गणेश व्यवसायिक कृषि सहकारीद्धारा कोल्ड स्टोर स्थापना

गणेश व्यवसायिक कृषि सहकारीद्धारा कोल्ड स्टोर स्थापना :: Sahakari Akhabar

बागलुङ । सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष रामबहादुर खड्काले संस्थाले सुन्तला तथा तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रीत गराएको बताए ।

उनले सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको जानकारी दिए । उनले कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको बताए । साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिल बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई, बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीतबहादुर जिसी (राजन) संस्थाका सल्लाहकार अनन्त बहादुर खड्का, वडा सदस्य पदम कुमारी जिसी, सुन्तला जोन म्याग्दीका सञ्चालक रेशम थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।




Leave a comment