरणका लागि सहकारीले लगानी बढाउँदै लगेका छन् ।
सानादेखि ठूला प्रशोधन केन्द्र पनि सहकारीमार्फत स्थापना भएका छन् । दैनिक १० हजार भन्दा बढी दूध बिक्री गर्ने २० भन्दा बढी सहकारी रहेको अध्यक्ष देवकोटाले बताए । सहकारीले दैनिक ५० लिटरदेखि १० हजार लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । सहकारीले दुग्ध परिकारहरु दूध, दही, पनिर, घिउ, बटर बनाएर बिक्री गर्छन् । उत्पादन क्षेत्रमा लगानी बढाउन सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा विशिष्टीकृत मोडेलको अवधारणा ल्याएको छ । १५ करोड लगानीमा सहकारीमार्फत उद्योग स्थापना गर्न सकिने उल्लेख छ । ऐनको प्रावधान अनुसार प्रदेश १ र लुम्बिनी प्रदेशमा दूध उत्पादन र प्रशोधन गर्ने उद्देश्यले विशिष्टीकृत सहकारी संघको कामकारवाही अघि बढेको छ ।
‘नेपाली उत्पादन स्वदेशमा प्रशस्त भई विदेश निर्यात गर्न सकिन्छ’ उनले भने,‘यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।’ कृषिमा विदेशी लगानी भन्दा प्रविधि बढी आवश्यक भएको भन्दै अध्यक्ष देवकोटाले कृषिमा प्राविधि भित्र्याउन सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउँछन् । दूध निर्यात गर्न स्ट्यान्र्डड मापदण्ड अपनाएर उत्पादनमा लाग्नुपर्छ । गाई, भैसीमा लाग्ने थुनेलो, खोरेतको समस्या अन्त्य गर्न सरकारले विशेष चासो देखाउनुपर्ने किसान बताउँछन् ।
त्यस्तै बागमती प्रदेशले हेटौडामा धूलो दूध कारखाना खोल्न बजेट विनियोजन गरेको छ । संघका अध्यक्ष देवकोटाले सरकारी र सहकारीको साझेदारीमा धूलो दूध कारखाना स्थापना गर्ने तयारी भएको बताए । चितवनमा क्याटबरी चकलेट उत्पादन गर्ने कारखाना स्थापना गर्ने प्रक्रियासमेत अघि बढेको छ । बजारको ग्यारेन्टी भए दूध उत्पादन बढ्ने र मिल्क होलिडे अन्त्य हुने केन्द्रीय दूग्ध सहकारी संघले जनाएको छ । ‘पाउडर दूध उत्पादन गरेर मात्र हुँदैँन,’उनले भने,‘विविधिकरण गर्न सक्नुपर्छ । ’चकलेट, बिस्कुट बनाउन पाउडर दूध चाहिन्छ । नेपालमा चकलेट र बिस्कुटको उत्पादन सन्तोषजनक छैन् । अर्बौको चकलेट र बिस्कुट विदेशबाट आइरहेकाले पाउडर दूध उत्पादनका साथै दूधबाट बन्ने सबै वस्तु बनाउन आवश्यक भएको उनले बताए ।
‘नेपाली उत्पादन स्वदेशमा प्रशस्त भई विदेश निर्यात गर्न सकिन्छ’ उनले भने,‘यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।’ कृषिमा विदेशी लगानी भन्दा प्रविधि बढी आवश्यक भएको भन्दै अध्यक्ष देवकोटाले कृषिमा प्राविधि भित्र्याउन सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउँछन् । दूध निर्यात गर्न स्ट्यान्र्डड मापदण्ड अपनाएर उत्पादनमा लाग्नुपर्छ । गाई, भैसीमा लाग्ने थुनेलो, खोरेतको समस्या अन्त्य गर्न सरकारले विशेष चासो देखाउनुपर्ने किसान बताउँछन् ।
Leave a comment