लामोसाँघु साकोसको मोबाईल बैंकिङ सेवा सुरु 

लामोसाँघु साकोसको मोबाईल बैंकिङ सेवा सुरु  :: Sahakari Akhabar

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले ११ औ बार्षिक साधारण सभाको अवसरममा मोबाईल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले सुरु गरेको मोबाईल बैंकिङ सेवाको अध्यक्ष रामकुमार श्रेष्ठले उद्धघाटन गरेका थिए । सभाले नौ सदस्यीय संचालक र तीन सदस्यीय लेखा सुपरीबेक्षण समिती चयन गरेको छ ।

समितिको अध्यक्षमा पुर्णचन्द्र ढाकाल, उपाध्यक्षमा सरला सुबेदी, सचिबमा नेत्रप्रसाद पराजुली र कोषाध्यक्षमा बालकृष्ण तिमल्सिना चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु शाक्य, कोमलप्रसाद तिमल्सिना, प्रेमबहादुर तामाङ, कृष्ण बहादुर परजुली र सम्झना खड्का चयन भएका हुन् ।

सभाले नियमित बचत तर्फ ज्ञानबहादुर पराजुली र राधिका खत्री, बाल बचत तर्फ बिषेशता बोहरा र बिनयस बोहरा, ऋण तर्फ श्रीमाया तामाङ र टेकप्रसाद घिमिरे, शेयर तर्फ रामकुमार श्रेष्ठ र दुर्गादेबी पराजुली, जेष्ठ नागरीक तर्फ नेत्रप्रसाद चालिसे र पुर्णदेबी श्रेष्ठ सम्मानीत भएका छन् ।

संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठको सभापतित्व तथा बलेफी गाउँपालिका वडानम्वर ८ का वडा अध्यक्ष चरीबहादुर तामाङको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा लेखा सम्योजक प्रेमप्रसाद पराजुलीले बार्षिक प्रतिवेदन, अध्यक्ष रामकुमार श्रेष्ठले संचालक समितिको प्रतिबेदन, सचिब तारा बहादुर तिमल्सिनाले प्रशासनिक प्रतिवेदन तथा कोषाध्यक्ष नेत्रप्रसाद पराजुलीले आर्थिक प्रतिबेदन तथा बजेट प्रस्तुत गरेका थिए ।




Leave a comment