Sahakari Akhabar

बागमती प्रदेश सहकारी विभागले ६ लाखसम्म जरिवाना गर्ने

बागमती प्रदेश सहकारी विभागले ६ लाखसम्म जरिवाना गर्ने :: Sahakari Akhabar

हेटौडा । बागमती प्रदेश भुमि ब्यावस्था, कृषी तथा सहकारी मन्त्रालयले सहकारी संघसंस्थाहरुले प्रचलित सहकारी कानुनको प्रतिकूल हुनेगरी काम गरेमा ६ लाखसम्म जरिवाना गर्ने भएको छ । सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कारोवार गरेमा, सदस्यसँग बढि ब्याज लिएमा र ब्याजलाई साँवामा पूँजिकृत गरेको पाइएमा ६ लाखसम्म जरीवाना गर्ने भएको छ । पौष २९ गते मन्त्रालयले  प्रकाशन गरेको सचिवस्तरिय निर्णय अनुसार ३ हजारदेखि ६ लाखसम्म जरिवाना गरिने उल्लेख छ । 

वागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समयमै सहकारी महाशाखामा विवरण बुझाउन सम्बन्धित सबै सहकारी संघ संस्थाहरूलाई सूचित गरेको छ । प्रदेशका कानुन अधिकृत प्रकाश चापागाईंंले बिहीबार सूचना जारी गर्दै समयमा विवरण नबुझाउने यस्ता संघ–सस्थालाई जरिवाना गर्ने जनाएका छन् । सहकारीले लेखापरिक्षण प्रतिवेदन, साधारण सभाको निणर्यको प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी प्रत्येक आर्थिक वर्षको माघ मसान्त भित्र बुझाईसक्नुपर्ने लगायतको बिबरण सूचनामा उल्लेख गरेको छ ।



Leave a comment